नेपालगञ्ज । ठूलो दाईबाट एकजना अहिले साह्रै नै पीडित बनेको कुरा जानकारीमा आएको छ ।
नेगंउमनपा वडा नं. २२ बस्ने स्व. भग्गन गोडियाको छोरा स्व. राम प्रसाद गोडियाको नाती राजेन्द्र गोडिया अहिले आफ्नै ठूलो दाजु दुखीराम गोडियाबाट पीडित रहेको देखिन्छन् ।
केही वर्षअघि पारीवारिक अंशबण्डा भई दुवै दाजु भाईले एक आपसमा अंशबण्डा गरी सम्पत्ति बाँडफाँड गरी छुट्टा छुट्टै रुपमा बस्दै आएका थिए । अंशबण्डा हुँदा दाई दुखीराम गोडियाले भारत तहसील नानपाराको १५ कठ्ठा जग्गा भाई राजेन्द्र गोडियासँग लुकाई छिपाई गरी नेगंउमनपा ६ नं. वडामा बस्ने बिन्द्रा गोडियाको छोरा खेलावन गोडियालाई नक्कली भाई बनाई सो जमीन ५ लाखको दरले ७५०००००।– नेरुमा बिक्री गरेको हुँदा अहिले भाई राजेन्द्र गोडियाले आफ्नो दाई दुखीराममाथि त्यहाँ एफआरआई गराएका छन् ।
पीडित राजेन्द्र गोडियाले आफ्नो बुवा भग्गन गोडिया रहेको र दुखीराम गोडिया दाई रहेको सबै सबुद प्रमाण पेश गरेकोले आगामी समय पीडक दाजु दुखीराम गोडियालाई कानूनी कारवाही हुन सक्ने सम्भावना रहेको छ । उक्त किर्ते कार्य साबित भए केही वर्ष पीडकलाई जेल सजायँ हुन सक्ने कुरा कानून व्यवसायीले बताएका छन् ।