भगवान श्री रामको आगमनमा पुष्प वर्षा गरौं
मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्मभूमि अयोध्याधाममा विगत ५ सय वर्षदेखि चलेको संघर्षपछि अहिले त्यहाँ भव्य राम मन्दिरको निर्माण भएको छ ।
६ दिसम्बर १९९२ मा त्यहाँ कारसेवकहरुले संघर्ष चलाउँदा कलंकको प्रतिक रहेको बाबरी ढाँचालाई भत्काउने प्रयास सफल भएको थियो । बाबरी ढाँचा भत्काउने सर्वप्रथम २ जना कोठारी बन्धुहरुले १९९० मा शहादत प्राप्त गरेका थिए अयोध्यामा चलेको संघर्षमा समाजवादी पार्टीबाट मुख्यमन्त्री रहेको मुलायम सिंह यादवले कारसेवकमाथि गोली चलाउने आदेश दिँदा चलेको गोलीबाट सरयु नदीको पावन जल रगतले रातो भएको थियो यस संघर्षमा ५०औं जना कारसेवक शहीद बनेको इतिहास छ । २२ जनवरीको दिन सो राम मन्दिरको उद्घाटन भारतीय प्रधानमन्त्री हिन्दु हृदय सम्राट नरेन्द्र मोदीबाट हुने कार्यक्रम रहेकोले यस भव्य मन्दिरबारे विश्वमा नै चर्चा भई रहेको छ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको ससुराली जनकपुरधाममा रहेकोले जनकपुरधामबाट प्रसाद र नेपालको विभिन्न पवित्र नदीबाट जल संकलन गरी त्यहाँ पठाइएको छ । अयोध्यामा प्रसाद र जल लगेका नेपाली श्रद्धालुहरुको अयोध्यावासीहरुले स्वागत गरेका छन् । यस्तो कार्यक्रम अयोध्यामा गर्न देशभरीका जिल्लाहरुले आ–आफ्नो ढंगबाट विविध कार्यक्रमको आयोजन त्यहाँ गर्ने भएका छन् । २२ जनवरी दिन हुने राम मन्दिर उद्घाटन कार्यक्रममा विश्वभरीका श्रद्धालु अयोध्याधाम पुगी रहेका छन् । २२ जनवरीको दिन अयोध्याधाममा कडा सुरक्षा रहने त्यहाँ पर्याप्त आवासको व्यवस्था हुन नसक्ने भएकोले भारतीय प्रम मोदीले विश्वमा छरिएर बसेका हिन्दुजनलाई आ–आफ्नो ठाउँबाट विविध कार्यक्रमको आयोजन गर्ने यसमा गरीब परिवारले ५ वटा दीयो बाल्ने अन्यले यथाशक्ति अनुसार भव्य ढंगले दिपावली गर्ने आग्रह गरेका छन् । ५ सय वर्षको संघर्ष पछि बनेको यस राम मन्दिर उद्घाटन कार्यक्रमलाई वैदिक सनातनी हिन्दु धर्मावलम्बीहरुले एउटा अवसरको रुपमा लिइएको देखिन्छन् यस कारण सो दिन राम आगमनको अवसरमा पुष्प वर्षा गर्ने कार्यक्रम गर्ने तयारी चल्न शुरु भएको छ नेपालको जनकपुरधाम, वीरगंज लगायत स्थानमा विविध कार्यक्रमको आयोजन हुने समयमा यहाँ नेपालगञ्जमा पनि भगवान रामको आगमनको अवसरमा विभिन्न प्रकारको धार्मिक कार्यक्रमको आयोजन गर्ने तयारी रहेको छ । सो दिन नेपालगञ्जमा रहेका मन्दिर, देवालयहरु बेहुली झैं सिंगार्ने तयारी भई रहेको छ । नेपालगञ्जवासीले सो दिन दिपावली गर्ने कार्यक्रम रहेको रहेको छ । नेपालगञ्जमा २२ जनवरीको दिन केही स्थानमा रहेको मन्दिरहरुमा प्रसाद वितरण गरिने कुरा चर्चा परिचर्चामा रहेको छ ।