– मनोज कुमार कौशल
नेपालगञ्ज । अयोध्याधाममा राम मन्दिरको उद्घाटन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट हुने भएकोले यसको खुशियालीमा नेपालगञ्ज नगर बेहुली झैं सिंगारिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज उद्घाटन गर्न लागेको राम मन्दिर परम्परागत नागर शैलीमा बनेको छ । मन्दिरको लम्बाई पूर्व पश्चिम ३८० फिट, चौडाई २५० फिट र उचाई १६१ फिट रहेको छ । ३ तले मन्दिर प्रत्येक तलाको उचाई २० फिट, कुल ३९२ स्तम्भ, ४४ वटा ढोका, भुतल गर्भगृह, भगवान श्रीराम बाल स्वरुप (श्रीराम लला) को विग्रह, पहिलो तल्ला गर्भगृह श्री राम दरबार, कुल ५ वटा मण्डप नृत्य मण्डप, रंग मण्डप, गुड मण्डप, प्रार्थना मण्डप, किर्तन मण्डप, स्तम्भ र पर्खालहरुमा देवी देउता र नर्तकहरुका मूर्तिहरु कुँदिएका छन् । पूर्वबाट ३२ पाइला उचाई (१६०५ फिट) चढेर सिंहद्वारबाट प्रवेश हुनेछ । अशक्त वृद्ध र वृद्धाहरुका लागि ¥याम्प र लिफट्हरुको व्यवस्था गरिएको छ । चारैतिर गोलाकार पर्खा र (आकारको) लम्बाई ७३२ मिटर, चौडाई ४.२५ मिटर, पर्खालको ४ वटै कुनामा ४ वटा मन्दिर भगवान सुर्य, शंकर, गणपति, देवी भगवती र पर्खालको दक्षिणी भागमा हनुमान मन्दिर र उत्तरतर्फ अन्नपूर्ण माताको मन्दिर स्थापित रहेको छ मन्दिरको दक्षिणभागमा रहेको पौराणिक सीताकूप, मन्दिर परिसरमा नै महर्षि बाल्मीकी, महर्षि वशिष्ठ, महर्षि विश्वामित्र, महर्षि अगस्त्य, निषादराज, माता शबरी र देवी अहिल्याको प्रस्तावित मन्दिर रहेको छ । दक्षिण पश्चिमी भागमा रहेको नवरत्न कुबेर डाँडामा अवस्थित शिव मन्दिरको जीर्णाेद्धार र रामभक्त जटायु राजको प्रतिमा स्थापितरहेको छ । आज पौष शुक्ल द्वादशी ८ गते रहेको छ यस दिन नयाँ मन्दिरको भूतलको गर्भगृहमा भगवान श्रीरामको बाल स्वरुपको नयाँ प्रतिमाको प्राण प्रतिष्ठा हुनेछ । यसै गर्भ गृहमा पुरानो बाल स्वरुपको मूति पनि स्थापित गरिनेछ आज विश्वको वैदिक सनातनी हिन्दु अयोध्याधाममा पुग्ने भएकोले रामभक्तहरुले भजन किर्तन गर्ने छन् यसको दृश्य टेलिभिजन वा पर्दा एलइडीबाट अयोध्याधाम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमको सोझो प्रसारण विभिन्न संचार माध्यमबाट हुनेछ ।
दिउँसो १२ बजेर ३७ मिनेटदेखि प्राण प्रतिष्ठा कार्यक्रमको आरम्भ हुनेछ । यस दिन सम्पूर्ण विश्वका वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले घर घरमा झिलीमिली बत्तीबाली दिपावली गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैमा यथाशक्ति अनुसार दिपावली गर्ने र अन्यहरुलाई कमसेकम ५ वटा दियो अवश्य बाल्ने आग्रह गरेका छन् । प्रम मोदीले प्राणप्रतिष्ठाको लागि ११ दिनदेखि निराहार उपवास राखेका छन् र भुइँमा सुत्ने कार्य गरेका छन् । नेपालगञ्जमा राम मन्दिर उद्घाटन हुने हर्षाेल्लासको क्षणमा नगर बेहुलीझैं सिंगारिएको छ त्रिभुवनचोक आकर्षक ढंगले सजाइएको छ भने यस दिन बागेश्वरी मन्दिरबाट मर्यादा पुरुषोत्तम भगवान श्रीरामको भव्य प्रतिमा जुलुसको साथ निकाल्ने कार्यक्रम रहेको छ । यसको लागि बागेश्वरी मन्दिरदेखि त्रिवेणीमोड, सदरलाईन, पूर्वलाईनसम्म आकर्षक झिलीमिली विद्युतीय झालर लगाइएको छ । त्रिभुवनचोकलाई आकर्षक ढंगले सजाइएको छ यस जुलुसमा आतिसबाजी गर्ने पनि कार्यक्रम रहेको छ । भगवान रामको जन्मभूमि अयोध्यामा निर्माण भई रहेको मन्दिर ५ सय वर्षको संघर्षबाट बनेको हो । रामजन्म भूमिको लागि भएको संघर्षमा १ लाख ९७ हजार भन्दा बढी वैदिक सनातनीहरुले प्राण गुमाएको इतिहास छ । राम जन्मभूमिलाई बाबर नामका बादशाहले आफ्नो सेनापति मिर बाकीबाट भत्काउन लगाएका थिए । यस मन्दिरको लागि सबैभन्दा पहिले सिख पंथका निहंग फकीर सिंहले संघर्ष शुरु गरेका थिए त्यसपछि सिख समुदायका गुरु गोविन्द सिंह र गुरु तेग बहादुर सिंहले संघर्ष गरेको पाइन्छ । सन् १९९० मा कारसेवकमाथि तत्काली मुख्यमन्त्री मुलायम सिंह यादवले गोली चलाउन लगाउँदा सैयौं कारसेवकहरुको रगतले पावन सरयु नदीको जल रातो भएको थियो । सन् १९९२ मा कारसेवकहरुले सो मस्जिद कलंकको प्रतिक रहेको भन्दै भत्काएका थिए । १९९० सालमा २ जना कोठारी बन्धुले शहादत प्राप्त गरेका थिए भने सन् १९९२ साल ढाँचा भत्किँदा भारतीय जनता पार्टीबाट मुख्यमन्त्री बनेका कल्याणसिंहले राजीनामा दिएका थिए ढाँचा भत्किन लाग्दा मुख्यमन्त्री कल्याण सिंहलाई कारसेवकमाथि गोली चलाउन काँग्रेस, समाजवादी पार्टी लगायत विपक्षी दलले दबाव दिँदा पनि उनीले गोली चाउने आदेश दिएनन् बरु आफ्नो सरकारको बलिदानी दिएका थिए । रामजन्मभूमिको आन्दोलनमा हिन्दु हृदय सम्राट स्व. बालासाहेब ठाकरेद्वारा निर्देशित शिवसैनिकहरुले ढाँचा भत्काएका थिए । स्व. ठाकरेले यो कार्य आफ्नो शिवसैनिकहरुले गरेकोले यसको माथि गर्व गर्छु भनेका थिए । नेपालगञ्जमा शुक्रवार हडियाबाबा मन्दिरबाट शोभा जुलुस नगरपरिक्रमा गरेको छ । मन्दिरमा राम मन्दिर उद्घाटन कार्यक्रमको अवसरमा महर्षि बाल्मीकी रामायणको पाठको आयोजना भएको छ । त्यस्तै नेगउमनपा ७ नं. वडाको राम जानकी मन्दिरमा आज अखण्ड रामायण पाठ र प्रसाद वितरण हुनेछ । यस्तो विविध कार्यक्रम बाँकेको नरैनापुर लगायत विभिन्न स्थामा आयोजित भइ रहेको छ । राम मन्दिर उद्घाटन कार्यक्रममा भाग लिन अयोध्याधामतर्फ नेपालगञ्जका २ जना रामभक्त बुधवार दिन नै पैदल त्यतातर्फ प्रस्थान गरेका छन् ।