विभिन्न वडामा रहेका जनप्रतिनिधिको हेलचक्र्याईको कारण नेपालगञ्ज नगरवासीहरुको विभिन्न समस्याहरु थपिँदै गइरहेको छ अहिले यहाँ भिषण गर्मीको प्रकोप छ यस समस्यामा चिसो जलको समस्या छ । विभिन्न वडाहरुमा सर्वसाधारणका लागि चिसो पानीको अभाव छ सर्वसाधारण बटुवाहरुलाई चिसो जल उपलब्ध गराउन नेगउमनपा ११ नं. वडाले त्रिभुवनचोकमा चिसो जल उपलब्ध गराएको छ यस्तो कार्य विभिन्न वडा समितिहरुले गर्नु पथ्र्याे तर केही वडा समितिले मात्र यस्तो गरेर देखाएका छन् । अहिलेसम्म कार्य भए अनुसार १ नं. वडा समिति र ११ नं. वडा समितिले मात्र वडावासीको इच्छा आकाँक्षा अनुसार कार्य गरेर देखाएको छ अन्य वडा समितिहरुले भने जनताको समस्यातर्फ कुनै प्रकारको कार्य गरेको देखिँदैन १ नं. वडा समितिको पहलमा त्यहाँको प्राचीन देवालयको मर्मत गराउने पहल भएकोले वडावासीहरुको प्रशंसा त्यसले बटुलेको छ । यता वडा नं. ११ समितिले ३ वटा ठाउँमा चिसो जलको व्यवस्था गरेको छ यो वडा समितिले अब केही दिनभित्र त्रिभुवनचोकको पश्चिमतर्फ सर्वसुलभ शौचालय निर्माण गरी सकेको छ अब केही दिनभित्रै यो शौचालय सर्वसाधारणको लागि संचालन हुनेछ । सर्वसुलभ शौचालयको त्रिभुवनचोक क्षेत्रमा ठूलो अभाव थियो । यो अभाव अब हट्ने भएको छ । ११ नं. वडा समितिका अध्यक्ष नन्द किशोर कश्यप वर्षायामको समय अति नै नजीक रहेको देखि वर्षाबाट तमाम समस्या नआओस् यो समस्या टार्न अहिलेदेखि नै आफ्नो वडाको नाला नाली सफाई गराउन आफै नै खटी रहेको देखिन्छन् भन्ने गरिन्छ, जनप्रतिनिधि काम गर्न सधैं तत्पर रहन्छन् भने वडावासीहरुलाई कहिल्यै कुनै समस्या हुँदैन । वर्षायाममा जलभराउको समस्याको कारण विभिन्न संक्रामक रोग फैलिने खतरा रहन्छ । यो खतरालाई टार्न वडा समिति ११ राम्रै काम गरी रहेको छ । अब नेपालगञ्ज उमनपा ११ नं. वडा समिति कार्यालयले यही अषाढ मसान्तमा त्रिभुवन चोकको सौन्दर्यकरण गर्ने जमर्काे लिएको छ । यस सौन्दर्यकरण कार्यको लागि वडा सदस्य राजेश गुप्तालाई अहिलेदेखि नै नियुक्त गरी सकेको छ । भित्रुवन चोकको सौन्दर्यकरण भए त्यहाँको व्यापार व्यवसाय बढ्ने छ । कारण यो छ कि त्रिभुवनचोक सम्पूर्ण नेपालगञ्ज शहरको मुटु हो यहाँ विभिन्न ठाउँबाट व्यक्ति आउने जाने गरेका छन् अन्य जिल्लाबाट वाट भारतको विभिन्न क्षेत्रबाट आएका सर्वसाधारण यस स्थानमा संचालित मिठाई पसल, चाट पसलमा स्वादको पारखीहरु पुग्ने गर्छन् । यहाँ बिक्री हुने रबडी, दही, लस्सी र चाट देशभरी नै प्रसिद्ध छ । त्रिभुवन चोकको सौन्दर्यकरण भए सर्वसाधारणहरुको घुइँचो यहाँ बढ्नेछ । त्रिभुवन चोकमा सर्वसुलभ शौचालयको ठूलो अभाव थियो । यो समस्या पनि अब हट्नेवाला छ अहिलेसम्म पिसाब फेर्न पनि सर्वसाधारण भौतारिएर हिँड्ने गर्थे बाध्यतावश गल्ली कुचोमा पस्ने गर्थे उनीहरु अब त्रिभुवनचोक क्षेत्रमा यो समस्या हट्नेवाला छ । जनप्रतिनिधिहरुले जनसेवालाई पहिलो प्राथमिकता दिए भने समस्या केही दिन मै अवश्य हट्नेछ । नेगउमनपा वडा नं. ८ दुर्गा मन्दिरको अगाडि पनि विगतमा चिसो जलको व्यवस्था गरिएको थियो केही महिनादेखि चिसो जल दिइने मेशीन बिग्रेको कारण बाध्यतावश सर्वसाधारणहरु प्रचण्ड गर्मीको समय तातो जल खान बाध्य छन् । विगतमा रानी तलाउको बाहिरपट्टी २ वटा हेण्ड पाइप जडान थियो यो हैण्ड पाइप पनि अब हटी सकेको छ चिसो जलको अभावको कारण सर्वसाधारण ठूलो समस्यामा परेका छन् । नेपालगञ्ज उमनपाले सम्पूर्ण नगरमा पर्याप्त सरसफाईमा ध्यान दिएको छ जसको कारण फोहोरको डंगुर कहिँ पाइँदैन यति मात्र त्यसको उपलब्धीपूर्ण कार्य हो । यस नगरमा यातायातको साधनको पार्किंग स्थानको अभाव छ अहिले यातायातका साधनहरु सडकमा उभ्याउने गरिएको कारण यातायात बाधित हुन थालेको छ जसको कारण सर्वसाधारणहरुलाई हिँडडुल गर्न अप्ठेरो पर्ने गर्छ । उमनपाले ई–रिक्शा व्यवस्थित गर्न र नगरमा सुर्तिजन्य पदार्थको बेचबिखनमा पूर्णतया रोक लगाउने भनेको थियो तर असक्षमताको कारण यो कार्य त्यसले गरेर देखाउन सकेको छैन । नेपालगञ्जको ८ नं. वडामा रहेको रानी तलाउ ऐतिहासिक स्थान रहेको छ केही वर्ष अघि यहाँ बोटिंग गर्ने व्यवस्था मिलाइएको थियो । धम्बोझीमा वाटर पार्कको निर्माण भए पछि धेरैजसोहरु त्यहीँ पुगेर बोटिंगको आनन्द लिन चाहन्छन् यसरी रानी तलाउ बोटिंग पार्क बोटिंग गर्ने उपयुक्त स्थान रहेन । यस कारण रानी तलाउ बोटिंग पार्कको स्थानमा स्वीमिंग पुल र माथि यातायातका साधन राख्ने पार्किंग गर्ने स्थान बने त्रिभुवन चोक परिक्षेत्रको अझ विकास हुने सम्भावना रहेको छ । त्रिभुवन चोक क्षेत्रको विकास गर्ने जिम्मेवारी वडा नं. ११ र वडा नं. ८ को हो किनकी ८ नं. वडाको सीमा त्रिभुवन चोकसम्म छ । यसर्थ यो क्षेत्रमा तिव्र ढंगले सौन्दर्यकरण होस् सबै समस्याको अन्त्य होस् यसतर्फ दुवै वडाले पहल गर्ने जरुरी छ । यसबीच वडा नं. ११ मा रहेको नारायण माविमा छात्र छात्राको लागि पिउने पानीको ठूलो अभाव भएको छ । यो समस्या हटाउन वडा समितिले आवश्यक पहल गर्नुपर्ने जरुरी रहेको देखिन्छ केही महिना अघि सो स्कूलमा खाने पानी जडानको लागि सो स्थानका स्थानीय वासिन्दाहरुले वडा समितिमा निवेदन समेत दर्ता गराएका थिए तर आर्थिक अभावको कारण त्यहाँ खानेपानीको धारा जडानको समस्या हट्न सकेको छैन ।
जनप्रतिनिधिहरुको हेलचक्र्याईको कारण नगरवासीको विभिन्न समस्याहरु थपिँदै।
Monday, May 27, 2024
0

Tags