भर्खरै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा भई ढलेको छ । यसरी अब पुनः एक पटक केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । मुलुकमा यसरी पटक पटक सरकार खसाउने र बनाउने खेल चल्दै आएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओली बनेपछि एउटा पुरानो उक्ति चरितार्थ भएको छ कागलाई बेल पाक्यो हर्ष न विश्मात यसअघिको दाहाल सरकारले न त जनतालाई कुनै राहत दिन सक्यो न त देशको विकास गर्न सक्यो अब केपी शर्मा ओलीले देश र जनताको हितमा काम कति गर्ने हुन् देख्न बाँकी छ नेपाली काँग्रेसका शेर बहादुर देउवा र नेकपा एमालेका केपी शर्मा ओलीले पालै पालो सरकार चलाउने सहमति गरी दाहाल नेतृत्वको सरकारलाई खसाएका हुन् । दाहाल सरकार अल्पमतमा परि खस्ने भएपछि प्रम दाहाल बडो आक्रामक शैलीमा देखिन्थे लाग्थ्यो कि अब सम्पूर्ण मुलुक नै हल्लिने हो तर शक्रवार दिन उनीको सरकार सहजै खस्यो । तर मुलुकको एउटा पात पनि हल्लेन ठूलो उथल पुथल नहुनुको कारण हो लोकतान्त्रिक गणतान्त्रिक परिवेशका यी सबै प्रमुख राजनीतिक दलका नेता एउटा थालका भण्टा जस्तो हुन् जुन समय समयमा थाल भित्र यता उता हुने गर्छन् अहिले यस्तै नै भएको छ । नेपाली काँग्रेस, एमाले सत्ताको सुख भोग्न एकताबद्ध भएर सरकार ढाले अब ४–६ महिनासम्म पुरानो पाराबाट सरकार पुनः चल्ने छ । सहमति भए अनुसार ४–६ महिना सम्म ओली नेतृत्वको सरकार चल्ने छ त्यसपछि ओली प्रधानमन्त्री पद छाड्न आनाकानी गर्छन् र पछि यही काँग्रेस माओवादी एक भई सरकार ढाल्ने हुन् यसरी सरकार खसाउने र बनाउने खेल चल्दै रहन्छ । यस्तो कार्य आज देखिको होइन विगत देखि नै चल्दै आएको छ । भन्ने गरिन्छ राजनीतिमा कोही पनि शत्रु र मित्र हुँदैन सत्ताको लागि शत्रु मित्र हुन्छ र मित्र शत्रु हुन्छ । आचार्य चाणक्यले भनेका थिए कि सक्कली राजनीतिज्ञ त्यो हो जसले सत्ताको लागि आफ्नो मरेको छोराको टाउकोमाथि खुट्टा टेकेर अगाडि बढी सत्तामा पुग्छ । यी राजीतिज्ञ पनि त्यसै प्रकारका हुन् यिनीलाई देश र जनताको प्रति कुनै माया प्रीति छैन आफ्नो स्वार्थको लागि जनताको सामुन्ने झूठो देशप्रेम प्रदर्शित गर्छन् र देश र जनताको हित विपरीत कार्य गर्छन् । २०६२।०६३ मा भएको जनआन्दोलन भाग–२ मा राजनीतिक दलले जनतासँग तमाम वाचाहरु गरेका थिए जसको कारण नेपाली जनता सो जनआन्दोनमा होमिए जनआन्दोलनमा तमाम शहीद भए, तमाम घाइते भई जीवनभरीको लागि अपांग बने ती शहीदहरुको मर्मलाई यी राजनेताहरु बिर्से । अहिले यिनी मनोमानी ढंगले सरकार चलाउँदै आएका छन् । लोकतन्त्र र गणतन्त्रमा न त जनताको कुनै भलो भयो न त देशको । आज मुलुकको आर्थिक अवस्था साह्रै नै बिग्रेको छ । बेरोजगारी चारैतर्फ रहेकोले देशको अमूल्य कर्णधार युवा विदेशमा पुगी सस्तोमा श्रम बेच्न बाध्य छन् । पटक पटक सरकार परिवर्तनले देशको भलो गर्दैन यो कुरा कटु सत्य हो यस कारण सरकार परिवर्तन होइन संयन्त्र सुधार गर्न देशका जनता अघि बढ्न सक्नु पर्छ । संयन्त्र सुधारअहिले अपरिहर्य बनेको छ । आज होइन २।४ महिनापछि निश्चित पनि यो कार्य हुनेछ र नयाँ संविधान जाने र २०४७ को संविधान पुनः लागु हुने अवस्था बनि रहेको छ यो चाहिँ अवश्यम्भावी छ ।
कागलाई बेल पाक्यो हर्ष न विश्मात !
Monday, July 15, 2024
0

Tags