विगत केही महिनादेखि बाँके जिल्लामा विभिन्न अपराधको घटनामा बढोत्तरी भएको देखिन्छ । चोरीको घटनालाई सामान्य भन्न सकिन्छ किनकी गर्मीयाममा चोरीको घटना बढ्न नै थाल्छ तर यस जिल्लामा डाँकाजनीको घटना पनि निकै नै मौलाएको देखिन्छ । अहिलेको समय भनेको आधुनिक हो यस समयमा डाँकाजनी घटना नसुनिनु पथ्र्याे तर दुर्भाग्यवश यस्तो घटना निरन्तर नै बढी रहेको छ । अहिलेसम्म करीब २–३ वटा डाँकाजनीको घटना घटित भई सकेको छ । यस्तै प्रकारले कैयन हत्याको घटना पनि घटित भएको छ । बाँके जिल्लामा विभिन्न अपराधको घटना घट्नुको मुख्य कारण हो यहाँ नशालु पदार्थको कारोबार तिव्र रुपमा बढेको छ । अहिले सम्पूर्ण बाँके जिल्लाको के उल्लेख गर्नु यस नेपालगञ्ज उमनपाको केही वडाहरु छ जहाँ खुलेआम नशालु पदार्थको बेचबिखन हुन्छ यस्तो विभिन्न नशालु पदार्थको बेचबिखन दिनभरी र रातभरी नै हुन्छ । विभिन्न वार्डहरुमा नशालु पदार्थको बेचबिखन प्रहरीको मिलेमतोमा भई रहेको देखिन्छ । प्रहरीहरु नशालु पदार्थ बेचबिखन गर्नेहरुसँग रकमसम्म असुली गर्ने गरेका छन् । विगतमा प्रहरीको छवि सफा स्वच्छ मानिन्थ्यो तर वर्तमानमा प्रहरीको छवि धुमिल भएको छ । सत्य सेवा सुरक्षणमको नारा अहिले खोक्रो साबित भई रहेको छ । धेरै टाढा किन जाने भन्सार रोडमा प्रहरीको कैयन चेकजाँच चौकीहरु स्थापित छन् यहाँ चेकजाँचको आडमा अवैध असुली मात्र हुन्छ । रुपैडिहाबाट नेपालगञ्जतर्फ नशालु औषध भित्र्याइने गरिन्छ तर सो नशालु औषध कहिले पनि पक्राउ गरिएको देखिँदैन । सर्वसाधारणले रुपैडिहाबाट विभिन्न घरायसी दैनिक उपभोत्तगय सामाग्री ल्याउँदा जमुनहा चौकीमा असुली हुन्छ नै त्यसपछि भन्सार जाँच चौकीमा असुली भई रहेको सहजै भएको कुनै पनि समयमा देख्न सकिन्छ । चौलिक्कामा सशस्त्र प्रहरीको चेकजाँच चौकी छ यसतर्फबाट सर्व साधारणले आफ्नो दैनिक उपभोग्य सामाग्री ल्याउन लाग्दा चेक जाँच गर्ने अनि सामान सिज भएको धम्की दिँदै सैयौं रकम असुली गरिन्छ र पक्राउ गरिएको मालसामान छाड्ने गरिन्छ । यसरी प्रहरीको काम अपराध नियन्त्रणको सट्टा अवैध असुली गर्ने तर्फ धेरै रहेको भन्न सकिन्छ । विभिन्न अपराध नियन्त्रण गर्ने सोच प्रहरी निकायले राखेको छ भने सबै भन्दा पहिले त्यसमा इमान्दारिता आउनु जरुरी छ इमान्दारिता नआएसम्म अपराध कहिलै पनि घट्न सक्दैन । यस कारण सबै भन्दा पहिले नशालु पदार्थ बेचबिखन गर्ने समूहमाथि कडाई हुनु जरुरी छ । ट्राफिक प्रहरीको कार्य नै देखौं भने त्यसको कार्य अवैध असुलीसम्म सीमित छ साँझ पर्ने बित्तिकै विभिन्न स्थानमा वाहनहरुको चेकजाँच गर्ने कार्य शुरु हुन्छ । चेक जाँच गर्ने आडमा विभिन्न अत्तो थापी ब्लुबुक, ड्राइभिंग लाइसेन्समा त्रुटि निकाल्नु र त्यसपछि रसीद नकाटी रकम असुली गर्नु दैनिकको कार्य हो यस्तो कार्य भन्साररोड, वीपी चोक, धम्बोझी चोक, कारकाँदौ, सुर्खेतरोड र त्रिभुवनचोकमा रोजिन्दा हुने गर्छ । ट्राफिक प्रहरीले सबै भन्दा असुली भारतीय नं.को मोटर साइकलबाट गर्ने गरेको देखिन्छ चारै तर्फको ब्रम्हलूट कार्यबाट अब नेपालगञ्जमा कमै संख्यामा भारतीय नागरिकहरु यहाँ आउने गरेका छन् । यसको कारण नेपालगञ्जको व्यापार व्यवसाय धरासाई बन्न पुगेको छ । अहिले केही भारतीय नागरिक मात्र फत्तेबाल आँखा अस्पतालमा आँखाको उपचारका लागि आउने गरेका छन् । भारतीय नं. को मोटरसाइकल रोकी चेकजाँच गर्ने आडमा हुने गरेको अवैध असुलीको कारण आगामी समय आँखा अस्पतालमा बेरामी पनि घट्ने अनुमान रहेको छ । अहिले यहाँको शान्ति सुरक्षामा खलल पुगेको मुख्य कारक तत्व प्रहरी नै छ जुन दिन यहाँ सफा स्वच्छ इमान्दार छविका प्रहरीका जिम्मेवारहरु आउनेछन् यहाँ अपराध अवश्य नै घट्नेछ । प्रहरीको निष्क्रियताको कारण विभिन्न अपराधहरु मौलाई रहेको छ यस कारण चुस्तदुरुस्त शान्ति सुरक्षाको लागि जनताले आवाज उठाउनै पर्छ ।
बाँकेमा विभिन्न अपराध मौलाउँदैः प्रहरी निकाय असहाय।
Monday, June 03, 2024
0

Tags