बाँके जिल्लाको नेपालगञ्जमा अनौठो–अनौठो पत्रकारहरु छन् जसको घृणित कृकृत्यहरुको छानबीन गर्ने हो भने आजको पत्रकारिता घिनलाग्दोपूर्ण देखिन्छ । यसैमा एक जना युवा आजभन्दा १८–१९ वर्षअघि बाँकेको राप्तीपारीको एक क्षेत्रबाट यहाँ आएर मसँग भेटेका थिए । म आफ्नो अफिसमा बसेको थिएँ त्यस समय उनी टुटेफुटेको पुरानो जिर्णशीर्ण रेन्जर साइकलबाट मेरो अफिसमा पुगेर मलाई भने, सर म अति पिछडिएको दुर्गम ग्रामीण क्षेत्रबाट आएको हुँ । म बेरोजगार छु, खान लाउनसम्म मलाई धौ धौ परिहेको छ ।
पत्रकारिता क्षेत्र अति नै सम्मानित पेशा हो मलाई यस पत्रकारिता क्षेत्रमा लगाई दिनुस् । तपाईको धेरै गुन मान्ने छु । ख्याप्टे, लुते अनुहार, पुराना लुगा लगाएका ती युवाले धेरै अनुनय विनय गर्दा मलाई उनीमाथि दया लाग्यो । यसलाई पत्रकारिता क्षेत्रमा लगाइ दिने विचार गरेँ । तर यो पत्रकारिता क्षेत्रमा धेरै दिन टिक्न सक्छ कि टिक्न सक्दैन यो पनि विचार मनन म गरि रहेको थिएँ । यस समय मैले त्यस युवकलाई भने पत्रकारिता क्षेत्र बढो चुनौतिपूर्ण छ । यसमा वाक कटुता निडरता निर्भिकता चलाखी सबै नै आवश्यक पर्छ । आफूमा यो विशेषता ल्याउन सक्छौ त ? प्रतिउत्तरमा उनले भने, सर म प्रयास गर्छु । अनि मैले आफ्नो पत्रिकामा निःशुल्क रुपमा लेखनी गर्ने स्वीकृति दिएँ र उनीलाई प्रेस परिचयपत्र समेत बनाएर दिएँ । वास्तवमा ती युवकमा माथि उल्लेखित सबै विशेषताहरु विद्यमान थिए । प्रेस परिचय पत्र लगेपछि उनको एउटा पनि समाचार लेख भने आएन । तर उनी व्यापारी, उद्योगीलाई धम्क्याउँदै आफ्नो पत्रकारिता गर्न शुरु गरे । वर्षाैंपछि एकचोटी मसँग उनी पुनः आए र प्रेस परिचयपत्र नयाँ बनाइदिने आग्रह गरे । उनीको बानी व्यहोरा सबै नै ज्ञात भएकोले उनलाई आफ्नो पत्रिकामा फेरि स्थान दिएन । पछि उनी विभिन्न पत्रिकामा कार्य गर्दै आफ्नो पत्रिका पनि दर्ता गराउन सफल भए । र फेरि उनीको चरित्र उदांगो भयो । उनी विभिन्न पत्रिकाहरु पहिले पढ्थे सुनचाँदी कहिँ पक्राउ प–यो भने उनी जानकारीहरु बटुल्दै सोझै ती सुनचाँदी व्यापारीको पसलमा पुगी उनीमाथि सुन तस्करी गरेको, सुनचाँदी गहना बिक्री गर्दा ठगी गरेको लाञ्छना लगाई रकम माग गर्थे । यसरी अवैध असुली चलाई केहि वर्षमा नै उनी धनाढ्य बने । र आफ्नै अफसेट प्रेस, कलर प्रिन्टर्ससम्म सञ्चालित गर्न सफल भए । ठूलो रकम कमाउने हवस यतिसम्म उनीको बढ्यो कि आफ्नै श्रीमतिलाई केहि हजार रकममा अर्कैसँग बिक्री गरे । अफसेटको कारोबार गर्ने समय उनले आफ्नै प्रेसमा आगो लगाए र धुरुधुरु रोए । यसरी बीमा कम्पनीसँग क्षतिपूर्ति वापत ठूलो रकम असुली गरे । नेपालगञ्जमा विगत लामो समयदेखि पत्रकारिता क्षेत्रलाई सभ्य र मर्यादितपूर्ण बनाउने माग उठ्दै आएको छ । तर अहिले यहाँ सक्रिय र निष्क्रिय पत्रकारबारे छिनोफानो गर्ने खेल हुन शुरु भएको छ । तर सभ्य र मर्यादित पत्रकारिता क्षेत्र बनाउने प्रयास भएको छैन । आजको यहाँको पत्रकारितामा कुन पत्रकारले के घृणित कार्यहरु गरेको छ यसबारे छानबीन भएकै छैन । जसको कारण जुत्ता सिउनेदेखि कपडा सिउनेहरुसम्म पत्रकारको बिल्ला लगाएर सडकमा डुलेको देखिन्छन् । आजको मुख्य ज्वलन्त प्रश्न हो वास्तविक पत्रकार को हो त ? यसमा भन्न सकिन्छ जुन पत्रकारले आफ्नो लेखनी चलाउँदै आफ्नो र आफ्नो परिवारको भरण पोषण गर्छ त्यो वास्तविक पत्रकार हो यसको लागि त्यो कुन संचार क्षेत्रमा आबद्ध छ सो आबद्ध संचार प्रतिष्ठानबाट कति पारिश्रमिक प्राप्त गर्छ, समाचार लेख आदि नियमित रुपमा आइ रहेको छ कि छैन, पत्रकारिताको आडमा अवैध असुली, आफना श्रीमति कँहि बेचबिखन त गरेको छैन यो सबै कुराको छानबीन गरि सक्रिय र निष्क्रिय पत्रकारको घोषणा गर्नुपर्ने जरुरी थियो । तर यहाँ कहिँ नभएको जात्रा हाँडी गाउँमा भएको जस्तो उक्ति चरितार्थ गरिँदैछ । नेपालगञ्जको पत्रकारिता अहिले त्यस्तै जात्रापूर्ण भएको छ । यसबाट यहाँको पत्रकारिता क्षेत्र साह्रै नै बदनाम भएको छ । यहाँ पत्रकारिता क्षेत्रमा सफल हुँदै त्यस्ता पत्रकार विदेशी रकम कमाउन विदेशमा भाग्ने गर्छन् । अब सोचौं नेपालगञ्जमा उनी किर्ते कार्यहरु गरि लाखौं लाखको व्यवसाय चलाए । कुनै सीप नभएका त्यस्ता व्यक्ति विदेशी भूमिमा कुन रोजगार गर्लान् त ? स्पष्ट छ जुन कारोबार उनी यहाँ गर्न माहिर थिए त्यस्तै प्रकारको कारोबार उनी विदेशी भूमिमा पुगी चलाउने छन् र देशको बेइज्जती त्यहाँ गर्नेछन् । नेपालगञ्जको पत्रकारिता आज बडो कहालीपूर्ण अवस्थामा छ । विडम्बना यो छ जुन सम्पादक प्रकाशकको पत्रिका २५औं वर्षदेखि निरन्तर रुपमा प्रकाशन हुँदै नेपाल सरकारबाट हुने वर्गीकरणमा नियमित रुपमा पर्दै आएको छ । यसको अतिरिक्त निरन्तर रुपमा लेख र रचनाहरु प्रसारित हुँदै आएको छ । त्यस्ताहरुलाई निष्क्रिय पत्रकार भएको घोषणा गरिएको छ र चोर, फटाहा, बदमास, अवैध असुली गर्ने श्रीमति बेचुवा नशाखोर, पित पत्रकारिता गर्नेहरु अहिले सक्रिय पत्रकार बनेका छन् । यहाँ सुँगुर बँगुर पालन गर्ने सडेगले कुहिएको तरकारीलाई ताजा भनि बिक्री गर्न लैजाने, ठाउँ–ठाउँबाट पुरानो पत्रिका संकलन गरि कबाडमा लगी बिक्री गर्ने, अर्कैको पत्रिका कार्यालयमा सरसफाई झाडु लगाउने, पत्रिकाको हकर बन्ने जस्ता अनगिनत पत्रकारहरु छन् । यिनीहरुलाई अब नांगेझार बनाउनु पर्ने आवश्यक भइ सकेको छ । यसको लागि कलम चलाएर आफ्नो भरण पोषण गर्ने इमान्दार पत्रकारहरु एक मञ्चमा आउनुपर्ने जरुरी भइ सकेको छ । पत्रकारिताको हक हितमा काम गर्ने सर्वाेच्च संस्था उनीको निजी पेवा भने होइन यो बुझ्न त्यस पत्रकारिता संस्थाको कार्यालय भवनमा पुगी सो भवन निर्माण हुने क्रममा कुन–कुन पत्रकारले कति कति रकम भवन निर्माणको क्रममा लगानी लगाएका थिए यो पनि छानबीन गर्नुपर्ने आवश्यक छ । एक रुपियाँको पनि लगानी नलगाएकाहरु आज पत्रकारको नेता भएको आफूलाई देखाउँदै सो संस्थाको लाखौं लाख रकम मासु, रक्सी, नास्ता खर्चमा लगाएका छन् । एउटा कुरा स्पष्टताका साथ भन्न सकिन्छ पत्रकार भनेको स्वयं धेरै नै क्षमतावान हुन्छ त्यसलाई कुनै पत्रकार नेताको आवश्यकता पर्दैन जुन दिन इमान्दार, लगनशील, कर्तव्यनिष्ठ, नेपालगञ्ज नगरीलाई माया गर्ने नेपालगञ्जको पत्रकारितालाई माया गर्ने निडर, निष्पक्ष, निर्भिक पत्रकार एउटा मञ्चमा पुगी एकताबद्ध भएर प्रतिकारमा उत्रिन्छन् त्यस समय मौका परस्त ठग पत्रकारलाई पन्छाएर राप्तीपारी नै पठाउन सजिलो हुन्छ ।