विद्रोही
नेपालगञ्ज । पत्रकारिताले मात्र सबै प्रकारको विकृति, विसंगति र भ्रष्टाचारको अन्त गर्न सक्छ यो कुरा भारतका वरिष्ठ पत्रकार सतीश श्रीवास्तवले भनेका हुन् ।
शुक्रवार दिन भारतको जिल्ला बहराइचमा अल इन्टेलेक्चुअल प्रोफेसनल जर्नलिस्ट एसोसिएशनले आयोजित गरेको ईद
मिलन र बुद्धिजीवी सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार श्रीवास्तवले भने, म यो एसोसिएशनबाट जुट्न चाहेको थिएन किनकि म दशकौंदेखि पत्रकारिता क्षेत्रमा कार्य गर्दै कैयन ठूलाबडा संचार प्रतिष्ठानमा काम गरेँ ।
अब पत्रकारिता भने गर्न चाहँदैन, म पत्रकारिता छाड्न चाहन्छु तर पत्रकारिताले मलाई छाडी रहेको छैन । जसको कारण आज पनि म स्वतन्त्र पत्रकारको रुपमा लेखनीहरु गर्दै आई रहेको छु । म एउटा कानून व्यवसायी रहेपनि पत्रकारितामा नै लामो समयसम्म लागी रहेँ ।
पत्रकारिता यस्तो प्रकारको नशा हो जसको त्याग गर्न चाहे पनि यसलाई त्याग गर्न नसकिँदो रहेछ । भ्रष्टाचार देख्ने बित्तिकै कलम चलि नै हाल्छ । स्वस्थ पत्रकारिता गरे निश्चित पनि भ्रष्टाचारको अन्त हुन्छ यसको उदाहरण दिँदै उनले भने, दशकौं अघि गरीबहरुको लागि आवासहरु निर्माण गरिएको थियो ।
तर ती आवासहरु गरीबलाई मिलेन । ठूलाबडाहरुले आफ्नो हातमा पारे । पत्रकारहरु यसको विरुद्धमा लेखनी गर्दा तत्कालीन बहुजन समाजवादीका प्रमुख काशीरामको कानसम्म यो जानकारी पुग्यो ।
पछि ठूलाबडाहरुको कब्जाबाट सो आवास खाली गराई गरीब र निर्धन वर्गमा वितरण गरियो । यसरी पत्रकार हरेक प्रकारको विकृति विसंगति र भ्रष्टाचारको उन्मूलन गर्न सक्छन् ।
उनले सम्बोधन गर्दै भने, स्वस्थ पत्रकारिता गर्दा तमाम प्रकारको धाक धम्कीहरु आउँछ यसको विरुद्धमा निडर भइ लेखनी गर्नुपर्छ । भ्रष्टाचारको अन्त गर्न मसँग तमाम उपायहरु छन् । भ्रष्टाचारको अन्त गर्न मैले प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्रीलाई सुझावका कैयन पत्रहरु पठाएको छु सो पत्रहरु अधिकारी बीचमै खोलेर पढ्छन् । आफ्नो नोक्सानी हुने डरले उनीहरु सो पत्र बीचमा नै लुकाई हाल्छन् ।। प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी भ्रष्टाचारको अन्त गर्न चाहेपनि अधिकारीहरु आफ्नो नोक्सानी हुने डरले सो पत्र लुकाउँदै आएका छन् । एक दिन त्यस्ता तमाम भ्रष्टाचारहरुको म अन्त गर्न सफल हुन्छु भने ।

त्यस्तै नै वरिष्ठ पत्रकार नेमिश सिंहले भने, हाम्रो छिमेकी देश चीनले नेपाललाई आफ्नो अनुचित प्रभावमा लिइ नेपालको भूमिबाट भारत विरुद्ध विभिन्न षडयन्त्रहरु गर्दै आएको छ । चीनको प्रतिकार गर्नु अहिले आवश्यक भएको छ । उनीले पनि भ्रष्टाचार र विकृति विसंगतिको विरुद्ध आफ्नो विचारहरु राखेका थिए ।AIPJA
पत्रकार फराज अन्सारीले आयोजन गरेको सो सम्मेलनमा पत्रकार सौरभ अग्रवाल, पत्रकार अभिजित आनन्द लगायत बहराइच जिल्लाका साहित्यकार, समाजसेवीहरुको कार्यक्रममा ठूलो उपस्थिति रहेको थियो । सम्मेलनमा सहभागी प्रायः सबै बुद्धिजीवी वर्गले पत्रकार देशको चौथो स्तम्भ भएकोले पत्रकारिता क्षेत्रको अझ विकास हुनुपर्ने विचार राख्दै सबै पत्रकारलाई प्रतिष्ठित पत्रकार बन्न आव्हान गरे ।
कार्यक्रममा भ्रष्टाचारको अतिरिक्त विभिन्न प्रकारको विकृति विसंगतिहरुको अन्त हुनुपर्ने र सबैमा देशभक्ति पलाउनुपर्ने कुरामा जोड दिँदै कैयन कविकार र शायरहरुले देशभक्ति जगाउनेखालको रचनाहरुको प्रस्तुति गरेका थिए । एसोसिएशनले आफ्नो यस सम्मेलनमा सहभागी हुन मधेश मिडिया मिसन नेपाललाई निम्तो गरेको थियो । जसको कारण मिसन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको नेतृत्वमा त्यहाँ ६ जना नेपाली पत्रकार बहराइचमा आयोजित गरिएको सम्मेलनमा सहभागी हुन पुगेका थिए । सम्मेलनको बीच नेपालगञ्जका पत्रकार चन्द्रेश्वरराज त्रिपाठी, अजय कुमार गुप्ता विद्रोही, शुभम शर्मा, मनोज कौशल, समीर अलि, रमेशचन्द्र कुमाल र नेपाली पत्रकार टोलीको साथ गएका सुदर्शन न्यूज च्यानलका रामसिंह सोनी लगायतका पत्रकारलाई आइपजाको तग्मा र प्रशस्ति पत्र सहित कदर सम्मान गरिएको थियो । तर सम्मेलनमा आयोजकबाट नेपाली पत्रकार टोलीलाई कुनै प्रकारको विचार प्रस्तुत गर्ने मौका नदिएकोले नेपाली पत्रकारको टोली त्यहाँबाट निराश भइ फर्केको थियो ।