स्वघोषित राष्ट्रिय गुरुलाई बागेश्वरी मन्दिरको पुजारी पदबाट हटाउने संघर्ष अब चर्किँदै गएको छ । बागेश्वरी मन्दिरका पुजारीलाई हटाउन केही हप्ताअघि संघर्ष समिति खडा गरिएको थियो यो संघर्ष समितिले बाँके जिल्ला प्रशासन कार्यालयमा प्रजिअमार्फत गुठी समितिलाई ज्ञापन पत्र पठाएपछि अब चरणबद्ध रुपमा संघर्षका कार्यक्रमहरु चलाइएको छ । अहिले बागेश्वरी मन्दिरभित्र संचालित रहेको गुठी समितिको कार्यालयमा पनि मन्दिरमा व्याप्त अवैध असुली, पसलबाट भाडा रकम उठाउने त्यस्तै सन्ध्या आरतीबाट दैनिक रुपमा २१०० रु. उठाउने गरिएको पर्दाफास गर्दै मन्दिरको अवस्था सुधार्नेदेखि मन्दिरका पुजारीबाट साधु सन्तसँग दुव्र्यवहार गर्ने जस्ता घटना हुन थालेपछि सम्पूर्ण नगरवासीले महन्तलाई मन्दिरबाट हटाउने माग गर्दै अब यो सबै समस्याको अंत गर्न कडा संघर्ष चलाउने निष्कर्षमा पुगेका छन् । अब त यस्तो संघर्षमा हिन्दुवादी पार्टी राप्रपाले पनि हाम फालेको अनुमान रहेको छ । बागेश्वरी मन्दिरको गुठी समितिका अध्यक्ष राप्रपाका वरिष्ठ नेता तथा सभासद डा. धवल शम्शेर राणा नै छन् । उनीलाई पनि मन्दिरमा व्याप्त रहेको भ्रष्ट क्रियाकलापको पूर्ण जानकारी छ । उनी पनि मन्दिरलाई व्यवस्थित बनाउने सोच राखेका छन् । मन्दिरका पुजारीलाई आफैले मन्दिरबाट निकाला गरे यसबाट आफ्नो राजनीतिक छवि धमिलिने खतरा रहेको देखी उनी पुजारीलाई सोझै मन्दिरबाट हटाउने साहस देखाउन सकिरहेका छैनन् । तर मन्दिरको अवस्था सुधार्न उनीले राप्रपाको सबै खेमालाई पुजारीको विरुद्धमा उतारी सकेकोले अब बागेश्वरी मन्दिरको पुजारी फेरी पुराना मूल पुजारीलाई मन्दिर भित्र्याउने खेल शुरु भएको छ । शनिवार दिन साँझ ५ बजे वडा नं. १३ स्थित ऐतिहासिक रामलीला मैदानमा राप्रपाले हिन्दु राष्ट्र, हिन्दु राजालाई पुनस्र्थापित गर्न निमित्त मोटरसाइकल रैलीको आयोजन ग¥यो तर यो रैली बागेश्वरी मन्दिरका पुजारीलाई हटाउन पनि भएको मानिएको छ । किनकी शनिवार दिन आयोजित भएको रैलीमा राप्रपाका कार्यकर्ता थोरै संख्यामा सहभागी रहेको देखिए रैलीमा भारी संख्यामा वैदिक सनातनी हिन्दुवादी कार्यकर्ताहरु हिन्दु राष्ट्र पुनस्र्थापनाको माग सहित बागेश्वरी मन्दिरलाई व्यवस्थित पार्नुपर्ने माग राखी चर्काे नारा लगाई रहेको देखियो । नेपालगञ्जमा राप्रपाको संगठन विस्तार अति नै कमजोर अवस्थामा छ सोधारण जुलुस प्रदर्शन गर्ने सम्मको कार्यकर्ता पार्टीसँग छैन यस कारण जब जब राप्रपाले जुलुस प्रदर्शन गर्ने कार्यक्रम राख्यो त्यसमा शिवसेना लगायतका हिन्दुवादी संघ संगठनका कार्यकर्ताको उल्लेख्य रुपमा सहभागिता रहेको देखियो । बागेश्वरी मन्दिरभित्र भ्रष्टाचार, अनाचार चरममा पुगेपछि यसको सबै दोष राप्रपाका वरिष्ठ नेता डा. धवल शम्शेर राणामाथि लाग्न शुरु भएको छ । यसमा राणाले सर्प पनि नमरोस् र लठ्ठी पनि नभाँचियोस् यस्तो प्रकारको दुरदृष्टि अपनाई सम्पूर्ण मन्दिरलाई सफा स्वच्छ र पारदर्शी बनाउन पहिले मन्दिरका पुजारी हटाउनुपर्ने उद्देश्य राखी अति गोप्य तरिकाले पुजारीको विरोधमा मोटर साइकल रैलीको आयोजन गराएका हुन् । मन्दिरको पुजारी हट्नेवातावरण बन्न थालेपछि यसबाट नेपालगञ्ज नगरवासीहरुले अब बागेश्वरी भव्य सभ्य र सुन्दर बन्ने कुरामा विश्वस्त बन्न थालेका छन् । जानकारी अनुसार दशकौं अघि बाँके मालपोत कार्यालयले मन्दिरमा पुजाआजा गर्न नाथ सम्प्रदायका हरिहरनाथ योगीलाई मूल पुजारीमा नियुक्त गरेको थियो सो समय स्वघोषित आजका पुजारी साधारण कर्मचारी सरह मन्दिर चित्र सरसफाई लगायत कार्य गर्ने गरेका थिए । अहिलेका स्वघोषित पुजारी पहिले साह्रै नै मिलनसार र भद्र स्वभावका थिए यस कारण मूल पुजारी हरिहरनाथ योगीले आफू ११ दिन मन्दिरमा पुजा गर्ने र बाँकी दिन उनीलाई पुजाआजा गर्ने जिम्मेवारी दिए यही सदाशयताको फाईदा उठाउँदै स्वघोषित पुजारीले मूल पुजारी हरिहरनाथ योगीलाई मन्दिरबाट हटाई जबरजस्ती आफू मूल पुजारी बने र आफ्नो प्रभाव बढाउँदै स्वघोषित राष्ट्रिय गुरु सम्म बन्न पुगे । स्वघोषित राष्ट्रिय गुरुलाई आज राज्यले ५ वटा सुरक्षा गार्ड प्रदान गरेको छ जस सुरक्षा गार्डको दुरुपयोग गरी संचारकर्मी, साधुसन्त, सर्वसाधारणसँग दुव्र्यवहारको घटना उनीले घटित गराउँदै आएका छन् यस्तो दुव्र्यवहार गर्ने कार्य कुनै नौलो होइन विगतदेखि आजसम्म बारम्बार दोहो¥याउने भई रहेको छ । भनिन्छ पापको घैंटो एक दिन अवश्य नै भर्छ अहिले त्यसै नै भएको छ स्वघोषित पुजारीको पापको घैटो फुट्ने अवस्थामा पुगी सकेकोले हिजोसम्म उनीलाई साथ दिइने व्यक्ति पनि उनीसँग टाढिँदै गएका छन् यस्ता टाढिने व्यक्तिमा डा. धवल शम्शेर राणा पनि छन् । बागेश्वरी मन्दिर गुठी समितिका पदाधिकारीहरु पनि अब समितिको कार्यसमितिमा फेर बदल हुनुपर्ने कुरामा सहमत भई सकेकोले अब नयाँ बन्ने समितिले पुजारीलाई हटाउँदै विगतमा मन्दिरको नाममा रहेको साढे ३ सय बिघा जमीनको खोजतलाश, मन्दिरको आयव्यय पारदर्शी बनाउने, दुव्र्यवहार हटाउने, मन्दिरलाई सफा सुग्घर र भव्य बनाउने र ज्यादतीपूर्ण घटना अब कहिले पनि दोहोरिन नदिने कार्य गर्ने सम्भावना बढ्दै गएको छ बागेश्वरी मन्दिर देशको अमूल्य धरोहर र वैदिक सनातन धर्मावलम्बीको आस्थाको मुख्य केन्द्र हो । शनिवार आयोजित भएको मोटर साइकल रैलीले स्वघोषित पुजारीको दिन अन्तिम चरणमा रहेको सन्देश दिइएको छ ।
स्वघोषित राष्ट्रिय गुरुलाई बागेश्वरी मन्दिरको पुजारी पदबाट हटाउने संघर्ष।
Monday, May 20, 2024
0

Tags