नेपालगञ्ज शहर अहिले प्रचण्ड गर्मीले त्रस्त रहेको छ वर्तमान समय यहाँको तापक्रम ४३–४४ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । आगामी आइतवारसम्म गर्मी अझ बढ्ने अनुमान रहेको छ ।
प्रचण्ड गर्मीको कारण यहाँको जनजीवन अति नै कष्टकर बनेको छ । गर्मीको कारण यहाँका व्यक्तिहरुमा चर्मरोग बढेको छ । यस्तै नै झाडा पखालाबाट व्यक्ति ग्रस्त बनेका छन् । गर्मीको तातो हावाबाट बच्न सचेतना फैलाउने गरिएको छ यसमा घरबाट बाहिर निस्कँदा टाउको कपडाले छोप्ने त्यस्तै पर्याप्त झोल पदार्थको सेवन गर्ने, आवश्यकता भएमात्र घरबाट बाहिर निस्कने भनिएको छ । गर्मीबाट मानव मात्र त्रस्त छैनन् पशु पंक्षीहरु पनि छन् पशु पंक्षीलाई प्यासबाट मर्न नदिइन व्यक्तिहरुले आ–आफ्नो घर अगाडि पानीको भाँडो राख्न शुरु गरेका छन् । यसरी आगामी केही दिनसम्म गर्मीले त्रस्त पार्ने सम्भावना रहेको छ अत्यधिक गर्मीको कारण अधिकांश तलाउ, पोखरीहरु सुकी सकेका छन् । नेपालगञ्जमा अहिले मात्र रानी तलाउ बोटिंग पार्क धम्बोझीको वाटर पार्क र फुल्टेक्रास्थित कान्ति तालले राहत दिएको छ । रानी तलाउमा जिर्णाेद्धार कार्य चली रहेकोले यहाँ डुल्न कमै व्यक्ति पुग्ने गरेका छन् जसको कारण व्यक्ति बोटिंग गर्न धम्बोझी वाटर पार्कमा पुगी रहेका छन् मौसमविज्ञका अनुसार २० जुनमा मनसुन यहाँ प्रवेश गर्ने अनुमान रहेको छ यस कारण अब व्यक्ति आकाशतर्फ देख्न शुरु गरेका छन् । केही दिनमा नै पानी परे कृषकले धानको ब्याड लगाउने छन् यस कारणले पानी नपरेकोले ब्याड रोप्न कठिनाई परी रहेको छ । तराई क्षेत्रमा अधिकांश कृषक आकाशबाट खस्ने पानीमा कृषि कार्यमा निर्भर छन् यस वर्ष शताब्दीको नै सबै भन्दा ठूलो गर्मी परेको छ । नेपालमा सबै भन्दा बर्ढी गर्मी हुने ठाउँ नेपालगञ्ज हो र यस्तै प्रकारको गर्मी धनगढी र दिपायलमा पर्ने गर्छ । अत्यधिक गर्मीको कारण यहाँको जनजीवन अति नै कष्टकर छ । यसबीच विद्युतको अनियमितताले गर्दा सर्वसाधारणहरुमा समस्या बढ्दै गएको छ । गर्मीसँगै दिनभरी र रातभरी विद्युत आउने जाने गरेको छ ।
नेपालगञ्ज नगरवासीले विद्युतको समस्या समाप्त पार्न आवाज उठाई रहेपनि नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण शाखाले कुनै ध्यान दिएको देखिँदैन । यसरी यहाँ अत्यधिक गर्मीले जनजीवन कष्टकर बनाएको छ । नेपालञ्ज उपमहानगर पालिकाले नगरवासीलाई गर्मीबाट निजात दिलाउन कुनै पनि कार्य नगरेकोले उपमहानगरपालिकाप्रति जनाक्रोश बढेको देखिन्छ ।