बिद्रोही
गणतान्त्रिक परिवेशमा आएको यो देश अहिले विषम परिस्थितिबाट गुज्रिँदैछ । एउटा उखान छ, १०० वर्षपछि नदी फर्केर पुनः आफ्नो उद्गम स्थलतर्फ फर्किन्छ । नेपालमा हरेक २० वर्षभित्र व्यवस्था परिवर्तन हुने गरेको इतिहास छ । गणतन्त्र आएको अहिले १८–१९ वर्ष मात्र भएको छ । यस गणतन्त्रमा विभिन्न समयमा बनेको सरकारले देश र जनतालाई हदैसम्म लुटे जसको कारण अब यस गणतन्त्रप्रति जनताको वितृष्णा बढेको छ केही वर्षभित्र भएको भ्रष्टाचार जसमा कुन्टलौं सुन तस्करी, बालुवाटार, ललिता निवास प्रकरण जस्तो ठूलो घटना घटेको छ । निर्मला पन्तको हत्याले देशमा भुइँचालो नै ल्याएको थियो । अब धरानमा विदेशी रकम खाने डलरेहरुले सामुहिक रुपमा गाई काटेर भोज गरेको, खुलेआम ख्रिष्टियन धर्मको प्रचार प्रसार र धर्मान्तरण, धरानमा नै श्रीगोपाल मन्दिर सामुन्ने अवैध ढंगले चर्चको निर्माण भएकोले देशका राष्ट्रवादी शक्ति आक्रोशित बनेका छन् जसको कारण देशभर हिन्दु राष्ट्र पुनस्र्थापना, संवैधानिक राजतन्त्र र गाई काट्ने विरुद्ध ठूलो विरोध हुन थालेको छ । व्यवस्था परिवर्तन गर्ने यो आँधीबेरी रुक्ने जस्तो देखिँदैन चितवनमा हिन्दुवादी शक्ति र राजधानीमा राप्रपा र राप्रपा नेपालले आयोजित गरेको विरोध प्रदर्शनमा लाखौं–लाख नेपाली जनताको सहभागिता रहेको देखिन्छ । विशेषकर हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि हिन्दुवादी शक्तिले चलाएको आन्दोलनले तिव्रता पाएको छ केही हप्ता अघि एक जना हिन्दु सन्तले हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि हामी आवश्यकता परे भारतको दशौं हजार नागा साधु सन्तलाई भित्र्याएर सत्ता परिवर्तन गर्नेछौं । हामी विश्वमा छरिएर रहेका हिन्दुको पनि सहयोग लिनेछौं यस्तो अभिव्यक्ति दिँदा विदेशी धर्म मान्नेहरु यस अभिव्यक्तिको कडा शब्दमा निन्दा र विरोध गरेका छन् । सो हिन्दु सन्तको अभिव्यक्ति सान्दर्भिक छ किनकी अहिलेसम्म देशमा सत्ता परिवर्तन युरोपियन देशको इशारामा भएको पाइन्छ । सो युरोपियन देशहरुले नेपालको प्राचीन धर्म, संस्कृति र सभ्यता मेटाउन डलरको खोलो यहाँ बगाएका छन् जसको कारण धर्मान्तरणको ओइरो नै लागेको छ । पैसा पाउँदै तमामले आफ्नो पुरानो धर्म छाडी विदेशी धर्म अंगीकार गरी रहेका छन् । कोही हिन्दु धर्म छाडेर अन्य धर्ममा प्रवेश गर्छ भने यसबाट वैदिक सनातन धर्म हिन्दु धर्मलाई कुनै फरक पर्दैन तर एउटा शत्रु अवश्य नै पैदा हुन्छ यो चाहिँ चिन्ताको विषय हो । नेपालमा केहीहरु दशकौंदेखि लुकीछिपी ढंगले गाई गोरु काटी त्यसको मासु खाँदै आएका थिए तर अहिले धरानमा खुलेआम गोरु काटी त्यसको मासु सामुहिक रुपमा खाएको भिडियो सामाजिक सञ्जालबाट सम्प्रेषित भएको देखिन्छ । यस्तो कार्य उनीले युरोपियन देशको ईशारामा वैदिक सनातन धर्मावलम्बी– हरुलाई गिज्याउन निमित्त गरेका हुन् उनीले यस्तो सन्देश दिइ हामीहरुको संख्या यहाँ बढेको छ छिट्टै नै आफ्नो छुट्टै राज्यको स्थापना गर्न तत्पर छौं भनि सन्देश दिएका छन् । विदेशी धर्मावलम्बीहरुको राज्य कब्जा गर्ने अभियान नेपालसम्म सीमित छैन बरु उनीले छिमेकी देश भारतको दार्जिलिंग लगायतमा अहिले आन्दोलन चलाएका छन् । आगामी समय त्यहाँ उनी आफ्नो धार्मिक लैण्ड स्थापना गर्ने प्रयास गर्नेछन् यता नेपालमा उनी आफ्नो जातीय पहिचान सहितको प्रदेश स्थापना गर्ने माग अघि सारेका छन् पछि उनीको सत्तामा पकड भएपछि आफ्नो धार्मिक लैण्डको माग एक दिन अवश्य नै गर्नेछन् । विदेशी धर्म मान्नेहरु धेरै चलाख र बाठा छन् उनीले नेपालको केही जातिलाई उचालेर गाई गोरु काट्न लगाएका हुन् । यसमा गहिरिएर देख्ने हो भने पाइन्छ कि गाई गोरु काट्ने वृत्तान्त उनीको धार्मिक ग्रन्थमा उल्लेख रहेको पाइँदैन । विदेशी धर्म मान्नेहरुले सो जातिलाई बदनाम पार्न यस्तो फोहोरी खेल खेलेका हुन् अहिले जुन जातिलाई उनीले गाई गोरु खाई रहेको रहेको भनि बदनाम गरी रहेका थिए त्यही जातिकाहरुले हामी गाई गोरु खाँदैनौं गाई राष्ट्रिय जनावर हो यसको सम्मान गर्छाैं भन्न शुरु गरेकोले विदेशी धर्म मान्नेहरुको पोल आफै नै खुल्न थालेको छ । देश अहिले अत्यन्त विषम परिस्थितिबाट गुज्री रहेको छ । नेपाल सरकारले धरानमा गोरु काटिँदै नै त्यसको दोषीहरुलाई पक्राउ गरी कडा दण्ड सजायँ दिलाउने कार्य गथ्र्याे भने सामाजिक सौहार्द बिग्रिन पाउँदैनथ्यो । यही स्थिति अझै केही दिन कायम रह्यो भने देशमा ठूलो दुर्घटना घट्ने प्रबल सम्भावना छ । यस कारण राष्ट्रवादी नेपाली जनता अहिले नै विदेशी देशहरुको षडयन्त्रबाट जोगिन सचेत र सावधान बन्नु जरुरी छ । देशलाई जोगाउन अहिले हिन्दु राष्ट्र पुनस्र्थापना, संवैधानिक राजतन्त्रको आवश्यकता भएको छ । यस कारण सत्ता परिवर्तन अहिले अपरिहार्य बनेको छ । षडयन्त्रकारीहरु आफ्नो दुनो सोझ्याउन युरोपियन देशहरुको सहयोग लिइन पाउने । भारतको विधर्मी नेतालाई यहाँ सत्ता कब्जा गर्ने र वैदिक सनातन धर्म नष्ट पार्ने अभियान चलाउँदा सही हुने । त्यहीं हिन्दु सन्तले विश्वको हिन्दुहरुको समर्थन लिइने अभिव्यक्ति दिँदा नै अनर्गल हो हल्ला गर्ने कुरा लाई गलत ठह¥याउने कार्य अहिले भइ रहेको छ जुनकि एकदम गलत छ । वैदिक सनातनीको मूल मन्त्र हो बसुधैव कुटुम्बक अर्थात विश्व एक परिवार हो यस कारण सम्पूर्ण विश्वमा छरिएर बसेका वैदिक सनातनीहरुसँग सहयोगको माग किन सो सन्तले किन नगर्न पाउने त ? विदेशी सहयोगको विरोध हुन्छ भने यहाँ विदेशी दार्शनिक र विदेशी नेताको नीति अनुसार राजनीतिक दल किन सञ्चालित छन् त ? सबै बन्द हुनु आवश्यक छ र यहाँ विदेशी राष्ट्रबाट कत्तिको डलर भित्रि रहेको छ सो सहयोग रकम के कार्यमा खर्च भईरहेको छ यस्तो कार्यमाथि कडा निगरानी राख्नु अहिले जरुरी भएको छ । यस्तो विदेशी रकम देशमा भित्रिन नदिन कडा पाइला चाल्नु पर्छ तर यस्तो कार्य यो व्यवस्थामा हुन सक्दैन यस कारया अब व्यवस्था नै परिर्वतन हुनु आवश्यक छ । हिन्दु धर्म भारतको धर्म हो नेपालको यो धर्म होइन यसको यहाँबाट अन्त हुनुपर्छ यस्तो कुरा विदेशी धर्म मान्नेहरुले सर्वत्र फैलाई रहेका छन् । अहिले त अति नै भएको छ भर्खरै नेपालको शब्द कोषबाट ओम शब्द हटाउने नै तयारी भइ रहेको छ । उनीहरु अबुझ छन् । वैदिक सनातन धर्मको ४ वटा वेद ग्रन्थको रचना यही देशमा भएको थियो ओमकार शब्दको उच्चारण सर्वप्रथम यही देशमा आएको थियो । भगवान शिव यही देशका थिए उहाँलाई किराँतेश्वर महादेव भनि सम्पूर्ण ओमकार परिवार आराधना गर्छन् । अहिले विदेशी धर्म मान्नेहरुले ओमकार परिवारमा फाटो ल्याई आफ्नो दुनो सोझ्याउने प्रयास गरेका छन् यस कारण जातपात, छुवाछुत, ऊँचनीच, तल्लो उपल्लोको भावना त्याग गरी सम्पूर्ण ओमकार परिवार एक भई यस संकटको मिलेर सामना गर्नुपर्छ । अन्यथा सम्पूर्ण विश्वबाट खेदिँदै ओमकार परिवार अहिले नेपाल, भारत, भुटान, कम्बोडिया, जापान, म्यान्मार लगायतसम्म सीमित भएको छ यहाँबाट खेदिए ओमकार परिवार कुन देशमा शरण लिइने हुन् यसबारे अहिले नै चिन्तन मनन गर्ने बेला आएको छ ।