नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन भदौं २ गते दिन हुने निश्चित भएको छ । निर्वाचनको समय तिथि जति जति नजिकिँदै छ दुई वटा प्यानलको चुनावी प्रचार प्रसार पनि तिव्र गतिमा बढेको देखिन्छ । संघको निर्वाचनमा अहिले २ वटा प्यानल जसमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट ललित कुमार रौनियार र समावेशी प्यानलबाट टंकबहादुर धामीको उम्मेदवारी रहेको छ । नेपालका उद्योगी व्यापारी अहिले आर्थिक मन्दीको मारमा रहेका छन् । उद्योग व्यापार अहिले भताभुंग अवस्थामा छ । यस समय संघको वर्तमान कार्य समितिले आर्थिक मन्दी हटाउन आवश्यक पहलहरु गर्नुपथ्र्याे तर त्यसले त्यस्तो कार्य गरेर देखाउन सकेको छैन ।
अब नयाँ कार्य समिति चयनको लागि निर्वाचन हुने भएको छ । यस समय कुन प्यानललाई भोट दिए आफूहरुको भलो हुने यस कुरामा मतदाता उकुसमुकुसको स्थितिमा रहेको देखिन्छन् । ललित रौनियार विगतदेखि नै अति चर्चित र आँटिलो अनुहारका व्यक्ति रहेका छन् । टंकबहादुर धामी सोझो सरल स्वभावका व्यक्ति छन् । यसरी दुवैबीच प्रतिस्पर्धा रहेको देखिन्छ तर यहाँ मतदाता निर्णायक भूमिकामा छन् । उनी चर्चित र आँटिलो स्वभावका रौनियारलाई विजयी बनाउने हुन् कि सोझो सरल स्वभावका टंकबहादुर धामीलाई यो देख्नु चाहिँ बाँकी छ । संघको निर्वाचन अति नै नजिकिएको छ । यस समय संघको मतदाताले यो ध्यान पु¥याउनु आवश्यक छ कि कुन उम्मेदवार आफ्नो हक हितको लागि काम गर्न सक्छ । यसबीच संघका एक जना व्यापारी नेताले विगत समय सर्वसाधारणले भारतबाट सरसामान लिएर आउँछ भने त्यस्तोलाई भन्सार अगाडि लाइनमा लगाई बेइज्जत गर्ने र एक सय मूल्यको सरसामानमा कडाई साथ भन्सार असुली गर्नुपर्छ भनेका थिए उनीको यो माग अहिले भन्सार कार्यालयले पूरा गर्दै अहिले एक सयको सरसामानमा कडाईका साथ भन्सार शुल्क असुली गरी रहेको छ । यसको मारमा प्रत्यक्ष रुपले गरीब वर्गका व्यक्ति परेका छन् । सीमापारी भारतबाट सस्तो मूल्यमा सरसामान किनमेल गरेर ल्याउन गरीब जनताको रहर होइन बरु बाध्यता हो । नेपालगञ्जमा कुनै सामानको मूल्यमा एकरुपता छैन । एउटा सामान विभिन्न पसलमा फरक फरक मूल्यमा बिक्री हुने गर्छ । अहिले जमुनहा नाकामा रुपैडिहाबाट सरसामान किनमेल गरेर ल्याउँदा तमाम झन्झट झेल्नुपर्छ यस कारण यहाँका व्यापारी मनोमानी ढंगले उच्च मूल्यमा आआफ्नो सरसामान बिक्री गरी रहेका छन् । संघले सरसामनको मूल्यमा एकरुपता ल्याउने कुनै प्रयास गरेको छैन । अहिले जति जति यहाँ महँगी बढेको छ सर्वसाधारणको असन्तुष्टि संघप्रति बढ्दै गएको छ किनकि यसबाट कालोबजारी गर्ने बेइमान व्यापारीको फाइदा अधिक रहेको छ । संघको निर्वाचनमा एक सय मूल्यमा भन्सार राजस्व असुली गर्नुपर्ने माग गर्ने प्यानललाई यसको हानी नोक्सानी अवश्य नै झेल्नुपर्नेछ किनकि यहाँ सबै व्यापारी अधिक मुनाफाखोर छैनन् बरु कतिपय इमान्दार पनि छन् । मतदाताले मतदान गर्दा एक पटक एक सय मूल्यमा भन्सार राजस्व असुली गर्ने त्यस्ता प्यानलतर्फ दूरदृष्टि पु¥याउनु जरुरी रहेको छ । भन्सारमा जति कडाई गरिएको छ यसको फाइदा इमान्दार व्यापारीलाई मिलेको छैन आज पनि बजारको स्थिति विगत जस्तै नै छ भन्सारमा कडाई गराएर कुनै फाइदा मिलेको देखिँदैन बरु यसको फाइदा प्रहरी र भन्सार कर्मचारीलाई मिलेको देखिन्छ । भन्सारमा कडाई गरिएपछि तस्करी कार्य ह्वात्तै बढेको देखिन्छ तर एउटा कुरा छ यसबाट दशौं हजार व्यक्ति बेरोजगार बन्न पुगेका छन् क्यारिंगबाट जति देशलाई नोक्सानी हुन्छ सो भन्दा बढी नोक्सानी तस्करीको कारण हुने गर्छ यो कुरा सबैले नै जाने बुझेको कुरा हो । अहिले भन्सारमा कडाई गरिएपछि केही व्यापारीको मालसामान तस्करीबाट भित्रिन थालेको छ । यो तस्करी सेटिंगबाट मौलाएको हो । यस कारण मौकापरस्त त्यस्ता प्यानललाई यस निर्वाचनमा नसीहत दिनुपर्ने जरुरी छ । मतदाताले कुन व्यापारी नेताले आफ्नो नीजि फाइदाको लागि कुन प्यानललाई आफ्नो समर्थन दिएको छ यसतर्फ ध्यान पु¥याउनु पर्ने जरुरी छ । अहिलेसम्म संघ ठूलाबडा उद्योगी व्यापारीको हक हितमा कार्य गर्दै आएको छ साना व्यापारीमाथि आपद विपद पर्दा संघले राहत पु¥याउने कुनै कार्य गरेको छैन । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा साना लगानी लगाई कारोबार गर्ने मतदाता अधिक छन् उनी साना लगानीका व्यापारीहरुले निर्णायक मत दिई आफ्नो हक हितमा कार्य गर्न सक्षम उम्मेदवारलाई भोट दिई जिताउन सफल भए यसको फाइदा पाउन सक्छन् । यस्तो कार्य उनीले गर्न सकेनन् भने आर्थिक मन्दी अरु झेल्नुपर्नेछ । नेपालगञ्जको बजार सुक्दै गई रहेको छ यसलाई बचाउन भन्सारमा कडाई गर्दा हुँदैन बरु स्वस्थ व्यवसायिक प्रतिस्पर्धालाई अघि बढाउनु पर्छ यसको लागि सर सामानको भन्सार राजस्व मूल्य घटाउने र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिलाई सुधार्न कडा दबाव दिनु जरुरी छ । यस्तो दबाव दिन सक्ने जुझारु प्रवृत्तिका उम्मेदवार को हुन् यसबारे मतदाताले अहिले बुझ्नु जरुरी छ । विगतमा व्यापारी राजस्व कार्यालयको रोजिन्दाको छापामारी कार्यबाट त्रस्त थिए सो समयको कार्यकाल थियो अच्युत प्रसाई, सतीश कुमार अग्रवाल र दामोदर आचार्य जस्ता नेतृत्वको उनीहरुले राजस्व कार्यालयलाई कडा दबाव दिई उद्योगी व्यापारीलाई रोजिन्दाको छापामारी कार्यबाट उन्मुक्ति दिलाएको कुरा स्मरणीय रहेको छ यस कारण अब संघको नेतृत्वमा त्यस्तै छविका व्यक्तिको आवश्यकता छ । यस्तो कार्य कुन उम्मेदवारले गरेर देखाउन सक्छ मतदाताले विचार पु¥याउनु पर्ने कुरा हो । संघको गतिविधि अहिले शून्य स्थितिमा छ संघलाई जीवन्ता प्रदान गर्नुपर्ने आवश्यक छ । संघ कमजोर भयो भने साना लगानीका उद्योगी व्यापारी आर्थिक मारमा पर्नेछन् र तस्कर माफिया व्यापारीहरु यसबाट फाइदा उठाउँदै रहनेछन् ।