नेपालगञ्ज । ‘जनताको साथ र समर्थन प्राप्त भए २०८४ को चुनाव पहिले नै नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापना हुनेछ’, उक्त कुरा राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष कमल थापाले भनेका हुन् ।
शनिवार दिन राप्रपा नेपाल बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने, शुक्रवारराती ११ः४८ मा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएकोले यो आमसभा स्थगित गरि त्यसको सट्टामा आज श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेका छौं । देश अहिले ठूलो जोखिममा छ ।
विदेशीको हस्तक्षेप बढेकोले देशको धर्म, संस्कृति खतरामा पुगेको छ यसलाई बचाउन देशलाई एउटा अभिभावकको आवश्यकता छ । राजसंस्थाको पुनस्र्थापना गरी अभिभावक राख्ने पक्षमा हामी छौं । हाम्रो उद्देश्य देशमा निरंकुश तन्त्र ल्याउने होइन बरु प्रजातान्त्रिक परिवेशको राजसंस्थाको स्थापना गर्नु हो । यसको लागि ठूलो जनआन्दोलन चलाउनुपर्ने जरुरी भई सकेको छ । अब सरकार परिवर्तन गर्ने होइन बरु व्यवस्था नै परिवर्तन गर्ने हो । अब नयाँ व्यवस्थामा वैदिक सनातन राष्ट्रको स्थापना र राजा सहितको प्रजातन्त्र स्थापना गर्नेछौं । देश अहिले अभिभावक विहीन छ यस कारण युरोपियन देशहरु नेपालको धर्म संस्कृति नष्ट पार्न सक्रिय भएका छन् । केही दिन अघि युरोपियन देशको इशारामा केहीहरुले धरानमा गौवंश काटेर त्यसको मासु सामुहिक रुपले खाएर विजय उत्सव मनाए यो कार्य उनीले देशको ९४ प्रतिशत हिन्दु जनमानसलाई गिज्याउन गरेका हुन् । अल्पसंख्यक समुदायले यो बुझ्न जरुरी छ कि बहुसंख्यक समुदायलाई अपहेलित पारेर उनीको भलो हुँदैन बरु अहित नै उनीको हुनेछ । यस कारण सबै समुदाय मिलेर बस्नु पर्छ केही दिनअघि सर्लाहीमा भगवान श्रीकृष्ण जन्माष्टी पर्वमा हिन्दु जनले जुलुस निकाल्दा सो जुलुसमाथि ढुंगा बर्साइयो यस समय ढुंगा बर्साउनेहरुमाथि कुनै कारवाही भएन बरु मन्दिरमा भजन किर्तन गरी रहेका भक्तजनमाथि प्रहरीले लठ्ठी बर्साइ पीडित पा¥यो यसरी अहिले यस व्यवस्थामा बहुसंख्यक हिन्दुहरुमाथि प्रताडना दिइने कार्य शुरु भएको छ ।

नेपाली मुस्लिमहरु पनि हिन्दु राष्ट्रको पक्षमा छन् । राजसंस्था रहँदा मुस्लिम समुदाय धेरै नै सुरक्षित थिए । देश वैदिक सनातन राष्ट्र बन्यो भने यसमा सबै धर्म समुदायका व्यक्तिसँग समान ढंगको व्यवहार हुनेछ । यस कारण वैदिक सनातन राष्ट्र पुनस्र्थापनाको लागि सबै नै लाग्नुपर्ने जरुरी भएको छ ।
देशमा भ्रष्टाचार बढेको जिकिर गर्दै उनले भने, जनआन्दोलन भाग–२ को सफलतापछि बनेको विभिन्न सरकारले हदैसम्मको भ्ष्टाचार गरेका छन् । हिजो यी नेताहरु कुन स्थितिमा थिए आज उनीको कस्तो स्थिति छ । देशमा कुन्टलौं कुन्टल सुन तस्करी, बालुवाटार जमिन प्रकरण जस्तो भ्रष्टाचार भएको छ ।
देशको आर्थिक अवस्था बिग्रेको छ । यहाँ बेरोजगारी बढेको छ जसको कारण ४० लाखभन्दा बढी युवा रोजगार खोज्दै विदेशमा पलायन गरेका छन् । देशको अवस्था सुधार्न व्यवस्था परिवर्तन आवश्यक भएको छ ।’
देशको अवस्था सुधार्न व्यवस्था परिवर्तन आवश्यक छ भन्दै उनले विगतमा हामीबाट पनि गल्ती भएको होला त्यो गल्ती सुधार्ने छौं । हामीबाट गल्ती भएको होला तर देशसँग गद्दारी गरेका छैनौं ।
राप्रपासँग आग्रह गर्दै अध्यक्ष थापाले भने, ‘कुर्सी र सत्ताको लोभमा नपर्नु होला हामी दुवैको उद्देश्य र लक्ष्य एउटै छ यस कारण वैदिक सनातन राष्ट्र र राजसंस्थालाई ल्याउन मिलेर काम गरौं ।’
सो श्रद्धाञ्जली कार्यक्रम राप्रपा नेपालका जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंहको अध्यक्षतामा भएको थियो जसमा राप्रपा नेपालका के. सहमहामन्त्री रमेश अर्याल र शिवसेना नेपालका जिल्ला अध्यक्ष किशोर लामाको सहभागिता रहेको देखियो ।