नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको १४औं साधारणसभा एवं अधिवेशन सम्पन्न भएको छ ।
शनिवार दिन नेपाल पत्रकार महासंघ बाँके शाखाको १४औं अधिवेशन कार्यक्रमबीच कैयन संचारकर्मीको कदर सम्मान गरिएको थियो । नेपम बाँके शाखाले आयोजित गरेको कार्यक्रममा सदस्यता शुद्धिकरण र सदस्यता वितरणमा असन्तुष्टि व्यक्त गरिएको थियो । महासंघमा सदस्यता शुद्धिकरण गर्ने माग दशकौंदेखि उठ्दै आएको थियो अहिले सदस्यता शुद्धिकरण कार्य चल्दा राजनीतिक मनपरीले सक्रिय पत्रकारलाई निष्क्रिय र निष्क्रिय पत्रकारलाई सक्रिय पारी सदस्यता वितरण गरिएकोले महासंघ कार्यालयमा महिनौं दिनदेखि तालाबन्दी चल्दै आएको छ । यस्तो तालाबन्दी र विरोधको कार्यक्रम मात्र नेपालगञ्जसम्म सीमित छैन बरु देशभरको महासंघ कार्यालयमा चल्दै आएको छ । सदस्यता वितरणको विवाद चलेकोले कुन पत्रकार महासंघको सदस्य छन् कुन महासंघको सदस्य छैनन् यसको टुंगो लाग्न सकेको छैन ।
शनिवार दिन नेपालगञ्जमा आयोजित भएको १४औं साधारणसभा एवं अधिवेशन कार्यक्रममा प्रेस चौतारी नेपाल बाँके शाखाले सदस्यतामा मनपरी भएकोले हामी आन्दोलन छौं समस्याको समाधान नभएसम्म हाम्रो संघर्षको कार्यक्रम चली रहने भनिएको छ । नेपम बाँके शाखाले सदस्यता वितरणमा ठूलो त्रुटि गरेकोले महासंघको कार्यालयमा तालाबन्दी गरी दिनमा नै मैनबत्ती बाल्ने, महासंघको जिम्मेवारहरुलाई चस्मा लगाउने आन्दोलन छेडिएको थियो । नयाँ नेतृत्वको चयनको लागि महासंघको निर्वाचन जेठ २६ गते हुनुपर्ने थियो तर सदस्यता शुद्धिकरण र सदस्यता वितरणमा भएको विवादको कारण निर्वाचन गर्न सकिएको छैन । राजधानीमा नेपाल पत्रकार महासंघको निर्वाचन जेठ २६ गते दिन गर्न भनिएको थियो तर मतदाता नामावलीमा विवाद आएपछि त्यहाँ पनि निर्वाचन स्थगित गरिएको छ । अब निर्वाचन समिति खडा गरेर निर्वाचन गराउने कुरा महासंघका अध्यक्ष विपुल पोखरेलले भनेका छन् ।