मनोज कुमार कौशल
नेपालगञ्ज । गत सोमवार दिन भारतको अयोध्याधाममा साढे ५ सय वर्षको संघर्ष पछि बनेको राम मन्दिरको उद्घाटनको क्षणमा यहाँ नेपालगञ्जमा मर्यादा पुरुषोत्तम भगवान श्रीरामको भव्य ढंगले स्वागत गरिएको छ ।
यस दिन भगवान रामको स्वागत गर्न विविध धार्मिक कार्यक्रमको आयोजन गरिएको थियो ।
बाँकीबगियास्थित रामलीला मैदानमा हवन कार्यक्रम त्यस्तै राम नगरको हडियाबाबा मन्दिर, भन्सार रोडस्थित श्रीश्याम खाटु जी मन्दिर त्यस्तै बागेश्वरी मन्दिर, त्रिवेणीमोडको शिव मन्दिर, शदीह दशरथचन्द टोलस्थित श्रीरामजानकी मन्दिरलाई बेहुलीझैं सिंगारी विभिन्न धार्मिक कार्यक्रमको आयोजन गरिएको थियो । प्रायः सबै मन्दिरमा अखण्ड रामायणको वाचन गरिएको थियो हडियाबाबा मन्दिरमा बाल्मीकी रामायणको पाठको आयोजन गरियो । यस्तो धार्मिक कार्यक्रम मात्र नेपालगञ्ज नगरसम्म सीमित रहेन बरु विभिन्न ग्रामीण क्षेत्रहरुमा पनि आयोजित गरियो । जोगागाउँ, पुरैना, बेतहनी लगायतको गाउँमा धार्मिक कार्यक्रमको आयोजना गरिँदै धार्मिक जुलुस निकालियो । नेपालगञ्जको मुटु त्रिभुवनचोकलाई बेहुली झैं सिंगारिएकोले यहाँका नगरवासीहरु स्मरणका लागि पनि सो दिन अबेरसम्म फोटो खिचाउन व्यस्त रहेको देखिए । नगरको विभिन्न स्थानबाट निकालिएको जुलुस भगवान रामको जय उद्घोष गर्दै नगर परिक्रमा गरेको थियो । यस्तो जुलुसमा भगवान रामको विशाल प्रतिमा निकालिएको थियो भने कतिपयले प्लाइउडमा बनेको भगवान रामको फोटो निकाले । त्रिभुवनचोक पूर्वलाईनबाट निस्केको जुलुसमा भगवान राम र माता जानकी रथमा विराजमान हुनु हुन्थ्यो भने एक अन्य रथमा महाबली हनुमान र उनीका कतिपय वानर रथमा विराजमान थिए । महाबली हनुमान सबैको आकर्षण बनेका थिए । यो जुलुस नगर परिक्रमा गरेको थियो । जुलुस निस्किँदा ठाउँ ठाउँमा भगवान रामको माथि पुष्प वर्षा गरिँदै आतिसबाजी समेत गरिएको थियो । डिजेमा बजेको भजन किर्तनमा राम भक्त श्रद्धाले नाचगान गरी रमाई रहेका थिए । कैयन जुलुसमा नारीहरुको उल्लेख्य रुपमा उपस्थिति थियो । श्रद्धालु नारीहरु रामको भक्तिमा ओतप्रोत थिए । रामको आगमनको खुशियालीमा त्रिभुवन चोक, सदरलाईन, त्रिवेणीमोड, सुर्खेतरोड, विपी चोक, धम्बोझी, नयाँ रोड, फुल्टेक्रा लगायत ५०औं वटा स्थानमा भण्डारा र प्रसाद वितरण गरेको देखियो । नेपालगञ्ज नगरमा यस्तो भव्य ढंगले धार्मिक कार्यक्रम कहिल्यै पनि आयोजित भएको थिएन । बडादशैं, दुर्गापुजा, राम जानकी विवाह पंचमी र दिपावलीमा विविध धार्मिक कार्यक्रमको आयोजना शताब्दियौंदेखि आयोजित हुँदै आएको छ र त्यस्तो पर्व परम्परागत रुपले मनाइने गरिएको थियो तर अहिले राम मन्दिरको उद्घाटनको अवसरमा आयोजित गरिएको कार्यक्रम ऐतिहासिक र अविस्मरणीय बन्न पुगेको छ । रामभक्तको जुलुस निस्किँदा तिल राख्नेसम्मको ठाउँ थिएन पुरा सडक रामभक्तले भरिएको थियो । यो सबै कार्यक्रम नेपालगञ्जमा नगरमा सो दिन अबेर रातीसम्म चल्दै रह्यो । साँझ रामभक्तहरुले आ–आफ्नो घरमा झिलीमिली बत्ती बाली दीप प्रज्वलन गर्दा माघ महिनामा नै दीपावली पर्व जस्तो भएको देखियो । नेपालगञ्ज नगरमा राम मन्दिर उद्घाटनको अवसरमा आयोजित कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न भयो तर जैसपुर, पुरैना र जाफरपुर्वा लगायत स्थानमा भजन किर्तन गरी रहेका राम भक्तहरुमाथि उपद्रवीहरुले सांघातिक रुपमा आक्रमण गर्दा विभिन्न स्थानमा गरी करिब १२ जना घाइते बनेका छन् । घाइते हुनेमा महिला, वृद्ध, शिशु, बालक र युवाहरु छन् उनीमा १ जनाको खुट्टा भाँचिएको छ त्यस्तै केहीको टाउको फुटेको शरीरको विभिन्न भागमा चोटपटक लागेको पाइएको छ । घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कडा दण्ड सजायँ दिलाउन विश्व हिन्दु परिषद र राप्रपा लगायतले बाँके जिल्ला प्रशासनमा पुगी प्रजिअलाई ज्ञापन पत्र बुझाएका छन् । स्थानीय प्रशासनल्े दोषीहरुलाई पक्राउ गर्ने भने पनि अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन मात्र घटनालाई दबाउन मौखिक रुपमा १ जनालाई पक्राउ गरिएको दावी प्रशासनले गरेको छ तर पक्राउ परेको नाम सार्वजनिक अहिलेसम्म गरेको छैन । राम भक्तहरुमाथि आक्रमण सुनियोजित षडयन्त्रबाट घटित भएको हो यसको दोषी स्थानीय प्रशासन र सद्भाव समिति रहेको बुझिएको छ । बाँके जिल्ला प्रशासनले नगरमा धार्मिक जुलुस निस्किँदा त्रिभुवनचोकदेखि पश्चिमतर्फ नगरपालिका रोडको बाटोमा बैरिकेटिंग गरी बन्द गर्दा त्यहाँ बस्ने ६५ प्रतिशत रामभक्तहरुले आफ्नो आराध्य देव मर्यादा पुरुषोत्तम भगवान श्रीरामको स्वागत अभिनन्दन गर्नबाट वञ्चित रहे । असक्षम प्रशासनले गर्दा वैदिक सनातन धर्मावलम्बीहरुमा असन्तुष्टि र रोषको भावना व्याप्त भएको छ यसको असन्तुष्टि निकट भविष्यमा बाहिर देखा पर्ने सम्भावना रहेकोले नेपाल सरकार गृह मन्त्रालयले स्थानीय प्रशासनको जिम्मेवारलाई दण्डित गर्नुपर्ने जरुरी रहेको देखिन्छ ।