– मनोज कुमार कौशल
नेपालगञ्ज । हालसम्म कोरोना भाइरसबाट सम्पूर्ण विश्व त्राहिमाम बनेको थियो यस महामारीबाट सम्पूर्ण विश्वको अर्थतन्त्र धरासाई बन्न पुगेको थियो ।
कोरोना भाइरसको कारण विश्वमा करोडौं व्यक्तिको मृत्यु भएको थियो यसको अतिरिक्त अनगिनतहरु बेरोजगार बने, कलकारखाना, उद्योग व्यवसाय प्रभावित बनेको थियो ।
आगामी माघ–फागुनको आसेपासेमा डिजिज एक्स नामको भाइरसको महामारी कोरोना भन्दा ७ गुना खतरनाक छ यो भाइरस मानिसमा छिट्टै सर्छ जसबाट व्यक्तिको तुरुन्तै मृत्यु हुन सक्ने कुरा विश्व स्वास्थ्य संगठनका ग्लोबल हेल्थ एक्सपर्टहरुले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठनको दावी अनुसार यसलाई सामान्य रुपले लिनु हुन्न कुनै बेला पनि सम्पूर्ण विश्वमा फैलिन सक्छ यो स्पेनिस फ्लु जस्तै नै छ । छिटो मानिसमा सर्छ । यसबाट अहिलेदेखि नै आतंकित बन्नु हुँदैन तर सचेत र सजग बन्नु चाहिँ जरुरी छ ।