अति पावन श्रावण मास
वैदिक सनातन धर्मावलम्बीहरुको लागि श्रावण मास अति पावन रहेको छ । यस महिनामा वैदिक सनातनीहरु माछा, मासु, मदिरा लगायतको त्याग गरी भगवान शिवको भक्ति गर्न थाल्छन् सनातनीहरुको लागि भगवान शिव प्रमुख आराध्य देव हुन् । भगवान शिवलाई विभिन्न नामले चिन्ने गरिन्छ महेश्वर, शम्भु, पिनाकी, शिव, शशिशेखर, वामदेव, विरुपक्ष कपर्दी, नील मोहित, शंकर, शूल्पाली, खटबांगी, विष्णुवल्लभ, शिपिविष्ट, अविकानाथ, श्रीकण्ठ, भक्तवत्सल, भवशर्व, त्रिलोकेश, शिविकण्ठ, शिवाप्रिय, उग्र, कपाली, कामारी, सुरसुदन, गंगाधर, ललाराक्ष, महाकाल, कृपानिधी, भीम, परशुहस्त, मृगवाणी, जटाधर, कैलाशवासी, कवर्ची, कठोर, त्रिपुरांतक, वृषक, वृषभारुढ, भस्मोद्वलित, मिग्रह, सामप्रिय, स्वरमयी, त्रयीमूर्ति, अनीश्वर, सर्वत्र, परमात्या, सोमसुर्याग्निलोचन, हवि, यज्ञमय, सोम, पंचवक्त्र, सदाशिव, विशेश्वर, वीरभद्र, गणनाथ, प्रजापति, हिरण्यरेता, पुर्युर्ष, गिरिश, गिरिश्वर, अवध, भुजंगभुषण, भर्ग, गिरिधन्वा, गिरिप्रिय, कृतिवासा, पुराराति, भगवान, प्रगधाधिष, मृत्युञ्जय, सूक्ष्मतनु, जगद्वयापी, जगदगुरु, व्योमकेश महासेनजनक, चारुविक्रम, रुद्र, भूपति, स्थाणु, अहिर्वुधन्य, दिगम्बर, अष्टमूर्ति, अनेकात्मा, सत्विक, शुद्ध विग्रह, शास्वेत, खण्डपरद, अज, पाशविमोचन, भृंग, पशुपति, देव, महादेव, अव्यय, हरि, पूसदन्तमित्र, अव्यग्र, दक्षाध्वरहरहर, भगनेत्रमिद, अव्यक्त, सहस्राक्ष, सहसुपाद, अपवर्गप्रद, अनन्त, तारक, परमेश्वर, नीलकण्ठ । यति धेरै नाम भगवानको रहेकोछ ।
श्रावण मासमा भगवान शिवको भक्तिभावले पुजा उपासना गर्ने गरिन्छ । यसै महिनादेखि भगवान शिवको तपोस्थली अमरनाथ, केदारनाथ, कैलाश मानसरोवर लगायत स्थानमा तिर्थालुहरु उहाँको उपासना गर्न पैदल यात्रा गर्छन् । भगवान शिव सबैभन्दा दयालु देवको रुपमा चिनिन्छन् । भस्मासुर राक्षसले उहाँको उपासना गर्दा त्यसलाई वरदान दिनु भयो यस समय भस्मासुरले उहाँलाई भस्म पार्ने प्रयास ग¥यो । दशानन रावण पनि उहाँको ठूलो भक्त थियो । खुशी भएर आफ्नो शिवलिंग दिनु भयो । शिवलिंग त्यसले लंका लैजाने प्रयास ग¥यो जुन शिवलिंग पछि गोला गोकर्णनाथमा स्थापित भयो । माता पार्वतीलाई अमरताको मन्त्र अमरनाथ गुफामा दिनु भयो । यस महामन्त्रलाई महामृत्युञ्जय मन्त्र भनिन्छ यसरी धेरै दयालु भएको कारण उहाँलाई भोलेनाथ भनियो श्रावण मासको पूर्णामासीको दिनदेखि भगवान शिवको पुजा उपासना शुरु हुन्छ यस समय भोला काँवडियाहरुले पवित्र जल लिएर भगवान शिवलाई अर्पण गर्न हजारौं हजार किलोमिटर पैदल यात्रा गर्छन् बाटोभरी उनीहरु एउटै शब्द बोल्छन्, बोलबम, बोलबम यो बोलबमको यात्रा शताब्दियौंदेखि चल्दै आएको छ ।
अहिले भारतको विभिन्न स्थानबाट काँवड यात्रा शुरु हुन्छ जसमा काँवडियाहरुले हरिद्वार, बाबाधाम लगायतमा जल अर्पण गर्न पुग्ने गर्छन् । दशकौंदेखि राजधानी काठमाडौंमा पनि काँवडयात्रा हुन शुरु भएको छ । नेपालगञ्जमा पनि काँवडयात्रा हुने गरेको छ । यस समय काँवडियाहरुले पवित्र राप्ती नदीमा राती पुगी त्यहाँबाट जल लिएर फर्कने गर्छन् अनि नेपालगञ्जको बागेश्वरी मन्दिरमा रहेको जुंगे महादेव, त्यस्तै न्यूरोडको शिवमन्दिरमा स्थापित नर्बदेश्वर महादेवको शिवलिंगमा जल अभिषेक, त्रिवेणी मन्दिरको शिव मन्दिर, सदरलाईन त्रिभुवनचोकमा स्थापित शिव मन्दिर लगायतमा हजारौं हजार काँवडियाहरु जलाभिषेक गर्न पुग्ने गरेका छन् ।
शिवको महिमालाई अझ जनजनसम्म पु¥याउन नेपालगञ्जका केही श्रद्धालुहरुको प्रयासमा नेगउमनपा ८ नं. रानी तलाउ बोटिंग पार्कको दक्षिणपट्टी स्थापित हनुमान र साइँबाबाको मन्दिरमा विशाल शिवलिंगको स्थापना यसै श्रावण मासमा गरिएको छ । यो शिवलिंग नेपालगञ्जमा स्थापित सबै भन्दा ठूलो शिवलिंग हो । यता केही वर्षदेखि नेपालगञ्जमा धार्मिक जागृति आएको छ जसको कारण धार्मिक पर्यटनलाई बढावा दिन भव्य मन्दिर, देवालयहरुको निर्माण तिव्र गतिले भई रहेको छ । नेपालगञ्ज ८ को बुलबुलिया स्थित शम्शानघाटमा महाकाल मन्दिरको स्थापना, बाल्दा तलाउमा १०८ फिटको हनुमानजी प्रतिमा स्थापना, कारकाँदौमा भव्य मन्दिर निर्माण जस्तो कार्य भई रहेको छ नरैनापुरस्थित बाबा बर्फानीमा अहिले भगवान भोलेनाथको दर्शन गर्न भक्तजनको घुइँचो लागेको छ । तर विडम्बनाको कुरा हो नेपालगञ्जको ऐतिहासिक बागेश्वरी मन्दिरको तलाउबीचमा स्थापित रहेको जुंगे महादेव मन्दिरको निर्माणको लागि कार्य शुरु भएको थियो यो कार्य यति कच्छप गतिले चली रहेको छ जसको अब आलोचना हुन शुरु भएको छ । जुंगे महादेवको मन्दिरलाई यस श्रावण महिनासम्म तयार पार्नु पथ्र्याे किनकी यही त्यो मन्दिर हो जहाँ विधिविधानपूर्वक शताब्दीयौंदेखि भगवान शिवको उपासना हुँदै आएको छ । बडादशैंमा त टाढा टाढाबाट भक्तजन यस मन्दिरमा पुजाआजा गर्न पुग्ने गर्छन् तर अहिले अवस्था यस्तो छ कि बागेश्वरी मन्दिरको निर्माण ढिलाईले गर्दा अव्यवस्थित बन्न पुगेको छ । यस्तै अवस्था रहन्छ भने यस बडादशैंमा भक्तजन हरुलाई ठूलो अप्ठेरोको सामना गर्नुपर्ने स्थिति हुन्छ ।
यस कारण अहिले पनि समय छ । सम्बन्धितहरु समयमा जुंगे महादेव मन्दिरको निर्माण गर्न संवेदनशील
बनुन् । यसको लागि नेपालगञ्जवासीले पनि मन्दिर निर्माणको लागि सामुहिक रुपमा आवाज उठाउनु पर्ने जरुरी भएको छ बागेश्वरी मन्दिर नेपालगञ्ज वासीहरुको ऐतिहासिक धरोहर हो । यसको विकासको लागि सबै नै लाग्नु जरुरी छ श्रावण मासमा हुने बोलबम यात्रा, विभिन्न स्थानमा सफलतापूर्वक सम्पन्न होस् । जय भोलेनाथ ।