– मनोज कुमार कौशल
नेपालगञ्ज । नेपाली जडीबुटीलाई विश्वमा चिनाऔं राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाऔं भन्ने नाराका साथ नेपाल जडीबुटी व्यसायी संघ
(जबान)ले आफने २५औं साधारण सभा सम्पन गरेको छ ।
शनिवार दिन संघका अध्यक्ष टंक प्रसाद शर्माको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले आफ्नो मन्तव्य राख्दै भने, ‘नेपाली जडीबुटी बहुमूल्य छ जडीबुटीमा व्याप्त धेरै समस्याहरु हटी सकेको छ केही मात्र समस्या विद्यमान छ यो समस्या पनि चाँडै हट्नेछ । जडीबुटीको विकासको लागि अब बाहिरबाट प्राविधिक भित्र्याउन आवश्यक छ भन्दै उनले नेपालले संघीयता पायो तर संघीयता अनुसार कानून पाउन सकेको छैन किनकी संघीयता अहिलेसम्म स्थापित नै हुन सकेको छैन । अहिले प्रदेश प्रमुखबाटनै संघीयता खतरामा पुगी रहेको छ लाग्छ उनीबाट नै संघीयता जान्छ । मधेशी, जनजाति, थारु समुदायको उत्थान आवश्यक छ । सत्ता समीकरणका कारण संघीयता जाने अवस्था रहेको उनले बताए ।
त्यस्तै वन तथा पर्यटन मन्त्रालयका सचिव मोहनराज काफ्लेले २५औं साधारण सभालाई शुभकामना दिँदै भने, २०५५ सालमा स्थापना भएको जबानले आफ्नो २५ वर्ष पूरा गरेको छ । यसले २५ वर्षको आफ्नो कार्यकालमा थुप्रै महत्वपूर्ण कार्य गर्न सफल भएको छ । जबानको पहलमा नै नेपालगञ्ज अहिले जडीबुटीको मुख्य केन्द्र बनेको हो । जडीबुटी क्षेत्रको अझ विकासको लागि यसको उत्पादन बढ्नु पर्छ तर यस क्षेत्रमा अहिले पनि तमाम समस्या र चुनौतिहरु छन् जडीबुटी उत्पादनमा कृषकको, संकलनकर्ताको, उद्यमी र निकासीकर्ताको अहम भूमिका छ । हामीकहाँ २–३ वर्गको जडीबुटीहरु छ एउटा दुर्लभ प्रजातिको जडीबुटी अर्काे सामान्य प्रकारको जडीबुटी छ दुर्लभ प्रजातिको जडीबुटी लोप हुने अवस्थामा रहेकोले यसको संरक्षण संवद्र्धन गर्दै त्यसलाई प्रयोगमा नल्याउने सोच बनाउँदै खेतीलाई बढावा दिनु पर्छ । सामान्य प्रकारको जडीबुटी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्म अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुसार ओसार पसार संकलन र बिक्री हुनुपर्ने कुरामा जोड दिए । उनले संघीयताको अझ विकास गर्ने अवस्थामा सरकार छ । जडीबुटीको लागि संविधा अनुसार कानून बन्नु आवश्यक रहेको बताए ।
जबानका पूर्व उपाध्यक्ष शकील अहमद जसगढले शुभकामना मन्तव्य राख्दै भने, नेपाललाई विश्वमा चिनारी गराउने जडीबुटी हो यो रोजगारीको बाटो पनि हो यसको विकास भए नेपाली युवाहरुलाई रोजगारी खोज्दै विदेश जानु पर्दैन यहीं जडीबुटीबाट रोजगार पाउन सक्छन् ।’
नेपाली काँग्रेसका सुधांशु कोइरालाले शुभकामना मन्तव्य राख्दै भने, हाम्रो देशमा हजारौं प्रकारको जडीबुटीहरु छ यसमा मात्र १५०० प्रकारको जडीबुटी उत्पादन गर्न सके बेरोजगार नेपाली युवाहरुलाई रोजगारबाट जोड्न सकिन्छ । अब जडीब्ुटी खेतीबाट रोजगार बढ्नुपर्ने कुरामा जोड दिए ।
जिल्ला वनस्पति कार्यालयका प्रमुख शिशिर पन्थीले, लुम्बिनी प्रदेश सरकारले १३ वटा जडीबुटी खेतीको लागि अनुदान दिइने कार्यविधि तयार पारी रहेको जानकारी दिँदै उनले सामुदायिक वनहरुमा खेती गर्ने कार्य भयो भने कृषकको आय बढ्ने पर्याप्त सम्भावनाहरु रहेको भन्दै तराईमा जडीबुटी खेतीको विकास हुनुपर्ने कुरामा जोड दिए ।
जबानका पूर्व अध्यक्ष याकूब अन्सारीले, नेपालको जडीबुटी भारततर्फ पठाउँदा भारु र विदेशमा पठाउँदै नै डलर आउँछ उनले जडीबुटीलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउन राम्रो कानून बन्नुपर्नेमा जोड दिए ।
जबानका अध्यक्ष टंक प्रसाद शर्माले कार्यक्रमको समापन भाषण गर्दै भने, प्रदेश सरकारबाट जडीबुटीमा व्याप्त समस्या हट्ने र यसमा अझ सहजीकरण हुने विचार आएकोले हामी उत्साहित बनेका छौं अब जडीबुटीबाट नै नेपाली युवाको रोजगारी सिर्जना हुनुपर्छ भन्दै उनले केही दिनअघि बाहुबली हर्बल एण्ड एसेन्स प्रोडक्टमा आगलागी हुँदा केही हानी नोक्सानी भएकोमा जबान दुखी छ । आगो नियन्त्रण गर्ने कार्यमा सबै तर्फबाट सहयोग प्राप्त भएकोले उनी सहयोगीप्रति आभार पनि प्रकट गरे ।
कार्यक्रमबीच महावीर पुनद्वारा लिखित पुस्तक केहीहरुमा वितरण गरिएको थियो भने उपस्थितहरुमा जबानले २०८१ सालको क्यालेन्डर वितरण गरेको थियो । त्यसै प्रकार जबानले आफ्नो यस साधारणसभामा जडीबुटी कृषिलाई प्रोत्साहित गर्न २ जना कृषकको कदर सम्मान गरेको छ । कदर सम्मान पाउनेहरुमा बाँकेको राप्तीपारी क्षेत्रमा मेन्थल खेती गर्ने कृषक राम मनोहर मौर्य र अर्का कृषक दिर्घ बहादुर बुढा रहेका छन् ।