भारत सरकारले आफ्नो यहाँ नयाँ बनेको संसद भवनमा अखण्ड भारतको सांस्कृतिक नक्सा लगाएपछि नेपालमा पनि बढी राष्ट्रवादी बन्ने होड चलेको छ । अहिले यस्तो स्थिति यहाँ बनेको छ जसले बढी भारतलाई गाली गर्छ त्यो सबै भन्दा ठूलो राष्ट्रवादी हो यस्तो भ्रान्ति अधिकांशहरुमा व्याप्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट मुर्रा भैंसी लिएर आउँदा उनी यहाँ साह्रै आलोचित बन्न पुगे तर काठमाडौं महानगरपलिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा लगाएपछि उनीको सबै तर्फबाट वाहवाही अहिले भई रहेको छ । उनीको देखा–देखी अहिले देशको प्रायः सबै वडा कार्यालयमा ग्रेटर नेपालको नक्सा लगाउन थालिएको छ । भन्ने गरिन्छ कि व्यक्तिले आफ्नो पद र हैसियतको अनुसार कार्य गर्नु पर्छ । भारतले आफ्नो नयाँ बनेको संसद भवनमा अखण्ड भारतको सांस्कृतिक नक्सा लगाएको छ भने नेपालले पनि त्यसको जवाफ स्वरुपमा ग्रेटर नेपालको नक्सा अवश्य नै लगाउनुपर्छ । नेपालमा पनि अब नयाँ संसद भवन निर्माण भएको छ यो संसद भवनको उद्घाटन छिट्टै हुनेवाला छ । ग्रेटर नेपालको नक्सा पनि नयाँ संसद भवनमा लगाइए ‘शठे शाठ्यम समाचरेत’ अर्थात जस्तालाई त्यस्तै प्रकारको जवाफको उक्ति चरितार्थ हुन्थ्यो तर नेपालमा चाहिँ दूरदर्शिताको साह्रै नै कमी छ । जुन ग्रेटर नेपालको नक्सा संसद भवनमा लाग्नु पथ्र्यो त्यो नक्सा बालेन्द्र साहको पछाडि लगाइएको छ । त्यसको देखादेखी अब मुलुकको विभिन्न नगरपालिकाको वार्ड अध्यक्षको कोठामा त्यस्तो नक्सा लगाउन थालिएको छ । यसबाट के बुझिन्छ भने यहाँ प्रधानमन्त्री भन्दा ठूला ओहदाका व्यक्ति मेयर भए । यहाँ पद प्रतिष्ठा हैसियतको कुनै गरिमा नै छैन कहिँ नभएको जात्रा हाडी गाउँमा हुने गर्छ । मेयर बालेन्द्र साहले काठमाडौं महानगर पालिकालाई कसरी स्वच्छ बनाउने यो सोच राख्नु पथ्र्याे तर कम समयमा बढी सस्तो लोकप्रियता कमाउन सकियोस् यो सोच राखी अन्तर्राष्ट्रिय मुद्दामा हाम फालेका छन् । मानौं ग्रेटर नेपालको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठाउने सफलता मिल्यो भने यसको नेतृत्व कसले गर्नुपर्छ प्रधानमन्त्री वा मेयरले ? यसरी आफ्नो हैसियत अनुसार व्यक्तिले कर्म गर्नुपर्छ । मेयर बालेन्द्र साहलाई केही समुदायले उचाली रहेका छन् । अन्तर्राष्ट्रिय जगतमा हात हाल्ने उनको कुनै हैसियत छैन । काठमाडौं महानगर पालिकाभित्र उनीले ग्रेटर नेपालको नक्सा लगाई प्रधानमन्त्री पुष्पकमल दाहाल भन्दा बढी लोकप्रिय जनतामा म छु यो चाहिँ उनले मात्र देखाउन चाहेका छन् । यसकारण बालेन्द्र साहले आफूले गरेको गल्ती सुधार्नु पर्छ काठमाडौं महानगरपालिकामा लगाइएको ग्रेटर नेपालको नक्सा झिकी यो ग्रेटर नेपालको नक्सा संसद भवनमा लाग्नु पर्छ अनि स्वतः ग्रेटर नेपालको विवाद अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ ग्रेटर नेपालको नक्सा लगाई बालेन्द्र साहले आफ्नो हाइट आफै नै घटाएका छन् । यसबाट के प्रमाणित हुन्छ उनी काम कम तर गफाडी अधिक हुन् । ग्रेटर नेपालको माग अझ बढी ढंगले मुखरित हुनुपर्छ तर बालेन्द्र साहबाट होइन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड तर्फबाट उठ्नुपर्छ । बालेन्द्र साह अहिले नचाहिँदो नचाहिँको कार्य गरी रहेका छन् । अहिले भारतको दक्षिणबाट एउटा फिल्म निर्माण भएको छ ‘आदिपुरुष’ यो फिल्म बाल्मीकी रामायणको आधारमा बनाइएको छ ।
फिल्ममा माता सीतालाई भारतको छोरी भनि सम्बोधन गरिएको छ सो फिल्म केही दिनमा नै काठमाडौंको फिल्म हलमा प्रदर्शित हुने तयारी रहेको थियो तर फिल्ममा माता सीता भारतको छोरी हुन् भनिएकोले मेयर बालेन्द्र साहले फिल्मबाट माता सीता भारतकी छोरी हुन् यो संवाद जबसम्म फिल्मबाट हटाइँदैन तबसम्म काठमाडौंको फिल्म हलमा चल्न नदिने भनिएकोले सो फिल्मको काठमाडौंमा रिलिज रोकिएको छ आदिपुरुष फिल्म वास्तवमा भन्ने हो भने हिन्दु धर्मलाई बदनाम पार्ने नियतले निर्माण गरिएको हो यस फिल्ममा माता सीतालाई पहिरावा आधुनिक ढंगको लगाउन दिइएको छ यसरी यो सम्पूर्ण फिल्म नै बहिष्कार गर्ने लायक छ । यस आदिपुरुष फिल्मबारेमा प्रधानमन्त्री मौन छन् तर बालेन्द्र साह भने अनावश्यक गर्जना गरी रहेका छन् फिल्मको विरोधमा प्रधानमन्त्री तर्फबाट बोलिन्थ्यो भने यसको प्रभाव भारतमा छुट्टै पथ्र्याे भारत सरकारले हिन्दु धर्मको आस्थामाथि आदिपुरुषले प्रहार ग¥यो भदै त्यहाँ यसमाथि प्रतिबन्ध अवश्य लाग्थ्यो तर यहाँ हैसियत भएका व्यक्तिले पटक्कै नबोल्ने र हैसियत नभएकाले कठोर भाषामा बोल्ने कार्यले नेपालको मान प्रतिष्ठामा ह्रास आई रहेको छ । यस कारण मान प्रतिष्ठा, पद र हैसियत अनुसार हामीले बोल्नुपर्छ । हैसियत अनुसार कार्य नगरे पतन तर्फ आफै नै बढ्दै जाने छौं ।