नेपालगञ्ज । वैदिक सनातन धर्मावलम्बीहरु आज विश्वभरी आफ्नो महान पर्व दीपावली मनाउँदै छन् ।
दीपावली मनाएपछि भाईटीका बुधवार दिन मनाइने भएको छ । मर्यादा पुरुषोत्तम भगवान श्रीराम आफ्नो १४ वर्ष वनवास पुरा गरी जब आफ्नो देश अयोध्या फिर्ता भए त्यस समय अयोध्याका जनताले उहाँको स्वागत गर्दै दीपावली मनाएको वृतान्त रामायण ग्रन्थमा उल्लेख रहेको पाइन्छ । आफ्नो १४ वर्षको वनवासकालमा महाबली रावण लगायत तमाम राक्षसहरुको वद्य गरी भगवान श्री रामले शान्ति समृद्धि स्थापना गर्नु भएको थियो त्रेता युगमा दीपावली र भगवान श्रीराम जन्मिनु भन्दाअघि यो पर्व दीपाली नामले मनाउँदै आएको समेत उल्लेख रहेकोले यो पर्व करीब ८ लाख वर्ष भन्दा अघिदेखि मनाइँदै आएको प्रष्ट हुन्छ ।
यस वर्ष यहाँ नेपालगञ्जमा दीपावली पर्व हर्षाेल्लासपूर्वक मनाउने भए पनि केही निराशाको क्षण पनि व्याप्त रहेको देखिन्छ । केही समयदेखि देश आर्थिक मन्दीबाट जुधी रहेको छ यस आर्थिक मन्दीको मार नेपालगञ्जमा पनि परेको छ । विगत वर्षहरुमा बडादशैं, दीपावली र छठ पर्वसम्म राम्रो व्यापार व्यवसाय हुने गथ्र्याे जसको कारण नेपालगञ्ज मुख्य बजारको रुपमा स्थापित रहेको थियो तर नेपाल राष्ट्र बैंकको अदूरदर्शीताको कारण बैंकहरुको चर्काे ब्याज र नेपालगञ्ज भन्सार कार्यालयले भारतबाट ल्याइएको सर सामानमा अव्यवहारिक ढंगले भन्सार राजस्व असुली गरी रहेकोले यहाँको बजार सुक्दै गइरहेको छ । सीमावर्ती भारतीय बजार रुपैडिहामा विभिन्न मालसामान अति सस्तो मूल्यमा बिक्री हुने गरेको छ तर त्यहि मालसामान यहाँ दोब्बर तेब्बर मूल्यमा बिक्री हुने गरेकोले अधिकांश नेपाली उपभोक्ता रुपैडिहाबाट मालसामान किनमेल गर्न रुचाउँछन् । यस कारण अहिलेको चाडपर्वमा रुपैडिहामा विभिन्न मालसामान किनमेल गर्नेहरुको घुइँचो छ यता नेपालगञ्जमा बजार सजिए पनि ग्राहक भने छैनन् ।
आर्थिक मन्दीको कारण नेपालगञ्जको विभिन्न शटर कवलहरु केही महिनाअघिदेखि बन्द भएका छन् । केहीहरु बाध्यतावश पसल संचालन गरेका छन् तर ग्राहक भने पटक्कै छैनन् । नेपालगञ्जको त्रिभुवन चोक सदरलाईनमा दीपावलीमा बजार लागेको छ तडक भडक धेरै रहेपनि बिक्री भने अति नै न्यून छ जसको कारण व्यापारी वर्गमा निराशा व्याप्त रहेको पाइन्छ । दीपावली पर्व नजिकिन लाग्दा सीमामा पटाखा ल्याउन कडाई गर्ने गरिन्छ । यस कारण यहाँ लुकिछिपी ढंगले पटाखा सर्वसाधारणहरु भारतबाट किनमेल गरेर यहाँ ल्याउने गर्छन् वैदिक सनातन धर्मावलम्बी हरुमा पटाखा जलाउँदा थोरै वायू प्रदूषण अवश्य हुन्छ तर त्यस पटाखाबाट विभिन्न किरा फट्यांग्राहरु नष्ट हुने गर्छन् तर वायू प्रदूषणको अनावश्यक हल्ला चलाइन्छ जसको कारण दीपावली जस्तो चाड फितलो बन्दै गएको छ । यस दीपावली पर्वमा चाइनामा बनेको इलेक्टिक रंगबिरंगी झालर निकै नै बिक्री भएको छ । त्यस्तै चाइनामा नै बनेको लक्ष्मी गणेशको प्रतिमा बजार लिएको छ । चाइनामा बनेको गणेश, लक्ष्मी, कुबेर जस्तो प्रतिमा पुजा आराधना गर्ने प्रकारको छैन किनकी सो प्रतिमा पेरिस अफ प्लाष्टर लगायतले बनेको हुन्छ । वैदिक सनातन धर्ममा दीपावली पर्वमा माटोले बनेको प्रतिमाको पूजा गर्ने प्रावधान छ तर चाइनीज प्रतिमाको मूल्य अति नै सस्तो रहेकोले नजानेर अधिकांशहरु चाइनीज गणेश, लक्ष्मी, कुबेरको प्रतिमा किनमेल गरी रहेकोले चाइनाले एक किसिमले वैदिक सनातन धर्मावलम्बीको यस दीपावली पर्वमा अतिक्रमण गरेको छ । यस्तो प्रतिमाको बहिष्कार अब वैदिक सनातन धर्मावलम्बीहरुले सचेतना र जागरुकता फैलाई गर्न सक्छन् । अहिले सुनको मूल्य आकाशिएकोले सुनचाँदी पसलेहरु हालबेहाल रहेको देखिन्छन् । रुपैहिमा विभिन्न कपडा, लुगालत्ता अति सस्तो मूल्यमा बिक्री हुने गरेकोले त्यहाँ कपडा किनमेल गर्ने ग्राहकहरुको घुइँचो छ यहाँ कपडा पसलहरुमा पनि ग्राहक कमै रहेको देखिन्छन् । दीपावली पर्वमा स्टील, पित्तल, तामा लगायतको भाँडाकुडा अधिकांश किनमेल गर्ने गरिन्छ नेपालमा उत्पादन भएको भाँडाकुडा भारतमा उत्पादन भएको भाँडाकुडाको तुलनामा महँगो छ यस कारण कमसल खाले भारतीय भाँडाकुडा अधिकांशहरुले किनमेल गरी रहेकोले यहाँ भाँडाकुडा कमै बिक्री भएको देखिएको छ । नेपालगञ्जमा सुकेका विभिन्न मेवाहरु सस्तो मूल्यमा उपलब्ध छ तर सो सुकेको मेवा पनि उल्लेख्य रुपमा यहाँ बिक्री भइ रहेको छैन । यसरी नेपालगञ्जको बजार एक प्रकारले पूर्ण रुपले सुकी सकेको छ । गलत नीतिको कारण रुपैडिहा बजार मौलाउँदै गएको छ तर नेपालगञ्जको बजार सुक्दै गई रहेको छ । यही स्थिति अझै केही दिनसम्म कायम रही रहने हो भने बाँकी बचेका विभिन्न पसल बन्द हुन बेर लाग्दैन । त्यसो पनि नेपालगञ्जका तमाम व्यापारी रुपैडिहातर्फ आ–आफ्नो पसल सञ्चालन गरी सकेका छन् । रुपैडिहाबाट विभिन्न खाद्यान्न सामाग्री धमाधम भित्री रहेका छन् भन्सारबाट क्यारिंग नियन्त्रण भइ रहेको हल्ला फिजाइएको छ यो हल्लाको फाइदा त्यहाँ प्रहरी र भन्सार कर्मचारीहरुलाई प्राप्त भइ रहेको छ । आफूहरु निकै खटिएको देखाउन पैसा नपाएकाहरुलाई रोकी उनीले भारतबाट किनमेल गरी ल्याएको भारतीय तेल नष्ट गर्ने प्रहरीले नाटकबाजी दिनहुँ गरी रहेको देखिएको छ ।