बिद्रोही
२०५८ जेठ १९ मा राजा वीरेन्द्रको सम्पूर्ण वंशको विनाश गर्ने गरी नारायणहिटी राजदरबारमा अकल्पनीय दुःखद घटना घटित भएको थियो । यो घटना घटेको आज झण्डै २२ वर्ष व्यतीत भई सकेको छ । राजदरबारमा घटित घटनाको स्मरण गर्दै नै सम्पूर्ण नेपाली जनताको आँखा रसाउने गर्छ । कारण यो छ कि स्व. राजा वीरेन्द्र वीर विक्रम शाहदेव सरकार जनतामा साह्रै नै लोकप्रिय हुनु हुन्थ्यो । देशमा जति पनि ठूला सडक, उद्योग कलकारखाना, पुल पुलेसोहरु निर्माण भए उहाँको शासनकालमा भए । शाहवंशी राजा मात्र एउटा शासक थिएनन् हिन्दु जनता उहाँलाई विष्णुको अवतार मान्दथे । यस कारण शाहवंशका सबै राजालाई सम्पूर्ण विश्वका हिन्दुजन श्रद्धाभक्ति गर्थे ।
नेपालको अतिरिक्त छिमकी देश भारतको अधिकांश घरमा आज पनि स्व. राजा वीरेन्द्र शाह सरकार र स्व. बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह सरकारको तस्वीर लागेको पाइन्छ । भारतीयहरु उहाँहरुको फोटोमा आज पनि माला अर्पण गर्ने गर्छन् । यसैबाट बुझ्न सकिन्छ कि देशको अतिरिक्त विदेशसम्म पनि नेपालका राजाको कत्तिको मान सम्मान छ । स्व. राजा वीरेन्द्र शाह सरकारको शासनकालमा हिन्दु धर्म, नेपाली संस्कृति र सभ्यता सुरक्षित थियो । यो कुरा क्रिश्चियन धर्म मान्ने युरोपियन देशलाई पच्न सकेन यस कारण विदेशीहरुले स्व. राजा वीरेन्द्र शाह सरकार सहित सम्पूर्ण राज परिवारको वंश विनाश गरे र हत्याको दोष युवराज दिपेन्द्र सरकार र वीरेन्द्र शाह सरकारका भाई ज्ञानेन्द्र शाहमाथि लगाए ।
राजदरबार हत्याकाण्ड युरोपियन देशले एक षडयन्त्रको तानाबाना बुनी घटित गराएका थिए । यो यस कारण कि शाह वंशको पतनपछि नेपालमा क्रिश्चियनको गतिविधि बढाउन सजिलो हुन्छ । यस घटनामा देशका केही राजनीतिक दलका नेता, नेपाल सेनाका उच्च अधिकारीहरुको संलिप्तता रहेको अनुमान छ । यसको पुष्टि यसबाट हुन्छ कि स्व. राजा वीरेन्द्र शाह सरकारको वंश विनाश गरिएपछि उहाँको भाई ज्ञानेन्द्र सरकारको राज्याभिषेक भयो त्यसपछि उहाँको शासनको अन्त गर्न निरंकुशाको अन्त गर्नुपर्ने नारा लगाई २०६२।०६३ मा जनआन्दोलन चलाइयो यो जनआन्दोलन नेपाली जनताले गरेका थिएनन् बरु विदेशी युरोपियन देशको ईशारामा चलाइएको थियो । जनआन्दोलन भाग २ को सफलतापछि बनेको विभिन्न सरकारहरु विदेशी युरोपियन देशको ईशारामा काम गर्न शुरु गरे जसको कारण देशको धर्म, संस्कृति र सभ्यता खतरामा परेको छ । अहिले क्रिश्चियनहरुको गतिविधि देशभरी नै बढेकाले उनीहरु धर्मान्तरण कार्य अघि बढाएका छन् । विदेशीको चलखेल बढेकोले देशको सीमा असुरक्षित भएको छ । भ्रष्टाचार, अत्याचार, अनाचारको बोलबाला छ । यस कारण अहिले देशका जनता पुनः राजतन्त्रको स्थापना गर्न आतुर भएका छन् ।
स्व. राजा वीरेन्द्र शाह सरकारको सम्पूर्ण वंश विनाश गराउनेहरु को को थिए यसबारेको रहस्य आजसम्म खुल्न सकेको छैन । यस बारेको ग्राण्ड डिजाइन जान्ने व्यक्ति पनि अब यस संसारमा छैनन् तर कोही एक व्यक्ति यस संसारबाट जाँदै नै अनुसन्धान बन्द हुँदैन । आज पनि अधिकांशहरुले यसको दोष स्व. राजा वीरेन्द्र शाह सरकारको भाई माथि नै लगाउँछन् जबकि अधिकांशहरुले बुझेका छन् यो घटना विदेशी शक्तिको इशारामा भएको थियो । तर निर्दाेष व्यक्तिमाथि आज पनि लाञ्छना लगाउने कार्य जारी छ यसको अन्त हुनु पर्छ । राजदरबार हत्याकाण्डको दोषी को को थिए यस बारेको रहस्य जनताले जान्न पाउनु पर्छ । यस कारण घटनाको अनुसन्धान फेरीबाट शुरु हुनु पर्छ । घटनाको छानबीन भए यसमा गणतन्त्रवादी नेताहरुको संलिप्तता मिल्नेछ । यस कारणले आजसम्म घटनाको छानबीन भएको छैन । अब देश परिवर्तनतर्फ फेरी लम्की रहेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह सरकार पुनः राजगद्दीमा आसीन भए पहिलो कार्य नै राजदरबार हत्याकाण्डको रहस्य खोल्न अनुसन्धान शुरु गर्नुपर्छ, गणतन्त्रवादी नेताको पापपूर्ण कार्यलाई बाहिर ल्याउन । यसको अतिरिक्त मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा भएको दुर्घटना बारेमा पनि अनुसन्धान चलाउनु पर्छ । किनकी यस्तो घटनाको रहस्य अब खुल्नै पर्छ।
आजको सामना साप्ताहिक परिवार अति लोकप्रिय स्व. राजा वीरेन्द्र शाह सरकार, बडामहारानी स्व. ऐश्वर्य राज्यलक्ष्मी देवी शाह सरकार लगायत दरबार हत्याकाण्डमा दिवंगत भएका राजपरिवार सदस्यप्रति भक्तिभाव ढंगले श्रद्धाञ्जलीको पुष्प अर्पण गर्दछ ।