मुलुकमा अहिले नयाँ परिवर्तनका लागि आन्दोलन चर्कन थालेपछि अनुमान हुन लागेको छ कि बाँग्लादेशमा सत्ता परिवर्तन जस्तै नै यहाँ पनि नयाँ व्यवस्था परिवर्तनको लागि माग उठ्न शुरु भएको छ । यस साता विद्यार्थी संगठन, राजावादी र हिन्दुवादीहरुले संसद भवनतर्फ बढ्न थालेपछि लाग्थ्यो कुनै पनि समयमा अश्रु ग्याँसको प्रहार र गोली चल्न सक्छ । यसबीच आन्दोलनकारीहरुले केही संयमता अपनाएकोले अप्रिय घटना हुन पाएन । मुलुकमा जसरी विस्तारै आन्दोलन चल्न थालेको छ यसबाट अनुमान हुन्छ कि यो आन्दोलन दशैं तिहारपछि विकराल रुप लिन्छ । मुलुकमा अहिले सत्तासीन सरकारबाट भ्रष्टाचार एक्कासी बढेको छ नेकपा एमालेबाट केपी शर्मा ओली प्रधानमन्त्री बन्दा भ्रष्टाचारको ओइरा नै लागेको थियो । यस समय दर्जनौं ठूला ठूला भ्रष्टाचारका घटना घटे । निर्मला पन्तको हत्या घटनाले लाग्थ्यो यहाँ महिला, युवती सुरक्षित छैनन् चारैतर्फ अत्याचार, अनाचारको बोलाबाला थियो सो पछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रधानमन्त्री बने । उनीको कार्यालयमा भ्रष्टाचारको फाइल खुल्नु पथ्र्याे तर खुलेन यसबाट लाग्छ मिलीजुली खाऔं, आफै खाऔं आफै रमाऔं । रवि लामिछाने भ्रष्टाचारको फाइल खोल्ने तरखरमा थिए यसपछि पुष्पकमल दाहालको सरकार खस्यो । अहिले पुनः केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेको छ यो सरकारको पनि आयु कमै छ । किनकी नेकपा एमाले र नेपाली काँग्रेसको गठजोडबाट यो सरकार बनेको हो यसरी कहिले चंगु आउने कहिले मंगु जाने श्रृंखला चली रहेको छ । मुलुकमा जो कोही सरकारको बनोस् यो सबै सरकार पुरानै पाराले काम गरि रहेको छ । २०६२।०६३ को जनआन्दोलन भाग–२ को सफलतापछि जस जसको पनि सरकार बनेको छ मुलुक र जनताको हितमा कार्य गरेर देखाउन सकेको छैनन् लोकतान्त्रिक र गणतान्त्रिक परिवेशमा नेता झनझनै धनी र गरीब जनता अझ गरीब बन्दै गएका छन् । सरकारी कर बढ्दै गएकोले यसको गह्ुंगो भारी जनता बोक्न सकी रहेका छैनन् अहिले चारैतर्फ महँगी बढेको छ । बेरोजगारीको कारण देशका युवा शक्ति सस्तोमा आफ्नो श्रम बेच्न विदेशिएका छन् यस्तो कारणले जनतामा आक्रोश बढ्दै गएको छ । देशका वास्तविक जनता विदेशतर्फ पलायन गरी रहेका छन् यसबीच बाँग्लादेशी र रोहिंग्या शरणार्थी रोजिन्दा यहाँ भित्रि रहेका छन् यस्तै स्थिति अझै केही दिन रही रहन्छ भने देशमा विदेशीले अतिक्रमण गर्ने अवस्था रहेको छ त्यसो पनि यहाँ सरकार नामको कुनै चीज छैन देश युरोपियन देशको ईशारामा चली रहेकोले यहाँ धर्मान्तरणको ओइरो नै आएको छ । देशमा रहेका विभिन्न एनजीओ, आइएनजीओहरु सामाजिक सेवा कार्य कम तर देशको प्राचीन धर्म संस्कृति र सभ्यता मेटाउन विदेशी रकम प्रयोग गरी रहेका छन् यसबाट एनजीओ, आइएनजीओहरु मोटाउने मौका पाएका छन् । विदेशबाट भारी परिमाणमा डलर भित्री रहेको छ तर सो रकम देशमा कति भित्रियो र के काममा प्रयोग भयो सरकारसँग यसको तथ्यांक छैन अहिले देश विषम परिस्थितिबाट गुज्री रहेको छ देश बिग्री रहेको चिन्ता सरकारलाई छैन मात्र चिन्ता केही जागरुक राष्ट्रभक्त नेपालीलाई छ । देशलाई बचाउन व्यक्तिलाई नेपाली जनताले यस्तो परिवर्तनको आन्दोलनलाई समर्थन दिनु आवश्यक छ । परिवर्तन अपरिहार्य छ जबसम्म नयाँ परिवर्तनका लागि जनता आवाज उठाउँदैनन् तबसम्म देशको अवस्था यस्तै नै रहन्छ यस कारण अहिले पनि समय छ राष्ट्रलाई बचाउन सबै नै लाग्नु प¥यो यसको लागि संघर्ष चल्नु पर्छ तर बाँग्लादेश जस्तो संघर्ष होइन संघर्ष शान्तिपूर्ण ढंगले चल्नुपर्छ । बाँग्लादेशको संघर्षले सम्पूर्ण मानवतालाई कलंकित पारेको छ यस्तो संघर्षको सबै तर्फबाट आलोचना र निन्दा हुनु पर्छ । नेपालमा परिवर्तनको लागि कैयन आन्दोलन चल्यो तर यसबाट अल्पसंख्यक कहिले पनि प्रताडित बनेनन् यस कारण नेपाल भने मानवताको रक्षा गर्ने देश हो यहाँ मानव बस्छन् दानवका लागि कुनै स्थान छैन । यस कारण अब देशको अवस्था सुधार्न र नयाँ युगको शुरुवातको लागि परिवर्तनको बाटो सबैले नै रोज्नुपर्ने जरुरी भएको छ ।
परिवर्तनका लागि मुलुकमा आन्दोलन चर्किँदै।
Monday, August 26, 2024
0
Tags