– रमेश चन्द्र कुमाल
नेपालगञ्ज । देशमा राष्ट्रिय जनावर गाई काट्ने र धर्मान्तरण कार्य चरममा पुगेपछि देशलाई बचाउन आन्दोलनको आँधीबेरी नै ल्याइएको छ । अहिले नेपालगञ्ज, चितवन, काठमाडौं, इटहरी, वीरगञ्ज, विराटनगर सहित कैयन जिल्लाहरुमा गौवंशको हत्यामाथि पूर्ण प्रतिबन्ध, हिन्दु राष्ट्र पुनस्र्थापना र संवैधानिक राजतन्त्रको स्थापनाको समर्थनमा आन्दोलन चली रहेको छ । यो आन्दोलन यति तिव्र छ कि नरुक्ने अवस्थामा छ ।
अहिले आन्दोलनकारीहरु अन्तिम लडाई चलाउने मन्सायमा पुगी सकेका छन् । आन्दोलन देशभरी नै तिव्र रुपले चलि रहेतापनि मिडिया कभरिंग भने कम छ यस कारण यस आन्दोलनबारे देशको केही भागका नागरिक अनभिज्ञ छन् । सामाजिक सञ्जालबाट सम्प्रेषित समाचारको आधारमा यो आन्दोलन शनैः शनै देशभरी नै फैली रहेको छ । देशका ८५ प्रतिशत राष्ट्रवादी नेपाली जनता यसको पक्षमा उत्रेको देखिन्छन् । तर राजतन्त्रलाई कुन कुन मित्र राष्ट्रले समर्थन गर्नेछन् यसबारे अडकल लगाउन असजिलो छ । नेपाल सेनाको यसमा कुन निर्णायक भूमिका रहन्छ यसबारे खुलासा नभई रहेकोले देशमा हिन्दु राष्ट्रको पुनस्र्थापना हुन्छ कि हुँदैन यस कुरामा अन्यौलता अझैसम्म व्याप्त रहेको देखिन्छ । व्यवस्था परिवर्तन गर्दा मित्र राष्ट्रको समर्थनको आवश्यकता पर्छ । विशेषकर नेपालको २ वटा शक्तिशाली छिमेकी देश छन् चीन र अर्काे भारत केही महिनादेखि अमेरिकी सहयोग परियोजना एमसीसीले नेपालमा खुट्टा टेकेको छ । यस एमसीसीको आडमा अमेरिका यी २ छिमेकी देशमाथि आफ्नो निगरानी बढाउने प्रयास अवश्य नै गर्नेछ । नेपालमा एमसीसीको सक्रियता बढेसँगै त्यसले चीनको कब्जामा रहेको तिब्बतमाथि आफ्नो हस्तक्षेप बढाउने छ यो कुराले चीन सशंकित बन्न पुगेको छ ।
बढ्दो खतरालाई देख्दै चीनले पनि यहाँ आफ्नो सक्रियता बढाएको देखिन्छ । अहिले नेपालमा चीनका सैन्य अधिकारीहरुको कैयन पटक भ्रमण भएको छ । एमसीसीको सक्रियता बढेपछि नेपालमा बसोबास गरी रहेका केही विदेशी धर्म मान्नेहरु सल्बलाउन थालेका छन् । अमेरिकालाई बल दिन यहाँ धर्मान्तरण कार्य चरम रुपले अघि बढाइएको छ र गाई गोरु काट्ने कार्य समेत अघि बढाइएको छ । यस्तै स्थिति रही रहने हो भने आगामी समय भारतमा पनि विदेशी धर्म मान्नेहरु ठूलो उत्पात मचाउन सक्ने र भारत टुक्राउन उनीले प्रयास गर्नेछन् । भारतको उत्तरप्रदेश सरकारको नेपाललाई हिन्दु राष्ट्र बनाउने र संवैधानिक राजतन्त्रको स्थापना गर्ने त्यसको स्पष्ट नीति छ । तर यसप्रति केन्द्र सरकारको नीति चाहिँ ढुलमुल छ ।
यसको कारण भारतमा शरण लिइएका दलाई लामा हुन् । केन्द्र सरकार तिब्बतको स्वतन्त्रताको पक्षमा छ यस कारण त्यो अमेरिकाको पिछलग्गु भई कार्य गरी रहेको छ । नेपाल अहिले बडो संकटको स्थितिबाट गुज्री रहेको छ । यहाँ विदेशी हस्तक्षेप बढेको छ जसबाट देशको स्वाधीनता, एकता, अखण्डता र समाकि सौहार्दपन बिग्रिने खतरा बढी रहेको छ । यही कारण हो देशको अस्तित्व जोगाउन राष्ट्रवादी शक्तिहरु देशमा आन्दोलनको आँधीबेरी ल्याउने प्रयासमा छन् । आन्दोलनको कारण सरकारको चुलो हल्लेको छ । अब कुनै समय परिवर्तन हुने संकेत मिल्न थालेको छ । यसको लागि आन्दोलन केही कडा खालको चलाउने तयारी समेत रहेको बुझिएको छ । यस आन्दोलनको परिणाम बुझ्न अझै केही समय कुर्नुपर्छ ।