प्रचण्ड गर्मीको मार खेपी रहेको नेपालगञ्जमा बुधवार दिन भएको पहिलो वर्षाले नेपालगञ्ज उमनपा कार्यालयको विकास कार्य र सरसफाई व्यवस्थाको पोल खोली दिएको छ । सो दिन बिहानैदेखि ठूलो वर्षा हुन थालेपछि नेपालगञ्जको मुटु मानिने त्रिभुवनचोक जलले भरी भराउ भएको थियो । त्यस्तै उमनपाको सेतु बिक चोक, बिस्कोरियनटोल, रानीतलाउ परिक्षेत्र लगायत दर्जनौं भाग जलाम्य बन्यो । यसरी उमनपाले अहिले सम्म गरेको सबै कार्य खोक्रो साबित भएको छ । विगतका तत्कालीन नगर प्रमुख डा. धवल शम्शेर राणाको कार्यकालमा धम्बोझी, सुर्खेतरोड, अस्पतालरोड, न्यूरोड, सदरलाईन, पूर्वलाईन, शहीद दशरथचन्द मार्ग, एमपी स्कूलरोड, डिएसपी रोड, राप्ती पथ लगायत स्थानमा नाला निर्माण गरी त्यसमाथि ढक्कल हाल्ने काम भएको थियो सो नाला निर्माण हुँदा लाग्थ्यो अब नेपालगञ्ज कहिल्यै पनि डुबानमा पर्दैन तर अब देखिन्छ कि विगतमा निर्माण गरिएको नाला मात्र दिखामटी रुपमा निर्माण भएको थियो । अन्य समयमा सुक्खा रहने सो नाला लामखुट्टे बस्ने जस्तो भयो यस कारण नाला निर्माणले गर्दा सम्पूर्ण उमनपा लामखुट्टेले सधैं ग्रस्त रहने गर्छ यो अवश्य छ कि नाला माथि ढक्कल हाली त्यसलाई बटुवा हिँड्ने जस्तो पेटीको रुपमा प्रयोग भई रहेको छ जस पेटीबाट बटुवाहरु कमै हिँडडुल गर्छन् त्यस माथि तमाम जनाले अवैध रुपले पसल सञ्चालन गर्दै आएका छन् । उमनपाका वर्तमान नगर प्रमुख प्रशान्त विष्टले यस कार्यकालमा पेटीबाट अवैध पसल हटाउने अभियान चलाएका थिए सो अभियान पनि अब असफल भएको छ नगरको सबै पेटीमाथि पसलहरुको अवैध कब्जा छ । उमनपाको वडा नं. ८ स्थित रानी तलाउ नजीक स्थापित रहेको तरकारी मण्डीको बाटोमा जाम नलागोस् यसका लागि उमनपाले नगर रक्षक थुप्रै कर्मचारी भर्ना गरेको थियो यिनी नगर रक्षकको मासिक तलब २५ हजार भन्दा माथि छ । नगर रक्षकले केही दिनसम्म रानी तलाउको बाटोमा जाम नलागोस् यसका लागि काम गरे तर अब यी सबै नगर रक्षक साह्रै नै भ्रष्ट साबित हुँदै गएका देखिन्छन् । रानी तलाउस्थित दुर्गा मन्दिरदेखि रानी तलाउ तरकारी मण्डी परिक्षेत्रमा रहेको पेटीबाट सर्वसाधारण सहजै हिँडडुल गर्न सक्दैनन् यस्तो पेटीमा अव्यवस्थित ढंगले तरकारी पसल दैनिक रुपमा सञ्चालन हुने गरेको छ यस्तो तरकारी पसलमा तरकारी मण्डीभन्दा महँगो मूल्यमा तरकारी बिक्री हुने गर्छ यस्तो महँगीको कारण हुन् उमनपाले नियुक्त गरेको नगर रक्षकहरु । यिनी नगर रक्षकको सहभागितामा पेटीमाथि तरकारी पसल थपिँदै गएको छ नगर रक्षकहरु जस तरकारी पसलबाट तरकारी र नगद पाउँछन् त्यस तरकारी पसलले स्वच्छन्दताले पेटीमाथि तरकारी बिक्री गर्न पाउँछ जसले नगर रक्षकलाई सहयोग दिँदैन त्यस्तालाई लठ्ठी हिर्काई धपाइन्छ । नगर रक्षकको भ्रष्ट क्रियाकलापको कारण सो स्थानमा आलुले भरिएको ट्रकको लाम लाग्ने गर्छ जसबाट बाटो हिँड्ने बटुवालाई सास्ती भोग्नु परी रहेको छ । कतिपय समय यहाँ सानोतिनो दुर्घटनाहरु घट्दै आएको छ यो हो उमनपाको कार्यहरु । अहिले वर्षायामको शुरुआत भएको छ जसमा पहिलो वर्षाले नै उमनपाले गरेको सबै कार्यको पोल खोली दिएको छ नगरको प्रायः सबै क्षेत्र जलले भरिभराउ भएका छन् । यही स्थिति अझै पनि रही रहने हो भने अब हुने वर्षामा नगरवासीले ठूलो दुःख झेल्नुपर्ने हुन्छ । ८ नं. वडाको रानी तलाउ क्षेत्रको स्थिति अति नै खराब छ कुहिएको सडेगलेको तरकारी जथाभावी फाल्ने गरिएकोले यो ठाउँ दुर्गन्धमय बनेको छ अब ठूलो वर्षा भए संक्रामक रोगबाट ८ नं. वडावासी ग्रस्त हुने खतरा रहेकोले यो वार्डमा पर्याप्त सरसफाईको व्यवस्था हुनु पर्छ । सो सडकबाट सर्वसाधारणहरु सहजै हिँडडुल गर्न पाउने व्यवस्था मिलाउनुपर्ने आवश्यक रहेको देखिन्छ । उमनपामा जनसंख्या बढोत्तरीको कारण घर भवन थपिँदै गएका छन् । पानी जम्ने खाली जमीनको अभाव भएकोले थोरै पानी भएकोले नगरको बाटो जलाम्य बन्ने गरेको छ । यस कारण अब यस्तो नालाबाट समस्या टर्ने जस्तो अवस्था रहेको देखिँदैन यस कारण अब उमनपाले यस नगरमा शिवर लाईन निर्माण गर्ने सोच अहिलेदेखि बनाए २०–२५ वर्षमा शिविर लाईन बनाउन सजिलो हुनेछ यस्तो सोच अहिलेदेखि नबने पछि यो शहर बस्ने लायक नरहने अवस्था सिर्जित भई रहेकोले उमनपाले दिखावटी काम भन्दा उपलब्धिपूर्ण कार्य गर्ने योजना बनाउनुपर्ने आवश्यक रहेको देखिन्छ ।
पहिलो वर्षाले नेपालगञ्ज उमनपा कार्यालयको पोल खोल्यो।
Monday, August 05, 2024
0

Tags