छुवाछुत तल्लो उपल्लो जातिबीच विभेद रहेको कारण वैदिक सनातन धर्म सधैं पछाडि पर्दै आएको छ । सबै धर्मको मूल भने वैदिक सनातन धर्म हो यही धर्म सबै भन्दा पहिले करोडौं वर्ष पहिले आएको थियो तर छुवाछुत तल्लो उपल्लो जातिबीच विभेद रहेकोले अन्य धर्मको धेरै नै प्रचार प्रसार भयो सनातन धर्म सधैं पछाडि रह्यो ।
वर्तमान समय विश्वमा क्रिश्चिन धर्मावलम्बीको संख्या बढी छ र दोस्रोमा इस्लाम धर्म छ । यी दुवै धर्मको तमाम देशहरु छन् तर वैदिक सनातनीहरुको एउटा पनि देश छैन यो चाहिँ बडो विडम्बाको कुरा हो । सबैले जाने बुझेको कुरा हो कि विश्वमा वैदिक सनातन नै मात्र धर्म हो अन्यहरु धर्म भने होइन बरु पन्थ, सम्प्रदाय, मजहब, दीन समूह मात्र हो तर यिनीमा छुवाछुतको भावना नरहेकोले केही शताब्दीमा विश्वभरी नै फैलिए वैदिक सनातन धर्ममा छुवाछुत, तल्लो उपल्लोको भावना व्याप्त रहेकोले तल परेका वर्ग सनातनको परित्याग गरी अर्कै अर्कै धर्ममा प्रवेश गरे आज धर्म परित्याग गरेकाहरुबाट वैदिक सनातनीहरुलाई जुध्नु परेको छ । स्वामी दयानन्द सरस्वतीले भनेका थिए कि कोही वैदिक सनातन धर्म परित्याग गर्छ भने यसबाट सनातनलाई कुनै हानी नोक्सानी हुँदैन तर एउटा शबु अवश्य नै बढ्छ अहिले हाम्रो देशमा रहेका विशेषकर तल्लो जातिहरुसँग भेदभाव भएकोले उनीहरु विदेशी धर्म अँगाली सकेकोले यसबाट वैदिक सनातन धर्मलाई ठूलो हानी नोक्सानी पुगेको छ । यस कारण यो गल्ती अब सुधार्नुपर्ने जरुरी भएको छ । मानव शरीरको संरचनामा नै ४ वर्ग छन् ब्राम्हण, क्षेत्री, वैश्य र शूद्र । टाउको र मुखलाई ब्राम्हण भनिएको छ त्यस्तै पाखुरालाई क्षेत्री, पेटलाई वैश्य र खुट्टालाई शूद्र भनिएको छ । यिनी संरचनाको छुट्टा छुट्टै कार्य छ ब्राम्हणको कर्म हो ज्ञान र शिक्षा दिनु, क्षेत्रीयको कर्म हो सीमाको रक्षा, वैश्यको कर्म व्यापार व्यवसाय कृषि गर्नु र शूद्रको कर्म हो सेवा गर्नु । यी सबै कर्म धेरै नै महत्वपूर्ण छन् ब्राम्हण कर्म अनुसार सबैलाई ज्ञान दिन्छ, क्षेत्रीले सीमा रक्षा, वैश्यले इमान्दारिताले व्यापार र ब्याजमा रकम लिनु दिनु यसमा त्यसले आफूसँग केही राख्दैन ४ वटै शरीरको संरचनालाई बराबरी बाँडी दिने गर्छ र शूद्र सेवा दिन सधैं नै तत्पर रहन्छ शरीरको सबै भाग अर्थात खुट्टा सबैको भारी बोकी रहन्छ यसले आफूलाई दिएको कर्म गर्न मान्दैन भने शरीरको सबै कार्य गर्न अवरुद्ध हुन्छ यस कारा शूद्रको त कहिल्यै पनि अपहेलना गर्नु हुँदैन तर अहिले केही सामन्ती सोचका व्यक्तिहरुले शूद्रसँग विभेदको भावना राखेकाले यी शूद्र सनातनसँग अलग भई रहेका छन् । वैदिक सनातन धर्मले कुनै वर्गसँग विभेदको भावना राखेको छैन । हाम्रा आराध्य मर्यादा पुरुषोत्तम भगवान श्री रामले अति तल्लो जाती की वृद्धा शबरीको जुठो खाई तल्लो जातीको मान सम्मान बढाउनु भएको थियो । उहाँले मल्लाह जातीका निषाद राजको उद्धार गर्नुभयो । श्रापित महिला अहिल्याको उद्धार गर्नुभयो जब हाम्रा आराध्यले तल्लो जातिसँग कुनै भेदभाव राख्नु भएन अनि हामी किन तल्लो जातिसँग भेदभाव राखी रहेका छौं यो सोचनीय विषय हो । महाभारत कालमा दासी पुत्र महात्मा विदूरको नीति सर्वत्र नै विख्यात रह्यो उनीमा यति बल र बुद्धि थियो कि उनी महाभारत युद्धमा सहभागी हुन्थे भने सो युद्ध केही दिनमा नै समाप्त हुन्थ्यो । तर उनी सधैं हस्तिनापुरलाई सुरक्षित राख्ने सोच राखे । राष्ट्र र धर्मको सेवामा निरन्तर लागी रहे । एउटा कुरा छ धर्मको संरक्षण मात्र शूद्रले गर्न सक्छ अन्यले कहिल्यै पनि गर्न सक्दैन यसको कारण हो शूद्र धर्मको पालना गर्ने र कर्तव्यनिष्ठ र इमान्दार स्वभावका हुन्छन् । यो कुराको मनन हामीले कहिल्यै नगरी मात्र शूद्रसँग अपहेलना गर्ने सोच मात्र राख्यांै । यही कारण हो कि आज वैदिक सनातन धर्म धेरै नै कमजोर अवस्थामा छ केही समयदेखि सामन्ती सोचको ब्राम्हणवादको मानसिकता हटी रहेकोले वैदिक सनातन धर्म विश्वभरी नै उचाईमा पुगी रहेको छ । यो उचाई वैदिक सनातन धर्मले पाउन नसकोस् यस कारण सामन्ती सोचकाहरु विभिन्न षडयन्त्रमा लागेका छन् । हाम्रो देशमा केही दिनदेखि धर्मान्तरणको अभियान विदेशीहरुले चलाएका छन् । यो धर्मान्तरण कार्य चलाउनेमा माथि सामन्तीहरुनै छन् अर्थात ब्राम्हण वर्ग यिनीहरु सो धर्ममा ठूलो ठूलो पदमा छन् अन्य पछाडि परेका वर्ग सम्प्रदायकाहरुलाई विदेशी धर्मको प्रचार प्रसार गर्नमा लगाइएको छ । यस कार्यमा पनि सामन्ती सोचकाहरु माथि छन् । सामन्ती सोचकाहरु सो धर्ममा रही करोडौं डलर कमाउँदै प्लेनबाट देश विदेश भ्रमण गर्छन् पछाडि परेका जुन वर्ग विदेशी धर्मको प्रचार प्रसारमा छन् उनी सानोतिनो धार्मिक पुस्तक बोकी साइकलबाट दगुर्छन् त्यहाँ पनि उनीलाई विभेदको सामना गर्नु परी रहेको छ यस कारण अहिले पनि समय छ सनातनीहरुलाई अब जाग्नु जरुरी छ । हामी एक आपसमा विभेदको भावना यस्तै नै राखी रह्यौं भने हाम्रो विकास कहिल्यै पनि हुन सक्दैन । हाम्रो छिमेकी देश भारतबाट राजनीतिक रुपमा ब्राम्हणवाद हटेकोले त्यहाँ तिव्र गतिले विकास भई रहेको छ हाम्रो देशमा ब्राम्हणवाद हावी छ देशको विभिन्न राजनीतिक दलका ठूला नेता ब्राम्हण रहेकोले देशमा भ्रष्टाचार अनाचार बढेको छ यस कारण हाम्रो देश आर्थिक रुपले कमजोर बन्दै गएको छ । देशलाई आर्थिक रुपले मजबुत हुनु छ भने देशको राजनतिक शक्ति शूद्रको हातमा दिनुपर्छ यसो भयो भने धर्मान्तरण कार्य आफै नै हट्छ हाम्रो देशको तराई भेगबाट यस्तो छुवाछुत, तल्लो उपल्लो जातिबीचको विभेदहरु समाप्त भई सकेको छ तर देशको हिमाली, पहाडी भेगमा आजसम्म यस्तो भेदभाव कायमै रहेको कुरा सामाजिक सञ्जालहरुबाट जानकारी प्राप्त हुँदै आएकोले भर्खरै नेपालगञ्जमा प्रेस स्वतन्त्रता सेनानी स्व. रामगोपाल वैश्य स्मृति प्रतिष्ठानले यस्तो छुवाछुत तल्लो उपल्लो जातिबीचको भेदभाव हटाउन शूद्र वर्ग मध्येको बाल्मीकी जातिका ज्येष्ठ नागरिक मैकुलाल बाल्मीकीको खुट्टा धुवाई नयाँ वस्त्र पहिराई कदर सम्मान गरी यस्तो प्रकारको छुवाछुतको भावना हट्नुपर्ने सन्देश देशभरी नै दिएको छ । यस्तो सन्देश सबै तर्फबाट प्रसारित गर्नु जरुरी छ नेपालञ्जले यस्तो छुवाछुतको कुरीति हटाउने कार्य विगत देखि नै गर्दै आएको छ । दशकौं अघि नेपालगञ्जको प्राचीन बागेश्वरी मन्दिरको बिहान सरसफाई बाल्मीकी समुदायका व्यक्तिहरुले गर्ने गर्थे तर साँझ उनी सो मन्दिरमा पुजाआजा गर्न पाउँदैनथे । यो विभेद हटाउन सो समय शिवसेना नेपालका हिन्दुवादी नेता स्व. किरण सिंह बुढाथोकीले आफ्नो पहलमा बाल्मीकी समुदायकाहरुलाई सामुहिक रुपले मन्दिरमा प्रवेश गराएको पाइन्छ । यस्तो उल्लेखनीय कार्यको कारण नेपालगञ्जमा एक हदसम्म छुवाछुत, तल्लो उपल्लो जातिबीचको विभेद हटेको पाइन्छ । अब यहाँ सबै वर्गका व्यक्ति एक आपसमा निर्धक्क उठबस गर्छन् । यस्तो कार्य देशभरी नै हुन्छ नेपालगञ्ज यस्तो शहर हो यहाँबाट सुधारको कार्य हुन्छ यसै कारण यसलाई सद्भावको शहर भनिन्छ । यस्तो सद्भावको भावना सबैमा पलाउनु जरुरी छ ।