नेपालगञ्ज अहिले अपराधको मुख्य थलो बन्न पुगेको छ । अहिले यहाँ तस्करीको अपराध निकै नै मौलाएको छ यस्तो तस्करीमा लागु औषध, विभिन्न सर– सामान, सुनचाँदी लगायतसम्म छ । गत हप्ता जमुनहा नाकाबाट स्रोत नखुलेको २० लाख रुपियाँ सहित १ जनालाई पक्राउ गरिएको थियो । २० लाख रुपियाँ सक्कली रहेको थियो कि नक्कली यसबारे जानकारी बाहिरिएको छैन । एक जानकारी अनुसार अहिले यहाँ १ हजार र ५०० मूल्यको नक्कली नेपाली रुपियाँ भित्री रहेको छ । यस्ता नक्कली रुपियाँ अब बजारमा देखा पर्न थालेको छ ।
नेपालगञ्जमा अब लागु औषधको कारोबार पनि मौलाउन थालेको छ जसको कारण चोरी, लुटपाट जस्ता घटनामा वृद्धि भएको छ । गत महिना नेपालगञ्जको मुटु मानिने त्रिभुवन चोक सदरलाईनको एक पसलमा केहीहरुले लुटपाट गर्ने प्रयास गरेका थिए । जबदेखि जमुनहा नाकामा सरसामान ल्याउन कडाई गरिएको छ । तबदेखि अपराधहरु मौलाउन थालेको छ । यसरी बुझ्न सकिन्छ कि बेरोजगारीको कारण विभिन्न अपराधहरु बढेको हो । सानोतिनो कम मूल्यको सरसामान ल्याउन कडाई गरिएकोले नै अहिले तस्करी कार्य चरममा छ जसबाट भन्सार कर्मचारी र प्रहरीलाई कमाउने मौका मिलेको छ । नेपालगञ्ज नगर यसअघि आर्थिक मन्दीको कारण त्रस्त थियो । अहिले सीमामा कडाई गरिएपछि महँगी बढेको छ । सीमामा कडाई हुने बित्तिकै यहाँका व्यापारीहरुले आ–आफ्नो सरसामान दोब्बर तेब्बर मूल्यमा बिक्री गर्न थालेका छन् । यसरी कालोबजारी अहिले एउटा ठूलो अपराध बन्न पुगेको छ । सम्बन्धितले सीमाबाट विभिन्न दैनिक उपभोग्य सामाग्री वस्तु ल्याउनमा कडाई गरे तर कालोबजारी नियन्त्रणको लागि कुनै पाईला नचालेकोले नेपालगञ्जवासीलाई महँगीको मार झेल्नु परी रहेको छ । यस कारण अपराध मात्र सीमामा नियन्त्रण गर्ने होइन नगरमा फैली रहेको कालोबजारीको अपराध पनि नियन्त्रण गर्न सक्नु पर्छ । अहिले विभिन्न पसलमा एउटै वस्तु फरक–फरक मूल्यमा बिक्री भई रहेको छ जसबाट महँगी चाहिँ बढी रहेको छ यस्तो महँगी रोक्नुपर्ने नितान्त जरुरी रहेको देखिन्छ । यस्तै प्रकारको ब्रम्हलूट हुँदै रह्यो भने महँगीको मारमा परेका गरीब वर्गका व्यक्तिलाई लूटपाटको बाटो रोज्न बाध्य हुनु पर्नेछ । श्रावण महिनाको शुरुवात हुँदै नै विभिन्न चाडपर्वको पनि शुरुवात हुन्छ यस्तो चाडपर्वमा दैनिक उपभोग्य सामाग्रीको खपत बढ्ने गर्छ । यस समय अधिक नाफा कमाउन हौसिएका व्यापारी सरसामानको मूल्य दोब्बर तेब्बरले बढाउने गरेका छन् । यस कारण चाडपर्वमा सस्तो र सुपथ मूल्यमा सरसामान सर्वसाधारणले खरीद गर्न पाउन् यसको लागि सम्बन्धितहरुले अहिलेदेखि नै पहल गर्न शुरु गर्नु जरुरी छ । यसो गरिएन भने अपराध निश्चित नै बढ्ने सम्भावना रहेको देखिन्छ ।