नेपालगञ्ज । नेगंउमनपा ६ नं. वडामा रहेको ऐतिहासिक रामनगर तलाउको जिर्णाेद्धारका लागि सो स्थानका वडावासीहरु अहिले जुर्मुराएका छन् ।
दशकौं अघिसम्म यो स्थान धार्मिक केन्द्रको रुपमा स्थापित रहेको थियो । यस मन्दिरमा आज पनि दैनिकरुपमा पुजाआजा हुने गरेको छ । यहीको रामनगर तलाउको नजीक पुरानो मन्दिर र बरम बाबाको पिपलको रुख रहेको थियो । दशकौं अघि दानवीर फत्तेजंग शाहले पिपल रुखको वरिपरि चौताराको निर्माण गरी ८०–८५ वर्ष अघि निर्माण गराएको पाइन्छ । तलाउको पूर्वपट्टी काली माताको व्यक्तिगत मन्दिरथियो यहाँ यो मदिर करीब ९ कठ्ठा ६ धुर जग्गामा रहेको त्यहाँका स्थानीय वासिन्दा राजेश विश्वकर्माले बताए । यहाँ एउटा ठूलो इनार पनि रहेको थियो हवन कुण्ड समेत भएकोले श्रद्धालुहरु बिहान साँझ पुजापाठ गर्न यहाँ पुग्थे । यो मन्दिर व्यक्तिगत रहेकोले भुजुवा बाबा नामका सन्तले व्यक्तिहरुको जमिनमा खेतपात गरिरहेका व्यक्तिको मोही कटाई बाँकी जमीन बिक्री गरेर भागेको बताउँछन् । त्यस्तै रामनगरको नयाँ बस्तीमा बस्ने स्थानीय वासिन्दा कुद्दीराम पाठकले यस पत्रिकासँग कुराकानी गर्दै भने, रामनगरको तलाउ करीब १ सय ५० वर्ष भन्दा प्राचीन छ । कुनै समय यो तलाउ धार्मिक पर्यटनको मुख्य केन्द्र थियो तलाउको दक्षिणपट्टीको बाटो जुनकि फुल्टेक्रा जाने सडकसँग जोडिन्छ यहाँ हडिया बाबाको पनि प्राचीन आश्रम छ । यस आश्रममा वर्षका एक पटक धार्मिक मेलाको आयोजन हुने गरेकोले यो मन्दिरमा टाढा टाढासम्मको व्यक्ति पुग्ने
गरेका छन् । जागरुकताको कारण हडियाबाबा मन्दिरको धेरै नै विकास भएको छ तर रामनगर तलाउको किनारको दुवै पट्टी स्थापित रहेको मन्दिरहरुको बेवास्तापनको कारण उचित संरक्षण संवद्र्धन भएन जसको कारण त्यो ठाउँमा रहेको धेरै देवालयहरु भत्काइएको छ । अहिले हामी वडावासीहरु रामनगर तलाउको जिर्णाेद्धार गराउन जागरुक भएका छौं । यसको जिर्णाेद्धारका लागि वर्षाैंदेखि आवाज उठाउँदै आएका छौं तर सफलता अहिलेसम्म मिल्न सकेको छैन हाम्रो प्रयास जारी छ आगामी समय तलाउ जिर्णाेद्धार हुने कुरामा विश्वस्त छौं । रामनगर तलाउको जिर्णाेद्धारका लागि आ.व. २०५६।०५७ मा नेंउमनपाबाट करीब १२ लाख ८५ हजार रकम निकासा भएको थियो यसमा केही दिनसम्म तलाउको पानी दिखावटी रुपमा निकाल्ने काम भयो । तलाउमा रहेको माछा समेत बिक्री गरियो तर रकम अपुग भएको भन्दै काम रोकियो सो १२ लाख ८५ हजार रकम कस कसले पचाए यसको जानकारी कसैलाई पनि छैन अहिले सो ऐतिहासिक तलाउको जिर्णाेद्धार हुनु पर्ने माग राख्दै भर्खरै असार ६ गते दिन ६ नं. वडा समितिले आयोजन गरेको वडा भेलामा वडावासीहरुले रामनगर तलाउको यस वर्षमा जिर्णाेद्धार गराउने कुरामा जोड दिँदा वडा समितिले रामनगरवासीहरुलाई रामनगर क्षेत्रमा स्थापित रहेको विभिन्न देवालयहरुको संरक्षण संवद्र्धन गर्ने र तलाउको जिर्णाेद्धार गरिने आश्वासनले अब तलाउ आधुनिक ढंगले निर्माण हुने आशा बढेको छ । रामनगरको तलाउमा आकर्षक ढंगको भ¥यांग भएको सिढी छ जसको अवशेष आज पनि देख्न मिल्छ तर तलाउको दक्षिणपट्टी भागमा केहीहरुले तलाउलाई पुर्दै अतिक्रमण गरेकोे कारण अधिकांश भ¥यांग बेपत्ते अवस्थामा छ तर पूर्व पश्चिम र उत्तरको भाग आज पनि सुरक्षित छ । यो तलाउको जिर्णाेद्धार गरिए बाँकी रहेको मन्दिर जुनकि अहिले पनि त्यहाँ पुजाआजा भई रहेको छ । सो मन्दिरको महत्व झन बढ्ने छ तलाउको पश्चिमतर्फ कुनै समय शिव मन्दिरको नाममा करीब ६ बिघा जमिन थियो मन्दिरको रामनगरको पूर्वतर्फ पर्ने नयाँ बस्ती लगायत कैयन ठाउँमा धेरै जमीनहरु थियो । भन्ने गरिन्छ यति बढी जमीन नगरका प्रख्यात दानदाता मनोहर लाल बनिया नामका व्यक्तिले दान गरेका थिए । यी जमिन विभिन्नहरुले कब्जा गरेका छन् कतिपय जमीन हराई त्यहाँ ठूला ठूला घरहरु निर्माण भई सकेको छ । यो जमीन त्रिभुवन चोक सदरलाईनमा स्थापित रहेको राम जानकी मन्दिरको नाममा थियो तर यो सबै जमीन अहिले हराई सकेको छ । अहिले रामनगरवासीहरु बाँकी बचेको धार्मिक सम्पदाको संरक्षण संवद्र्धन हुने कुरामा केही जागरुक भएकोले अब त्यहाँ प्राचीन धार्मिक सम्पदाहरुको संरक्षण हुने भएको छ । यसका लागि नेगंउमनपा ६ नं. वडा समितिले रामनगरवासी जनताको इच्छा आकाँक्षा अनुसार काम गर्नुपर्ने जरुरी छ । अहिलेसम्म देखिए अनुसार ६ नं. वडा समितिले हडियाबाबा मन्दिरको विकासको अतिरिक्त सो वडामा स्थापित रहेको मन्दिर र देवालयहरुको हितमा कुनै कार्यहरु गरेको देखिँदैन । रामनगर तलाउ आकर्षक र कलात्मक शैलीमा प्राचीन समयमा निर्माण भएको थियो अतः त्यसै शैलीमा जिर्णाेद्धार हुनुपर्ने आवश्यक रहेको छ । यसको लागि मात्र तलाउ निर्माणमा नै करीब ५५ लाख रकमको आवश्यकता छ । यति बजेट वडा समितिसँग पक्कै पनि छैन यसको लागि नेगंउमनपा र प्रदेश सरकारसँग वडावासीहरुले आवश्यक माग गर्न सके निश्चित पनि आगामि केही वर्षमा आकर्षक र कलात्मक शैलीमा रामनगर तलाउको निर्माण हुने सम्भवना छ ।