अमन अन्सारी
नेपालगञ्ज असाेज-५। इस्लाम धर्मका प्रवर्तक हजरत माेहम्मद सल्लललाहाेअलैहीवसल्लमकाे जन्म जयन्ती "जन्माेत्सव" (माेहम्मद-डे) कार्यक्रम असाेज ११ गते विहिवार परेकाेले फैजुन्नबी जामा मस्जिद तथा ईदगाह सञ्चालक समितिका उपाध्यक्ष अल्फाद सिद्दीकीले जिल्ला प्रशासन कार्यालय बाँकेमा जुलुसकाे समय र जुलुस निकालिने सडकहरुकाे बारेमा आधिकारिक जानकारी गराएका छन् ।
माेहम्मद-डे र गणेश चतुर्थी (गणेश मूर्ति विसर्जन) कार्यक्रम असाेज ११ गते विहिवार एकैदिन परेकाेले फैजुन्नबी जामा मस्जिद तथा ईदगाह सञ्चालक समितिका उपाध्यक्ष अल्फाद सिद्दीकीले जिल्ला प्रशासन कार्यालय बाँकेमा जुलुस सम्बन्धि आधिकारिक जानकारी गराएका छन् ।
बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई बुझाईएकाे जानकारी पत्रमा 'गणेश चतुर्थी' (गणेश मूर्ति) विसर्जन र 'माेहम्मद डे' काे जुलुसका कार्यक्रम परम्परागत तरिकाले हर्षाेल्लासका साथ शान्तिपूर्ण तरिकाले मनाउने भनिएकाे छ । साथै, 'माेहम्मद डे'काे जुलुस कार्यक्रमहरु बिहान ७ बजेबाट शुरु गरि दिउँसाे २ बजेसम्म सम्पन्न गर्ने जनाईएकाे छ ।
सामाजिक सद्भाव समितिका संयाेजक दीपक लाेधकाे नेतृत्वमा गएका टाेलीमा जामा मस्जिदका काेषाध्यक्ष नफिस अन्सारी, समाजसेवी हाशिम सिद्दीकी र माेहम्मद आरिफ अन्सारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी असाेज ४ गते गणेश चतुर्थीकाे मूर्ति विसर्जन कार्यक्रममा बारेमा गणेश पुजा समितिका अध्यक्षहरुले वडा प्रहरी कार्यालय नेपालगञ्जमा मूर्ति विसर्जन कार्यक्रमकाे समय र जुलुस निकालिने रुटकाे बारेमा जानकारी गराएका थिए ।