मनोज कुमार कौशल
नेपालगञ्ज÷वैज्ञानिक समाजवादबाट सबै प्रकारका जातिगत भेदभावको उन्मूलन गर्न नेपाल कम्युनिष्ट पार्टी श्रमिक समुदाय केन्द्रिय विभागले अन्तरक्रिया कार्यक्रमको आयोजन गरेको छ ।
शनिवार दिन श्रमिक समुदायले आयोजन गरेको सो अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कमरेड आधारले भने, विगतमा दलित भनिएका समुदाय नै अहिले श्रमिक समुदाय हुन् यिनी समुदायलाई हरेक प्रकारको भेदभाव हटाउन सी समुदायको यस वैज्ञानिक समाजवादले उत्पत्ति गरेको
छ ।
समुदाय अपहेलनामा नपरुन् यसैका लागि यो अवधारणापत्र अहिले सार्वजनिक गरिएको छ । यो अवधारणापत्र खोजको आधारमा तयार पारिएको छ । श्रमिकले आफ्ना समस्या आफै उठाउने होइन बरु अर्का समुदायले यिनीकोमा बोली दिए छिट्टै सुधार आउनेछ । हिन्दु ग्रन्थमा शिरबाट ब्राम्हणको उत्पत्ति, बाहुलाबाट क्षत्रिय, पेटबाट वैश्य र खुट्टाको पैतालाबाट शुद्रको उत्पत्ति भएको कुरा उल्लेख छ । यो कुरामा मनोवैज्ञानिक तवरले विज्ञान बन्नुपर्छ । यस कार्यको लागि वैज्ञानिक समाजवादको आवश्यकता छ । २०७९ साल असोजमा सम्पन्न नेकपाको ९औं ऐतिहासिक राष्ट्रिय महाधिवेशनले सामाजिक संजालका क्षेत्रमा केही महत्वपूर्ण ऐतिहासिक निर्णयहरु गर्दै सांस्कृतिक क्षेत्रमा नयाँ फड्को मारेको थियो । सामाजिक सांस्कृतिक परम्पराको निरन्तरतामा क्रम भंग गर्दै महाधिवेशनले केही दूरगामी निर्णयहरु गरेको थियो जसमा ऊंचनीच दर्शाउने तहगत जात व्यवस्थाको अन्त्य गर्ने उद्देश्यले समानताका लागि कम्युनिष्ट वा साम्यवादी अर्थ जनाउने ‘सी’ जातिको विकास गर्नका लागि कार्यकर्ता तहमा लागु समेत गरिएको बताउँदै जन्म संस्कार अन्तर्गत जन्मिएको ६ महिनामा जन्मोत्सव शुभकामना कार्यक्रम गर्ने, विवाह संस्कारमा सहजीवन शुरुआत भएको खुशियालीमा जनवादी तरिकाले मनाउने, मृत्यु संस्कारमा रचनात्मक क्रियाकलापसहित ५ दिनमा सम्पन्न गर्ने जसमा पहिलो दिन दाह संस्कार गरी शोक मनाउने, दोस्रो दिन वृक्षारोपण गर्ने, तेस्रो दिन सहयोग वितरण गर्ने, चौथो दिन अक्षय कोष स्थापना गर्ने पाचौं तथा अन्तिम दिन श्रद्धाञ्जली सभा गर्ने । यस्तो कार्यक्रम नेतृत्व र कार्यकर्ता तहमा प्रारम्भिक शुरुवात गरी सकिएको बताए ।

परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक उक्त अन्तरक्रिया कार्यक्रममा क. सन्तोषी सीको अध्यक्षतामा आयोजित भएको थियो । यस क्रममा क. सन्तोषी सीले अवधारणा पत्र पढेर सुनाएकी थिइन् भने अन्तरक्रिया कार्यक्रममा दक्षिण कर्णाली ब्युरो इन्चार्ज क. संगम सी, बर्दिया जिल्ला इन्चार्ज क. हिम शिखर सी, क. रक्तिम सी लगायत वक्ताले आ–आफ्नो विचार प्रस्तुत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमको सञ्चालन क. रनदीप सीले गरेका थिए भने क. नारायण सीले स्वागत मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका क. सलमान राई, क. भगत, क. बाकर अली राई लगायत दर्जनौं कार्यकर्ताको सहभागिता रहेको देखियो ।
नेपाल कम्युनिष्ट पार्टी श्रमिक समुदाय केन्द्रिय विभागले अपहेलित समुदायका लागि अवधारणापत्र प्रस्तुत गरेको थियो तर सो अवधारणा पत्रमाथि छलफल चलाइएको थिएन ।