नयाँ वर्ष २०८१ मा यस आजको सामना साप्ताहिक २५औं वर्षमा प्रवेश गरेको छ । २०५५ सालमा अन्याय अत्याचारको विरुद्ध आवाज उठाउन यो पत्रिका बाध्यतावश दर्ता भयो । सो समय यो पत्रिका प्रखर हिन्दुवादी विचार बोकी प्रकाशित भयो जसको कारण हिन्दु संगठनहरु बलियो र सशक्त बन्यो । हिन्दु संगठन मजबूत बन्दै गएको थियो यस समय माओवादीद्वारा ११ वर्ष जनयुद्ध चलाइयो यस जनयुद्धको कार्यकालमा माओवादीबाट देशभर तमाम हिन्दु देवालय भत्काइयो गाई माताको वद्य गरियो टुप्पी राखेको पुजारीको हत्या गरियो । यस क्रममा प्रसिद्ध कथा वाचक, समाजसेवी पण्डित नारायण प्रसाद पोखरेलको हत्या गरियो नेपालगञ्जमा हिन्दुवादी नेता अरुण बुढाथोकीको हत्या त्यस्तै हिन्दुवादी नेता दिवाकर खनालको छातीमा ६ वटा गोली हानी हत्या गर्ने प्रयास गरियो । यस समय आजको सामना साप्ताहिक पत्रिकाको सम्पादकमाथि पनि भौतिक कार्यवाही गर्दै मार्ने धम्की आउँदा जिल्लाबाट अन्यत्र ठाउँमा वर्षाैंसम्म विस्थापित भइ बस्नुपरेको तितो अनुभवहरु छ यसलाई कहिल्यै पनि बिर्सिन सकिँदैन । दशकौं अघि सम्म देशमा मिसन पत्रकारिता चली रहेको थियो सो समय प्रजातन्त्रको स्थापना र निरंकुशतन्त्रको अन्त गर्न कलम चलाइने गरिन्थ्यो पछि प्रजातन्त्रको प्राप्ति र निरंकुशताको अन्तपछि व्यवसायिक पत्रकारिता चल्न शुरु भयो । २०५५ सालतर्फ मिसन पत्रकारिता समाप्त भएपनि हिन्दु जागरणको लागि यस पत्रिकाले मिसन पत्रकारिता सरह नै कार्य ग¥यो अहिले यस प्रजातन्त्र, लोकतन्त्र र गणतान्त्रिक परिवेशमा पत्रपत्रिकाहरु स्वतन्त्र रुपमा चल्न पाएको र वाक स्वतन्त्रता पनि पाएको छ तर वर्तमानमा व्यवसायिक पत्रकारिता गर्न झन कठिन चुनौतिहरु छ । दशकौं अघि जब मिसन पत्रकारिता चली रहेको थियो त्यस समय पत्रिकामा सरकारी गैर सरकारी र व्यापारिक विज्ञापनको भरमार थियो । सो समय पत्रपत्रिकाको आर्थिक स्थिति मजबूत थियो तर अहिले पत्रपत्रिकाहरुसँग सूचना विज्ञापन नरहेकोले आर्थिक अभाव छ । यो भन्दा सरल पत्रकारिता त पञ्चायतकालमा थियो । मात्र राजा, अन्य राजपरिवारका सदस्यहरुको जन्मोत्सव र बडादशैं, नयाँ वर्षमा शुभकामना छाप्दा तमाम आर्थिक अभाव हट्थ्यो त्यस समय प्रेस काउन्सिलमा पत्रिकाको वर्गीकरण हुँदा नेशनल ट्रेडिंग लि.बाट कागज र अन्य सुविधाहरु पत्र पत्रिकाहरुलाई प्राप्त हुन्थ्यो । अहिलेको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा सो सुविधाहरु बन्द भएको छ अब सरकारी कार्यालयहरुलाई शुभकामना विज्ञापन प्रकाशित गर्न बन्देज लगाइएको छ । पाँच सय, हजारको विज्ञापन पाउन सम्बन्धित कार्यालयबाट एग्रीमेन्ट गराउने बाध्यता छ । स्थानीय निकायमा विभिन्न भ्रष्टाचार बढेको छ तर एउटा वार्डको वडा समितिसँग विज्ञापनमा रकम खर्च गर्ने अवस्था छैन । उपमहानगर पालिकादेखि वार्ड समितिहरु अवधि भाषाको उखान ‘अन्धा बाँटै सिन्नी घरै घरैया खाए’ जस्तो उखानको चरितार्थ गरी रहेका छन् । विगतमा जुन पत्रपत्रिकाहरु भ्याटमा दर्ता हुन्छ त्यस पत्र–पत्रिकालाई पालैपालो गरी सरकारी सूचना विज्ञापन दिइने आश्वासन दिइएको थियो अहिले कैयन पत्रपत्रिका भ्याटमा दर्ता छन् तर यिनीसँग सूचना, विज्ञापन छैन । बाध्यतावश भ्याट बिल काटिन्छ जसको कारण आर्थिक अभाव थपिएको छ । अनाहक तमाम झमेलाहरु झेल्नुपर्ने बाध्यता छ । अनगिनत पत्रपत्रिकाहरु प्रकाशित भई रहेका छन् तर यिनीको अनुहार एकै जस्तो देखिन्छ । पत्रिका प्रकाशित भई रहेको छ तर पत्रपत्रिकाको आत्मा सम्पादकीय कहिँ प्रकाशित भएको देखिँदैन प्रेस काउन्सिल पत्रिकाहरुमा अनिवार्य सम्पादकीय हुनुपर्ने कर गथ्र्याे भने घरमा बसेका तमाम स्वतन्त्र लेखकहरुको आर्थिक अभाव स्वतः नै हट्थ्यो होला । यहाँ उल्लेख गर्नु आवश्यक छ कि अहिले तमाम लेखक घरमा बसी आर्थिक अभाव झेली रहेका छन् र सम्पादकीय अनिवार्य गरिए उनीको समस्या टथ्र्याे जसबाट उनी लेखकहरुलाई सजिलै आफ्नो जीविकोपार्जन गर्न सजिलो हुन्थ्यो । अहिले ९ दिन चले अढाई कोस मात्र जस्तै पत्रिका प्रकाशित भई रहेको छ । यस्तो अवस्थामा कैयन राम्रो पत्रिकाहरु पनि प्रकाशित भई रहेको छ पत्रकारिताको अन्धो दौडमा राम्रो पत्रिकाहरु पछाडि पर्दै गएका छन् । यस्तो पछौटेपनको शिकार आजको सामना साप्ताहिक पत्रिका पनि रहेको छ । यो पत्रिका भ्याटको मार खेपी रहेको छ सूचना विज्ञापन छैन जसको कारण आर्थिक मन्दीमा समेत परेको छ यस समय मात्र बाँके जिल्लामा आर्थिक मन्दी छैन बरु देशभरका व्यापारिक औद्योगिक प्रतिष्ठानहरु आर्थिक मन्दीमा पर्दै धरासाई भई रहेका छन् । उद्योगी व्यापारीहरु आर्थिक मारमा परेकोले देशभरका व्यापारिक प्रतिष्ठानको शटर डाउन भई रहेका छन् । जसको कारण पत्रपत्रिकाहरुलाई उद्योगी व्यापारीबाट आवश्यक सहयोग भइ रहेको छैन । सरकारबाट पनि पत्रपत्रिकालाई राहत छैन यसरी अब कुनै पनि समय तमाम पत्रपत्रिका बन्द हुने अवस्थामा पुगीरहेका छन् जुन पत्रिका कलरमा प्रकाशित भई रहेको थियो सो अब ब्लैक एण्ड व्हाइटमा छप्न थालेका छन् । यस्तै अवस्था लामो समयसम्म विद्यमान रही रह्यो भने निमुखा जनता र आवाजविहिनहरुको आवाजको माध्यम संचार क्षेत्रहरु पनि निश्चित नै धरासाई हुने अवस्थामा पुगी रहेको छ । अहिलेको स्थिति अझ धेरै कठिनाईपूर्ण छ । आर्थिक मन्दीको मारमा अन्य पत्रपत्रिका सरह यो पत्रिका पनि परेको छ । आजको सामना साप्ताहिक हतासाको स्थितिमा अवश्य छ तर निराश भने छैन । सबै समस्यामाथि पार पाउँदै जसरी विगत २४ वर्षसम्म यो पत्रिका नियमित रुपमा प्रकाशित भई रह्यो सोही अनुसार अब २५औं वर्षमा प्रवेश गरी सबैको सहयोगमा यो पत्रिका प्रकाशित हुँदै रहने कुरामा हामी विश्वस्त छौं ।
सामनाको २५ वर्षको यात्रा।
Monday, April 29, 2024
0

Tags