– मनोज कुमार कौशल
नेपालगञ्ज÷नेपालगञ्ज उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी भदौ २ गते हुने निर्वाचन अन्तर्गत साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह तथा समावेशी प्यानलले बिहीवार आ–आफ्ना उम्मेदवारहरुको घोषणा गरेका छन् ।
नेपालगञ्जस्थित मेजेष्टिक पार्टी प्यालेसमा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले ललित रौनियारको नेतृत्वमा उम्मेदवारहरुको घोषणा गरेको छ भने समावेशी प्यानलले सिद्धार्थ कटेजमा टंकबहादुर धामीको नेतृत्वमा उम्मेदवार घोषणा गरेको छ ।
यसपछि शुक्रवार साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह तथा समावेशी प्यानलले नेपालगञ्ज उद्योग वाणिज्य संघमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
केही पदमा स्वतन्त्र उम्मेदवारी पनि परेको छ । शुक्रबार बिहानदेखि सुरु हुने उम्मेदवारी दर्ता कार्यक्रमका लागि पहिले आउनेको पहिले उम्मेदवारी दर्ता गर्ने व्यवस्था भएकाले साझा प्रजातान्त्रिक प्यानलको टोली बिहानैदेखि नेपालगञ्ज उद्योग वाणिज्य संघको कार्यालय अगाडि बसेको थियो ।
अध्यक्ष पदमा ललितकुमार रौनियारको टोलीले बिहान ११ बजेर १५ मिनेटमा मनोनयन दर्ता गरेको थियो । प्यानलबाट उपाध्यक्ष (बाणिज्य) विष्णुप्रसाद श्रेष्ठ, मोहम्मद सफिक बेहना
(उद्योग) र करिश्मा योगी उपाध्यक्ष महिला, महासचिवमा टंकप्रसाद शर्मा, उपमहासचिव पदका टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीले उम्मेदवारी दर्ता गराएका छन् ।
सदस्य पदमा सुनील भण्डारी, शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल, पदम श्रेष्ठ, कैफुलवरा जोलाह, अतुलकुमार गुप्ता, बलबहादुर बिष्ट, एशोसियट सदस्य प्रदीपकुमार गुप्ता र पुरुषोतम अग्रवालले दर्ता गराए ।
यसैगरी समावेशी प्यानलले भने दिउँसो नेपालगञ्जकोे न्यूरोडस्थित सचिवालयबाट ¥याली निकालेर त्रिभुवन चोकस्थित नेपालगञ्ज उद्योग वाणिज्य संघको कार्यालय पुगेर उम्मेदवार दर्ता गराएको थियो ।
समावेशी प्यानलबाट अध्यक्षमा टंकबहादुर धामी, चिरञ्जीवी ओली उपाध्यक्ष (उद्योग), हरिलाल न्यौपाने उपाध्यक्ष (बाणिज्य), मन्दिरा पाण्डे उपाध्यक्ष (महिला), भीमबहादुर रानाभाट महासचिव, मदनराज शर्मा उपमहासचिव र सलाउद्दिन जसगढले कोषाध्यक्ष पदमा उम्मेदवारी दिए । सदस्य पदमा एक जना मात्र महिला समावेशी प्यानलले इन्दिराकुमारी शाहीको उम्मेदवारी दर्ता गरेको छ ।
दुबै प्यानलबाट सदस्यमा उम्मेदवार बन्ने शाही एक मात्र महिला हुन् । समावेशी प्यानलले तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर बिके, सुदन केसी, शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, टीकामणि उपाध्याय, डम्बरबहादुर चन्द, जमालुद्दिन अन्सारी, कमल कार्की (एशोसियट), राजीव तलंगा सदस्य (एशोसियट), फणाधर भण्डारी सदस्य (वस्तुगत) र रंगबहादुर खड्का सदस्य
(वस्तुगत)बाट उम्मेदवारी दर्ता गरेकाछन् ।
यसैगरी स्वतन्त्रमा अध्यक्ष पदमा रचना श्रेष्ठ, उपाध्यक्ष (उद्योग)मा दीपेन्द्रकुमार जोशी, उपाध्यक्ष (बाणिज्य)मा ईश्वरकुमार श्रेष्ठ, सदस्य एशोसियटमा संजयकुमार अग्रवाल, विजयकुमार अधिकारी, उत्तमकुमार गुप्ता, नन्दाराम जैसी र सुनिलकुमार बनियाको पनि उम्मेदवारी परेको संघको निर्वाचन आयुक्तको कार्यालयले जनाएको छ ।