आकाश कसौधन / नेपालगन्ज बाँके ।
जय श्री राम शक्ति दल केन्द्र लाठी समितिले प्रत्येक वर्ष दसैँ मूर्ति विसर्जन को दिन हुने सडक प्रदर्शन खेलको लागि प्रशिक्षण आज बाट सुभ आरम्भ भएको छ ।
प्रमुख अतिथि विश्व हिन्दु परिषद नेपालगन्जका अध्यक्ष नवीन कुमार कसौधन विशिष्ट अतिथि क्लबका संरक्षक विजय कुमार वैश्य र यस खेल का मुख्य प्रशिक्षक राजकुमार आर्य द्वारा द्वीप बाली विधिपूर्वक पूजा अर्चना गरी समुद्घाटन गरेका हुन ।
यस जय श्री राम शक्ति दल केन्द्र लाठी समितिका नवनिर्वाचित अध्यक्ष सुजीत कुमार कसौधन को अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्लब ले आफ्नो कार्यसमिति विस्तार गरेको छ ।
अध्यक्ष सुजीत कुमार कसौधन
उपाध्यक्ष उमेश कुमार वैश्य
कोषाध्यक्ष पवन कमल
सचिव विशु गुप्ता वैश्य
सदस्य क्रमसः दिव्यंश वैश्य आकाश गुप्ता अनुज गुप्ता दिपु वैश्य (राजु) रितेश वैश्य राजु गुप्ता
साथै यस क्लब ले आयोजना गरेको उक्त कार्यक्रममा आफ्नो नवनिर्वाचित सम्पूर्ण कार्यसमिति लगायत उपस्थित सम्पूर्ण अतिथि सहायोगी र पुराना खेलाडी हरु लाई सम्मान गरेको छ ।
सम्मानित हुने क्रमसः प्रमुख अतिथि नवीन कुमार वैश्य विशिष्ट अतिथि विजय कुमार वैश्य प्रशिक्षक राज कुमार आर्य पूर्व अध्यक्ष राज कुमार वैश्य उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष नन्दलाल वैश्य प्रेस सेन्टर नेपालगन्जका सचिव आकाश कसौधन कृष्ण गोपाल वैश्य नानु लखेर सुशील कमल पुरुषोतम वैश्य निखिल वैश्य विनोद गुप्ता वीरेन्द्र सिंह लगायत नेपालगन्ज बाँके का विभिन्न लाठी क्लबका प्रतिनिधि हरु लाई सम्मान गरिएको हो ।
उक्त समुद्घाटन कार्यक्रम आज नेपालगन्ज वडा नं ८ स्थित श्री महाकाली मन्दिर परिसरमा आयोजना गरिएको थियो