– मनोज कुमार कौशल
नेपालगञ्ज । ‘वर्षायामको समाप्तिपछि हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि कडाखालको आन्दोलन चलाइनेछ’ उक्त कुरा सांसद डा. धवल शम्शेर राणाले भनेका छन् ।
शनिवार दिन कसौंधन वैश्य समाजले नेपालगञ्जमा आयोजना गरेको १६औं साधारणसभामा प्रमुख अतिथिको रुपमा डा. धवल शम्शेर राणालाई निम्तो दिइएको थियो । सो साधारणसभामा बोल्दै डा. राणाले भने, जनआन्दोलन भाग–२ मा हिन्दु राष्ट्र समाप्त पार्ने एजेन्डा थिएन तर जनआन्दोलन भाग–२ पछि बनेको सरकारले विदेशी राष्ट्रहरुको दबावमा देशलाई हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष बनाए व्यवहारमा आज पनि निरपेक्षता छैन तर संविधानमा धर्मनिरपेक्षता छ । यो देशमा ८५ प्रतिशत भन्दा बढी हिन्दु छन् उनीको माग देशलाई हिन्दु राष्ट्र घोषणा गराउने छ ।
जनमत संग्रह गरियो भने हिन्दु राष्ट्रको पुनस्र्थापना हुन्छ–हुँदैन भने वर्षायामको समाप्तिपछि आफ्नो पार्टीले कडाखालको आन्दोलन चलाएर धर्म निरपेक्षता समाप्त गराई हिन्दु राष्ट्रको पुनस्र्थापना गर्नेछ भन्दै उनले नेपालगञ्जमा रहेको हिन्दु शम्शान भूमिमा मृतकहरुको अन्तिम संस्कार गर्न आगामी समय कठिनाई पैदा हुनेछ यसको कारण हो अब काठको अभाव हुन थालेको छ कठिनाई पैदा नहोस् यसको लागि शम्शान भूमिमा विद्युत शवदाह गृहको स्थापना हुनु पर्छ । कसौंधन वैश्य समाजले विद्युत शवदाह गृह स्थापनाको लागि माग उठाउँछ भने म यसको लागि पहल गर्न तयार छु भने ।
बोल्ने क्रममा उनले भने, कसौंधन वैश्य समाज सामाजिक सेवा कार्यमा अग्रणी भई कार्य गर्दै आएको छ यस समाजबाट प्रख्यात समाजसेवी स्व. मोहनलाल वैश्य जस्ता व्यक्ति भए उनले निस्वार्थ भावले आजन्म सामाजिक सेवा कार्य गरे यस्ता व्यक्तित्वको नाममा चोक निर्माणको लागि म नेगउमनपाको मेयर हुँदा स्व. वैश्यको प्रतिमा सहितको चोक वडा नं. ८ मा स्थापित गर्ने निर्णय गरेको थिएँ । कसौंधन वैश्य समाजले यसमाथि कार्य गर्न नसकेकोले अहिलेसम्म स्व. वैश्यको नाममा चोक निर्माण हुन सकेको छैन । समाजले यो कार्य अघि बढाए आफ्नो १ महिनाको तलब यस कार्यमा लगाउने कुरा राखे ।
कसौंधन वैश्य समाजको यस १६औं अधिवेशनमा सीमापारी भारतीय क्षेत्र रुपैडिहाबाट सांसद उमाशंकर वैश्य विशिष्ट अतिथि रहेका थिए । अधिवेशनमा समाजका महासचिव सत्यनारायण वैश्यले कसौंधन वैश्य समाजको प्रगति प्रतिवेदन र गतिविधिहरु बुँदागत रुपमा पढेर सुनाएका थिए ।
सो कार्यक्रम समाजका अध्यक्ष नन्दलाल वैश्यको सभापतित्वमा सम्पन्न भएको हो । आगामी केही दिनपछि समाजको नयाँ कार्य समितिको चयनको लागि निर्वाचन हुने छ । कसौंधन वैश्य समाजको आगामी समय हुने निर्वाचनमा नन्दलाल वैश्यको समर्थनमा रामकुमार वैश्य उम्मेदवार रहने प्रबल सम्भावना रहेको छ । त्यस्तै अध्यक्ष पदका लागि सन्तोष वैश्यको उम्मेदवार पर्ने पनि सम्भावना रहेको छ ।
कसौंधन वैश्य समाज बढी आयु रहेका व्यक्तिको असक्षम नेतृत्वको कारण पछाडि रहेको छ यस कारण यसपालि यो समाजले युवालाई अध्यक्ष बनाउने सोच बनाएको देखिन्छ ।