मनोज कुमार कौशल
नेपालगञ्ज । नेपालगञ्ज उमनपामा छाडा रुपमा हिँडडुल गरी रहेका गाईलाई पक्राउ गरी लैजाने ग्यांग सक्रिय भएको छ ।
नेपालगञ्ज उमनपाभित्र केही दिनदेखि छाडा गाईहरु बेपत्ता हुन थालेका छन् । यसबारे प्राप्त जानकारी अनुसार नगरमा अहिले छाडा रुपमा हिँडी रहेका कलिला उमेरका ह्रष्टपुष्ट गाई पक्राउ गरी अज्ञात स्थानमा लग्ने गर्छन् यस्ता ग्यांगमा सक्रिय रहेको व्यक्तिले आफू सरकारी कार्यालयमा कार्यरत रहेको देखाउन कालो पाइन्ट र सेतो शर्ट लगाएको हुन्छ सो व्यक्तिको साथ केही महिला र युवा रहने गर्छन् । बाँके जिल्लाको केही ग्रामीण क्षेत्रमा गाई काट्ने अराध तिव्र रुपमा मौलाएको छ यस्तो गाई काट्ने अपराध प्रहरीको मिलेमतोमा भई रहेको आरोप समेत लाने गरेको छ तर प्रहरीले गाई काट्ने कार्यमाथि सक्रियता बढाएको छैन जसको कारण रौतहटपछि बाँके जिल्ला यस्तो स्थान हो जहाँ गाई काट्ने अपराध तिव्र रुपले बढेको छ । विश्वस्त सूत्रले जनाए अनुसार गाई काट्ने कारोबार एक राजनीतिक व्यक्तिको इशारामा बढेको छ । गाई काट्ने अपराधमा राजनीतिक व्यक्तिको संलिप्तता रहेकोले गौ वद्य गर्ने
अपराधीहरुलाई प्रहरीले पक्राउ गर्न चाही रहेको छैन जसको कारण गाई वद्य गर्ने अपराधीहरुको मनोबल बढेको छ । गाई हिन्दु आस्थाको पूज्य जनावर हो यसको अतिरिक्त गाई राष्ट्रिय जनावर पनि हो । देशमा आएको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आडमा गाई काट्ने अपराध निकै नै मौलाएको छ । अहिले गाईको वद्यको कारण हिन्दु जनमानसमा आक्रोश बढेकोले यसबाट कुनै पनि समयमा स्थिति विष्फोटक बन्ने सम्भावना छ । जसबाट तनाव बढ्ने पनि निश्चित छ । यस कारण अब सम्बन्धित निकायले गौ वद्य अपराध नियन्त्रण गर्न विशेष पहल गर्नुपर्ने आवश्यक रहेको देखिन्छ ।