नेपालगन्ज
रोयल नेपालगन्ज फुटबल क्लबले आगामी कार्यकालका लागि सुर्यमणि अधिकारीको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । बुधबार भएको क्लबको प्रथम बार्षिक साधारणसभा तथा अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नव चयनित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सविन घिमिरे, उपाध्यक्षद्वयमा मोहन अधिकारी, माधव अर्याल, सचिवमा कौशल आचार्य, कोषाध्यक्षमा अमृत श्रेष्ठ, सहकोषाध्यक्षमा कौशल पाण्डे चयन भएका हुन् ।
त्यस्तै सदस्यहरुमा टपेन्द्र खड्का, ज्ञानमणि अधिकारी, सुभाष अधिकारी, भरत गौतम, मनिष थापा, उमेश रेग्मी चयन भए । सल्लाहकारमा किसन गुरुङ्ग र प्रशिक्षकमा जनक केसीलाई चयन गरिएको थियो ।
त्यसअघि साधारणसभा उद्घाटन सत्रमा अध्यक्ष सुर्यमणि अधिकारीले फुटबल क्षेत्रको विकासका लागि क्लबले प्रयास गरिरहेको बताए । उनले फुटबलको विकासका लागि आफुहरु प्रयत्नशील रहेको बताएका थिए ।
पत्रकार कृष्ण अधिकारीले खेल मार्फत नेपालगन्जको पहिचान बनाउन सकिने भएकाले यसतर्फ सबैको योगदान आवश्यक रहेको बताएका थिए । ‘खेल मार्फत नेपालगन्ज सहरलाई चिनाउन सकिन्छ’, उनले नेपालगन्ज रंगशालामा राम्रो फुटबल मैदान भएको र हाल प्रयोगविहीन अवस्थामा रहेको तर्फ चिन्ता व्यक्त गर्दैै भने ।
कार्यक्रमका प्रमुख अथिति किसन गुरुङ्गले खेल क्षेत्र अगाडि बढाउनु, खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि सबै आफ्नो तर्फबाट प्रयास गर्नुपर्ने बताए ।