– मनोज कुमार कौशल
नेपालगञ्ज । हिन्दु नारीहरुको महान पर्व कजरी तीज र हरितालिका तीज आज देशभर हर्षाेल्लासका साथ मनाइँदैछ ।
आइतवार राति दर खाएर आज तीजको व्रत बस्ने र शिव–पार्वतीको पूजा गरेपछि नाचगान गरेर कजरी तीज र हरितालिका तीज मनाउन लागिएको हो ।
हिन्दु नारीहरूले महादेवको पूजा आराधना गरी यो पर्व मनाउने गर्छन् । यस दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । आदिकालदेखि कजरी तीज र हरितालिका तीज पर्व वैदिक संस्कृति मान्नेहरुले मनाउँदै आएका छन् । यो पर्व केही शताब्दीदेखि होइन बरु आदिकालदेखि मनाइँदै आएको कुरा ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ । यो पर्व भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म ४ दिनसम्म मनाउने प्रचलन छ ।
हरितालिका तीज पर्व माता पार्वतीसँग जोडिएको छ भने कजरी पर्व भगवान शिव र पार्वती दुवैसँग जोडिएको छ । नेपाली संस्कृतिमा हरितालिका तीजको व्रत राखे यसबाट सुख, समृद्धि पाउने र मनोवाञ्छित वरको प्राप्ति हुने रहेकोले युवतीहरु राम्रो जीवन साथी पाउन यो व्रत राख्ने गर्छिन् । भविष्य पुराणमा यस पर्वलाई हरितालिका तीज भनि उल्लेख रहेको छ । माता पार्वतीको बिहे भगवान विष्णुसँग हुन लागेकोमा उनीसँग विवाह नहोस् बरु भगवान शिवसँग होस् यस्तो चाहना माता पार्वतीले राखेकाले उनीका सखीहरुले उनलाई हरण गरेर जंगलमा लुकाएको हुनाले यस पर्वलाई हरितालिका भनिएको हो । माता पार्वती आर्यमूलको हुनु हुन्थ्यो भने भगवान शिव अनार्य रहेको समेत उल्लेख पाइन्छ । यसरी शिव पार्वतीको मिलनको क्षणलाई हरितालिका तीज पर्व भनि मनाउन शुरु गरिएको हो हरितालिका तीज नेपालमा मनाइन्छ भने नेपालको तराई क्षेत्रमा यसलाई कजली वा कजरी तीज भनि मनाइने गरिन्छ । यी दुवै पर्वको उद्देश्य एउटै छ तर हरितालिका तीज र कजरी तीज व्रत मनाउने परम्परा छुट्टा–छुट्टै प्रकारको छ हरितालिका तीज पर्व मनाउने श्रद्धालुहरु दर खाने परम्परा निर्वाह गर्दै हप्तौं दिनसम्म स्वादिलो भोजन ग्रहण गर्ने र नाचगान गरी रमाउने परम्परा छ । कजरी तीज व्रत मनाउनेहरु यस पावन अवसरमा माछा, मासु, मदिराको सेवन गर्दैनन् बरु यस अवसरमा शुद्ध, सात्विक आचार विचारहरु राख्छन् ।
अपामार्गले दाँत माझ्ने, व्रतमा पानीसम्मको सेवन गर्दैनन पुरै समय शिव र पार्वतीको उपासनामा व्यतीत गर्छन् । यसरी यो पर्व उपासनाको हो । शुद्ध सात्विक ढंगले उपासना गरे यसबाट विभिन्न मनोकामना पूरा हुने मान्यता रहेको छ ।