नागरिकता सिफारिसमा वडादेखि जिल्ला प्रशासन कार्यालयसम्म घुस खाने ‘सेटिङ’
Thursday, July 13, 2023
0
नागरिकता सिफारिसमा वडादेखि जिल्ला प्रशासन कार्यालयसम्म घुस खाने ‘सेटिङ’: विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालको अहिलेको मुख्य एजेण्डा छ सुशासन र समृद्धि । उनको यो एजेण्डाअनुसार भ्रष्टाचारीहरुको फायल खोल्ने र कारबाही गर्ने प्रक्रिया पनि जारी छ । तर, यहाँ सरकारको गृहप्रशासनकै निकाय जिल्ला प्रशासन कार्यालयमा खुलेआम सेटिङबाट असुली धन्दा चलिरहेको छ ।
नयाँ नागरिकता ऐन लागू भएपछि जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानले अहिले नागरिकता लिइरहेका छन् । उनीहरुको दैनिक जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि लामो लाइन देखिन्छ ।
नागरिकता पाउन योग्यहरुलाई अझै पनि डर छ, फेरि नागरिकता नपाइने हो कि ? यही डर, त्रास र भीडको फाइदा उठाइरहेका छन् विचौलिया र कर्मचारीहरु । विराटनगर–१२ का मुकेश शर्मा (नाम परिवर्तन)को...