छिमेकी देश भारतले आफ्नो यहाँ पर्यटकहरुलाई आकर्षित पार्ने तमाम प्रयासहरु शुरु गरेको देखिन्छ । उत्तर प्रदेशको अयोध्याधाममा ऐतिहासिक राम मन्दिरको प्राण प्रतिष्ठा र उद्घाटन गरी भारत सरकारले पर्यटकहरुलाई आकर्षित पार्ने तमाम प्रयास शुरु गरेको छ जसको पहिलो चरणमा भर्खरै लखनऊ र दिल्लीबाट नेपालगञ्जसम्म सोझै बस सेवा शुरु गरेको छ ।
रुपैडिहा बस स्टैण्डबाट लखनऊ र दिल्लीबाट नेपालगञ्ज सोझो बस सेवा उद्घाटन गरिएकोले अब नेपाली यात्रुहरुलाई भारतमा लुटिने जोखिमबाट निजात पाउने सम्भावना रहेको छ । यो बस सेवाको उद्देश्य नेपाली यात्रुलाई सुरक्षित रुपमा दुवै देशतर्फ आवत जावत गराउने रहेको बुझिएको छ । यस अघि भारततर्फ आवत जावत गर्दा दिनहुँ नेपाली लुटिने गर्थे अब सोझो बस सेवा शुरु भए भारततर्फ भारी संख्यामा नेपाली सुरक्षित यात्रा गर्न पाउनेछन् । अयोध्याधाममा राम मन्दिरको प्राण प्रतिष्ठा र उद्घाटन भएपछि दैनिक रुपमा हजारौं हजार नेपाली श्रद्धालु त्यहाँ पुगी रहेका छन् एक महिनामा नै त्यहाँ ८४ लाख जति श्रद्धालु राम मन्दिरको दर्शन गर्न पुगेका छन् र यसबाट त्यहाँ ५०० करोड भन्दा बढी दान चढाइएको छ यसबाट भारतलाई ठूलो आर्थिक लाभ हुन शुरु भएको छ । यो हो भारतको दूरदृष्टि नीति अहिले बढी फाइदा पाउन त्यसले बस सेवा, रेल सेवाको द्रुत गतिमा विकास गरी रहेको छ । यही स्थिति रही रह्यो भने करीब २ वर्षभित्रै नेपालगञ्ज रोडमा बढी सुविधा भएको रेल चल्न शुरु हुनेछ जसबाट धेरै फाइदा भारतलाई मिल्ने सम्भावना छ । किनकी भारत आफ्नो यहाँ पर्यटक बढाउने कुरामा विगत दिनदेखि नै सचेत र सजग छ अहिलेसम्म नेपालीहरु लखनऊ दिल्ली लगायत शहरमा डुल्ने गर्थे तर अब उनीहरु अयोध्याधामको अतिरिक्त भारतीय धार्मिक पर्यटन क्षेत्र श्रावस्ती लगायतमा पुग्ने छन् अयोध्याधाममा राम मन्दिरको निर्माण हुन थाल्दा भारतका विपक्षी दलहरुले भगवान रामको कुनै अस्तित्व नभएको, मन्दिरको सट्टा अस्पताल वा खेल मैदान बन्नुपर्ने माग उठाउँदै आएका थिए तर करीब २ कार्यकाल आफ्नो शासन चलाएको भारतीय जनता पार्टीको सरकारले राम मन्दिर, काशी विश्वनाथ मन्दिर र भगवान श्रीकृष्णको मथुरा जन्मभूमिमा भव्य मन्दिरको निर्माण भए त्यहाँ स्वदेशी र विदेशी पर्यटकलाई बढी संख्यामा ल्याउन सकिन्छ यस्तो लक्ष्य राखी भव्य राम मन्दिर निर्माण गर्न सफल भयो यसबाट अहिले अयोध्याधाम स्मार्ट सिटी बनेको छ यहाँ अन्तर्राष्ट्रिय हवाई अड्डा, आधुनिक रेलवे स्टेशन, भव्य होटल, अस्पताल निर्माण भएकोले मात्र भारतबाट होइन बरु विदेशबाट दिनहुँ भारी संख्यामा पर्यटक पुग्न शुरु भएकोले त्यहाँको कारोबार निकै नै बढेको छ । काशी विश्वनाथ मन्दिर र मथुराको कृष्ण जन्मभूमि आगामी केही समयपछि अवश्य बन्नेछ यसबाट त्यहाँको कायापलट नै हुने भएको छ । भारतको अयोध्याधाममा राम मन्दिर निर्माण भएपछि सम्पूर्ण विश्वमा राम मन्दिर निर्माण गर्ने लहर नै चलेको छ । अब अरब देश र क्रिश्चियन देशहरुमा पनि धमाधम राम मन्दिर निर्माण हुन थालेको छ ।
भर्खरै केही दिन अघि युएईमा स्वामी नारायण मन्दिरमा भगवान रामको मन्दिर निर्माण भइ त्यसको उद्घाटन भएको छ । अब बहरीनमा पनि राम मन्दिर निर्माण भइ रहेको छ यस्तो राम मन्दिर रुस, जापान लगायत कैयन देशमा बन्न थालेको छ । यसको नसीहत हाम्रो देशले पनि लिनु जरुरी रहेको छ । नेपालमा धार्मिक पर्यटनलाई बढावा दिने पर्याप्त सम्भावनाहरु छ तर २०६२।०६३ पछि जुन प्रकारले गलत क्रियाकलापहरु यहाँका विभिन्न राजनीतिक दलले र विभिन्न सरकारले गरे यहाँ धार्मिक पर्यटनलाई धेरै हानी नोक्सानी झेल्नु परेको छ । भन्ने गरिन्छ, बाँदरले आफ्नो घर पनि बनाउँदैन अरुको बनेको घर पनि बिगार्ने गर्छ अहिले यस्तै नै भइ रहेको छ यहाँ बनाउने काम कम तर बिगार्ने काम बढी भएको छ अरुले राम्रो काम गर्दा त्यो राम्रो काम सिक्नु पर्छ तर राम्रो काम गर्नेतर्फ हामीले ध्यान दिएका छैनौं छिमेकी देश धार्मिक पर्यटनको कारण समृद्धशाली र वैभवशाली बनि रहेको छ । यता विदेशी देशको जूठो खाइ हामी कंगालीतर्फ बढी रहेका छौं । यस्तो गलत कार्यको हामीले सुधार्न सकेनौं भने हामीहरु पतनको बाटोतर्फ जानेछौं । हाम्रो देशका सत्तासीन राजनीतिक दलहरु जहिले पनि विदेशी राष्टको अगाडि भिक्षाको पात्र अगाडि बढाई माग्नतर्फ लाग्छौं यस कारण हाम्रो विकासको गति अवरुद्ध भएको छ । अब मागेर खाने होइन बरु केही गरेर देखाउने तर्फ लाग्नु जरुरी छ । यस्तो गरिएन भने नेपाली युवालाई विदेशमा पुगी सस्तोमा श्रम बेच्न बाध्य हुनु पर्छ त्यहाँबाट रकम कम तर बाकसमा शव भरेर आउनु पर्ने छ । यस कारण अहिले पनि समय छ समयमा सचेत र सावधान बनौं जसरी भारतले धार्मिक पर्यटनलाई बढावा दिई आफ्नो विकास गरी रहेको छ त्यस्तो कार्य हामीले पनि गर्नु जरुरी छ ।