नेपालगञ्ज । ऐतिहासिक शक्तिपीठ माता बागेश्वरीका महन्त चन्दननाथ योगी (राजु महन्त)बाट ज्यादतीपूर्ण घटना बढेपछि वैदिक सनातनीहरुमा आक्रोश बढ्न थालेको छ ।
नाथ सम्प्रदायका महन्त चन्दननाथ बागेश्वरी मन्दिरका मूल महन्त हुन् केही समय अघि उनले एक जना गर्भवती महिलालाई कुटपीट गरेपछि उनीको यहाँ ठूलो विरोध भएको थियो । अहिले उनीबाट दांगको चौघडिया नजीक रहेको महामृत्युञ्जय गोरखनाथ मन्दिरका सन्त द्रव्यनाथ योगीसँग दुव्र्यवहार गरेपछि सम्पूर्ण नेपालगञ्जवासी चन्दननाथप्रति आक्रोशित बनेका छन् ।
महामृत्युञ्जय गोरखनाथ मन्दिरका सन्त द्रव्यनाथ योगी केही दिनअघि माता बागेश्वरी मन्दिरमा उपासना गर्न आएका हुन् यस समय उनले महन्त चन्दननाथ योगीसँग वास बस्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए जसमा महन्त चन्दननाथ योगीले उनीलाई शौचालयमा बस्न दबाव दिइ प्रहरीबाट धक्कामुक्की समेत गराए । चन्दननाथ योगीको दबावबाट मन्दिर परिसरमा तैनाथ प्रहरीले ती सन्त द्रव्यनाथलाई धकेला धकेल गरी दुव्र्यवहार गरेको बताइएको छ ।
अपमानित सन्त द्रव्यनाथले यस पत्रिकासँग कुराकानी गर्दै भने, आफूसँग दुव्र्यवहार भएको कुरा प्रहरीमा उजुरी निवेदन दर्ता गराएको छु प्रहरीले न्याय दिन बोलाएको छ साथै आफू सुर्खेतमा स्थित सन्तहरुको क्लबमा पनि उजुरी हाल्ने बताएका छन् ।
बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगी मन्दिरलाई आफ्नो नीजि सम्पत्ति सम्झेर उनीले विगत लामो समयदेखि मन्दिरमा आर्थिक हिनामिना गरि उनीले भव्य भवन निर्माण गराएका छन् । मन्दिरबाट उठेको रकम उनीले ब्याजमा लगानी लगाई भारी फाईदा उठाउँदै आएको नेपालगञ्जवासीहरुको आरोप रहेको बुझिएको छ ।
यस्तै मन्दिरको सम्पत्तिबाट उनीले कैयन टेक्टर आदि खरीद गरेको समेत आरोप रहेको छ । बागेश्वरी मन्दिर क्षेत्रमा रहेको नालामा कैयन पसलहरु सञ्चालित रहेको छ जसको भाडा रकम उनीले असुली गरी खार्ई रहेको समेत आरोप रहेको छ । केही महिनाबाट बागेश्वरी मन्दिरमा रहेको तलाउको जिर्णाेद्धार कार्य भई रहेको छ जिर्णाेद्धारको लागि पोखरीको पानी सुकाइएको छ सो पोखरीमा लामो समयदेखि त्यसमा केहीहरुले शौचालयको मल खसाइएको पाइएको थियो । महन्त चन्दननाथ योगीले नै बागेश्वरी मन्दिरको अगाडि रहेको घरबाट रकम असुली फोहर खसाउन लगाएको बुझिन्छ । यो तलाउको पानीलाई शुद्ध मानी त्यसबाट श्रद्धालु पुजाआजा गर्दै आएका थिए । अहिले मूल महन्त चन्दननाथ योगीको ईशारामा तलाउमा फोहोर हालिएको पाइएपछि यसबाट श्रद्धालुहरुको मनमा ठूलो ठेस लागेको छ जसको कारण वैदिक सनातन धर्मावलम्बीहरुबाट महन्त चन्दननाथ योगीलाई मन्दिरबाट निकाला गर्नुपर्ने माग उठ्न थालेको छ । बागेश्वरी मन्दिरको मुख्य जिम्मेवारहरुमा राप्रपाका नेता तथा सभासद डा. धवल शम्शेर राणा लगायतहरु रहेका छन् । तर महन्त चन्दननाथ योगीको ज्यादी बढ्दै गएपनि उनीहरु मौन भई बसेकोले डा. धवल शम्शेर राणा लगायतमाथि पनि औंला उठ्न थालेको छ ।
केही वर्षअघि मन्दिर समिति खडा गरिएको थियो यसको कार्यकाल झन्डै साढे ६ वर्ष भन्दा बढि भइ सकेको छ यसरी यो समिति नै अहिले अवैधानिक बन्न गएको छ ।
बागेश्वरी नेपालगञ्जको प्रख्यात मन्दिर हो । यसको विकास भए यहाँ धार्मिक पर्यटन बढ्ने सम्भावना छ तर महन्तको कारणले नै मन्दिर अव्यवस्थित बन्दै गएको छ यस कारण अब योगीलाई मन्दिरबाट बाहिर निकाला गर्दै नयाँ मन्दिर समिति बन्नुपर्ने अधिकांशहरुको माग रहेको बुझिएको छ ।
अहिले दांगका सन्तसँग भएको दुव्र्यवहार घटनाले सम्पूर्ण नेपालगञ्ज शहरको बदनामी भएको छ यस कारण सम्बन्धितहरुले यसतर्फ ध्यान दिई दुव्र्यवहारको घटना घटाउने योगीमाथि कारवाही चलाई दुव्र्यवहार गरिएका सन्तलाई न्याय दिलाउनुपर्ने माग उठ्न शुरु भएको छ ।