शुक्रवार राती ११ः४८ बजे गएको भूकम्पको त्रासदी नेपालमा छाएको छ । २०७२ सालमा गोरखा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले काठमाडौं, दोलखामा ठूलो धनजनको क्षति गरेको थियो अहिले भूकम्पले जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर ६.४ म्याग्निच्यूटको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा धनजनको क्षति भएको छ । अहिलेसम्म १५९ जना भन्दा बढी व्यक्तिको यस भूकम्पमा मृत्यु भएको छ र सैयौं जना घाइते बनेका छन् भू–गर्भविद्हरुले जाजरकोटमा अहिले गएको भूकम्प मध्यम प्रकारको रहेको छ आगामी समय यो भन्दा ठूलो भूकम्प जाने अनुमान रहेकोले आगामी समय नेपालको पश्चिमी क्षेत्रमा अझ ठूलो हानी नोक्सानी हुने खतरा रहेको छ ।
२०७२ सालमा भूकम्प जाँदा सम्पूर्ण देश शोकमा डुबेको थियो । अहिले त्यसै प्रकारको स्थिति छ । जाजरकोटलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पको धक्का नेपालगञ्जमा पनि महसुस गरियो तर यहाँ अप्रिय घटना नघटेको पाइन्छ । शुक्रवार राती भूकम्प जाँदा सर्वत्र डर त्रास फैलिएको थियो । भूकम्पको धक्का महसुस हुँदै्र नै सर्वसाधारण आतंकित भएर सडकमा निस्किएका थिए । अहिले पनि यहाँ भूकम्पको डर त्रास जनमानसमा छ । नेपालगञ्ज उमनपामा तमाम घरहरु जर्जर र जिर्णशीर्ण अवस्थामा छन् आगामी समय ठूलो भुइँचालो गए यहाँ पनि ठूलो धनजनको क्षति हुने अनुमान छ । नेपालगञ्ज उमनपामा निर्माण भइरहेका घर भवनहरु भूकम्प रोधी छैनन् । मनोमानी ढंगले यहाँ घर भवनहरु निर्माण भइरहेका छन् । यस्तै अवस्था रही रह्यो भने भूकम्पले यहाँ पनि ठूलो क्षति पु¥याउन सक्छ भूकम्पबाट जीर्णशीर्ण कमजोर घर भवन थोरै झर्काले धरासाई बन्ने गर्छन् जसमा दबेर अधिकांशहरुको मृत्यु हुने गर्छ । यस कारण अब उमनपाले भूकम्पबाट कम क्षति पुगोस् यसको लागि नयाँ रणनीति बनाउनु जरुरी छ । भूकम्पले घर भवनलाई क्षति अवश्य नै पु¥याउँछ तर भूकम्प जाँदा सर्वसाधारणले सो भूकम्पबाट बच्न के कति सावधानी अपनाउने यसबारे बुझ्नुपर्ने जरुरी छ । यसको लागि नागरिकमा भूकम्पको जोखिमबाट बच्न सावधानी अपनाउने कुराको जानकारी गराउनु जरुरी छ । अहिले भूकम्पले जाजरकोट र रुकुमपश्चिमलाई नराम्रो ढंगले प्रभावित पारेको छ ।
भूकम्पबाट घाइते भएका– हरुको उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण संस्थान र कोहलपुर अस्पतालमा उपचार गर्ने कार्य भइ रहेको छ । यस समय उनी भूकम्प पीडितहरुलाई राहत पु¥याउने जिम्मेवारी नेपालगञ्जवासीको पनि हो । यस कारण पीडितहरुलाई राहत पु¥याउन सबै लाग्नुपर्ने जरुरी छ । नेपालको पश्चिमी क्षेत्रमा यो भूकम्प भन्दा ठूलो भूकम्प जाने भू–गर्भविद्हरुको अनुमान रहेकोले अब भूकम्पको जोखिमबाट सबै सचेत र सावधान बन्नु जरुरी छ ।