नेपालगञ्ज । जुन पसलको बीमा त्यही पसलमा आगलागीको बढ्दो घटनाले सबैलाई आश्चर्यचकित पारेको छ ।
नेपालगञ्ज उमनपाको धम्बोझी सुर्खेतरोड, नयाँ रोड र त्रिभुवनचोक सदरलाईनमा केही महिनादेखि विभिन्न पसलहरुमा तमाम आगलागीका घटना घटित भई सकेको छ । आश्चर्यको कुरा छ यस्तो पसल मध्ये अधिकांशहरुको बीमा थियो । आगलागी घटना विद्युत शर्ट सर्किटको कारण भएको देखाइँदै आइएको छ जसको कारण बीमा गराइएको अधिकाँंश पसलमा आगलागीको घटनामा बढोत्तरी भएको छ । आगलागी हुने पसलहरुमा रेडिमेड पसल, खाद्यान्न पसल र सुनचाँदी पसल लगायत रहेका छन् ।
दिनहुँ आगलागी घटनाले सर्वसाधारणमा आश्चर्य बढाएको छ । केही पसलेहरुले पहिले आफ्नो महँगो सरसामान हटाएर रेकमा पुरानो सामान राखी पछि रेकमा आगो लगाउने प्रचलन बढेको छ । वर्तमान समय नेगउमनपा भित्र कारोबार शून्य अवस्थामा पुगेको छ । बैंकको चर्काे ब्याज बढ्दै गएपछि व्यापारीहरु शर्ट सर्किटको घटना घटाई आफै नै पसलमा आगो लगाई बीमा रकम कुम्ल्याउन थालेका छन् यसरी विभिन्न बीमा कम्पनीहरुलाई ठूलो हानी नोक्सानी बेहोर्न बाध्य हुनु परी रहेको छ ।
नेगउमनपाभित्र यस्तो आगलागीको घटना निरन्तर बढी रहेको छ यस्तो कार्य अब रोकिनुपर्ने जरुरी भएको छ । यसको लागि बैंकको चर्काे ब्याज घटाउनु पर्ने आवश्यक भएको छ । व्यापारमा चर्काे ब्याजले गर्दा व्यापारी हताशाको स्थितिमा पुगेका छन् व्यापारमा ग्राहकको कमीले ठूलो घाटा भई रहेको कारण मुलुकको केही भागका कैयन व्यापारीले मृत्युवरण गरेको समाचार सार्वजनिक हुँदै आएको छ । अहिले केहीहरु हानी नोक्सानी नियन्त्रण गर्न आफै नै शर्ट सर्किटबाट आगलागी भएको देखाउन शुरु गरेकोले आगलागी घटनामा ठूलो बढोत्तरी भएको छ । अहिलेसम्म आगलागी भएको पसलमा मात्र पुरानो रेक जलेको देखिँदै आएको छ । आगलागी भएको खाद्यान्न पसलमा थोरै खाद्यान्न जलेको अवशेष पाइँदे आएको छ भने त्यस्तै सुनचाँदी पसलमा आगलागी हुँदा बहुमूल्य गहनाहरु नजलेको र मात्र रेक जलेको पाइएको छ । त्यस्तै रेडिमेड पसलमा आगलागीको घटना घटदा पुरानो थोत्रो कपडा जलेको मात्र देखिन्छ । यसरी उमनपामा आगलागी कृत्रिम रुपमा बढेको हो । आगलागीको घटनामा अनुसन्धानको कमी छ किनकी आगलागी हुँदा मात्र रेक जलेको अवशेष मात्र पाइन्छ । यकीन रुपमा यो घटना कसरी भयो आजसम्म अनुन्धान भएकै छैन । यस्तो आगलागीको घटना अझै बढ्ने अनुमान रहेको छ ।