वैदिक सनातन धर्ममा श्रावण महिनालाई अति पावन र पवित्र मानिएको छ । वर्षायामको यस महिनाबाट वैदिक सनातन धर्मावलम्बी हरुको विभिन्न ठूलो चाडपर्व नजिकिन शुरु हुन्छ । श्रावण महिनालाई अति पावन र पवित्र मानिएकोले वैदिक सनातन धर्मावलम्बीहरु यस महिनामा माछा, मासु, अण्डा, रक्सी लगायत तामसी खाद्य वस्तुको त्याग गर्ने गर्छन् । वैदिक सनातन धर्म विज्ञानमा आधारित रहेकोले यसको चाड पर्वहरु विभिन्न सकारात्मक सन्देश दिँदै आएका छन् । श्रावण महिनामा मासुको सेवन यस कारणले त्याग गर्ने गरिन्छ कि वर्षायाममा धेरैजसो पशु संक्रामक रोगले ग्रस्त रहने गर्छन् जसमा जनावरको खुट्टा, मुख पाक्ने, पेटमा विभिन्न संक्रमण हुने गर्छ यस समय त्यो पशुको मासु खाए जनावरको मासुबाट मान्छेमा पनि संक्रामक रोग सर्ने डर हुन्छ यस कारणले श्रावण महिना र भदौं महिनासम्म मासुको त्याग गर्ने गरिन्छ । श्रावण महिनामा नै वैदिक सनातन धर्मावलम्बीहरु आफ्नो आराध्य देव भगवान शिवलाई जल अर्पण गर्न काँवड यात्रा शुरु गर्छन् । यस महिनामा सम्पूर्ण क्षेत्र बोल बमको नाराले गुञ्जायमान हुने गर्छ ।
वैदिक सनातन धर्मको विभिन्न चाड पर्वको यो विशेषता छ कि यस्ता चाड पर्वमा पशुसँगको काटमार हुने गर्दैन सम्पूर्ण वैदिक स्थान स्वच्छ र पवित्र हुन्छ पशुपंक्षीको हत्या गरिएको दृश्य कहिं देखा पर्दैन अन्य धर्महरुमा यसको विपरीत क्रियाकलापहरु हुन्छ । पशुको क्रन्दनले सम्पूर्ण स्थान दूषित हुने गर्छ । भन्ने गरिन्छ वातावरण दूषित भए शान्तिको कल्पना कहिले पनि गर्न सकिँदैन अहिले श्रावण महिनाको शुभारम्भ भएकोले कैयन युरोपियन देश श्रावण महिनामा पर्ने रक्षा बन्धन, नागपञ्चमी जस्तो पर्व मनाउने तयारी थालिएको छ । गुरु पूर्णिमा पर्वदेखि श्रावण महिनाको शुरुआत भएको छ । वैदिक सनातनीहरु आफ्नो प्रत्येक महिनामा शुद्धता र पवित्रता होस् यो कुरा मध्येनजर गरी हरेक १५ दिनमा एउटा एकादशीको दिन स्थापित राखेका छन् । १५ दिनमा पर्ने यस एकादशीमा निराहार व्रत बस्ने केहीहरु चामलसम्म नखाने मात्र फलाहार गरी व्रख राख्ने गर्छन् । नेपालमा पंचायत कालमा एकादशीको दिन जनावरको काटमार गर्न प्रतिबन्ध थियो तर दशकौंदेखि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आडमा एकादशीको दिन जनावर काट्न नदिइने परम्परा नष्ट भएको छ । वैदिक सनातन धर्म प्रकृतिको उपासना गर्ने धर्म हो यस कारण यस धर्ममा गाई, ढुंगा, पत्थर, रुखबिरुवा, चराचुरुंगी, जल, वायु, सुर्य, चन्द्रमा सबैको उपासना गर्ने गरिन्छ । यहाँसम्म कि सर्पसम्मको पुजा गर्ने परम्परा छ । जीवन जिउनको लागि मानव र पशुसम्मलाई अक्सिजनको आवश्यकता पर्छ हामी कार्बनडाइअक्साइड फाल्छौं र अक्सिजन ग्रहण गर्छाैं वड, पिपल यस्तो रुख हो जसले सबै भन्दा बढी कार्बन डाइअक्साइड सोस्छ यस कारण बड र पिपलको रुखमा देउताको वास हुन्छ यस्तो मान्यता स्थापित छ । देउताको वास यस रुखमा रहेकोले व्यक्ति यस रुखलाई काट्दैनन् । यसरी हामीलाई शुद्ध वायु प्राप्त हुन्छ शरीरलाई निरोगी राख्न, नीम, अमला जस्तो रुख रोप्ने कुरामा जोड दिइएको छ । वैदिक सनातन धर्म मानव र मानवताको लागि उपयोगी साबित रहेकोले अन्य धर्मावलम्बीहरु आआफ्नो धर्मको परित्याग गरी अब वैदिक सनातन धर्म अपनाउन थालेका छन् । आगामी समय सम्पूर्ण विश्वमा वैदिक सनातन धर्मको प्रादुर्भाव बढ्दै गयो भने त्यो दिन टाढा छैन जब सम्पूर्ण विश्वमा सदाको लागि शान्ति स्थापित हुन्छ तर त्यो देख्न अझ लामो समय कुर्नु पर्छ किनकी विश्वको अधिकांश देशमा आसुरी धर्म स्थापित छ । सो धर्म कहिले चाहँदैन कि सर्वत्र शान्तिको वातावरण बनोस् यही कारणले उनी धर्महरु अबोध पशुको देउताको नामले काट्दै आएका छन् जुनकि एकदमै गलत हो । देउताले कहिले पनि अबोध अनबोल पशुको हत्या गर्न आदेश दिएका छैनन् । जनावरको हत्या गर्न त शैतानले उक्साएको हो यस कारण जनावरको मासु खाने कसैको बानी छ भने पनि जनावर काट्ने पापको भागी आफू बन्नुपर्छ जनावर काट्ने दोषी देवी, देउता, ईश्वरलाई बनाउनु हुँदैन । श्रावण महिनाको अवधिमा जनावरसँगको काटमार हुँदैन यस कारण अब अन्य धर्मावलम्बीहरुले गहिरिएर सोच्ने बेला आएको छ कि सबै शान्तिको वातावरणमा बस्ने कि अशान्तिको वातावरणमा शान्तिको चाहना सम्पूर्ण मानवले राखेका छन् भने सबैप्रति दयाभाव राख्ने वैदिक सनान धर्म अपनाऔं र यस सम्पूर्ण भूभागलाई पुनः एक पटक आर्यावर्त राष्ट्र बनाउनेतर्फ लागौं । श्रावण महिना सबैको लागि मंगलकारी बनोस् यही कामनाका साथ सम्पूर्ण पाठक वर्गको सुख, समृद्धि स्वास्थ्यको लागि आजको सामना साप्ताहिक कामना गर्दछ ।