बिद्रोही
सुक्दै गएको नेपालगञ्ज बजारलाई बचाउन यतिखेर नेपाल–भारत सीमाबाट आउने दैनिक उपभोग्य सामाग्री ल्याउनमा कडाई गरिएको छ अहिले भारतबाट १०० रु. मूल्य भन्दा बढीको दैनिक उपभोग्य सरसामाग्री सर्वसाधारणले ल्याउँदा भन्सार राजस्व तिर्न बाध्य बनाइएको छ ।
नेपालगञ्जका व्यापारी अत्यधिक नाफाखोर बन्दै गएपछि सर्वसाधारणहरुले नेपालगञ्ज बजारमा किनमेल नगरि सीमापारी भारतीय बजार रुपैडिहामा पुगी विभिन्न सरसामाग्री किनमेल गर्ने गरेका थिए । यसरी नेपालगञ्ज बजारमा उपभोक्ता छैनन् उनीहरु रुपैडिहा पुगी सरसामान किनमेल गरेर ल्याउने गरेको पाइन्छ । अहिले नेपालगञ्ज बजारलाई बचाउन अदूरदर्शीपूर्ण नीति राखिएको छ । सम्बन्धितहरुले सरसामानको मूल्यमा एकरुपता ल्याउनु पथ्र्याे तर यहाँ आजपनि एक सामान फरक फरक मूल्यमा बिक्री हुने गरेको छ । यो त्रुटिहरु हटाउने प्रयासै भएको छैन तर सीमा नाकामा सरसामान ल्याउनमा कडाई गरिएको छ । अहिले सीमामा कडाई गरिएकोले विभिन्न दैनिक उपभोय सामाग्रीको मूल्य आकाशिएको छ । खाद्यान्न उच्च मूल्यमा बिक्री हुन शुरु भएको छ । हरियो तरकारी लगायत वस्तु महँगोमा बिक्री हुन थालेको छ सरकारले आलु, प्याज, फलफूलमा भ्याट लगाएकोले आलु, प्याज, फलफूल सुनको मूूल्यमा बिक्री हुन थालेको छ । एउटा कथा छ, एउटा पहलमान व्यक्तिको मृत्यु भयो त्यसको शरीर धेरै नै गह्रुंगो भयो यसमा एक व्यक्तिले जुक्ति निकाल्यो कि मरेको ति पहलमानको शरीर कसरी हलुंगो पारियोस् यस क्रममा केही व्यक्तिहरु आएर त्यो मरेको पहलमानको सम्पूर्ण शरीरको रौं उखेली दिए तर मरेको व्यक्तिको शरीर हलुका भएन । अहिले यहाँ यस्तै नै भई रहेको । नेपालगञ्जको बजारलाई बचाउन सीमा नाकामा कडाई गरिएको छ तर यसबाट नेपालगञ्ज बजार बच्दैन बरु अझ बिग्रिने सम्भावना बढी छ । सीमा नाकामा कडाई गरिएपछि भन्सार राजस्व कम उठ्ने तर तस्करीतन्त्र अझ मौलाउने लक्षण छ । अब सीमा नाकामा तैनाथ प्रहरी र भन्सार चेकजाँच गर्न खटिएका कर्मचारीहरुको चाँदी भएको छ । आज पनि भारततर्फबाट रोजिन्दा माल सामानहरु आई रहेको छ तर भन्सार राजस्व असुली गरिँदैन प्रहरी र भन्सार कर्मचारी रकम लिइ त्यस्ता मालसामान छाड्ने गरेका छन् । सीमा नाकाबाट हुने क्यारिंग तस्करी विगत दिनदेखि यहाँ हुँदै आएको छ ।
तस्करी कार्य नेपालगगञ्जका ठूला धनाढ्य व्यापारीबाट नै हुने गरेको छ त्यस्तै क्यारिंग कार्यमा दशौं हजार महिला पुरष र अपांग सम्म लागेका छन् । क्यारिंग कार्य यहाँ बन्द गरियो भने यसबाट दशौं हजारलाई भोकभोकै मर्ने अवस्था सिर्जित हुन्छ । भोकले विभिन्न अपराधहरु मौलाउने छ । भन्ने गरिन्छ सफाई गर्नु छ भने बिहान सबै भन्दा पहिले आफ्नो घरभित्रबाट सफाई कार्य गर्नु पर्छ अनि बाहिरको सफाई गर्नु उचित हुन्छ । तर सम्बन्धितहरुले सीमा नाकामा कडाई गराए नेपालगञ्ज बजार फस्टाउनेछ यो धोको लिएका छन् तर यसबाट तमाम विकृति विसंगतिहरु बढ्ने पर्याप्त सम्भावनाहरु छ सीमा नाकामा कडाई गर्दा २–४ हप्ता सर्वसाधारणलाई सरसामान ल्याउन कठिनाई पर्नेछ । नेपाल भारतको सीमा खुल्ला छ फेरी सामान्य तरिकाले क्यारिंग, तस्करी हुन शुरु हुन्छ यो कार्य रुक्नेवाला भने छैन । बजार बचाउन नेपाली व्यापारीलाई पहिले आफूमा इमान्दारितापन ल्याउन जरुरी छ । यसको लागि एउटै सामान फरक फरक मूल्यमा बिक्री हुनु भएन । यसको लागि आ–आफ्नो पसलमा सरसामानको मूल्य सूची लगाउनुपर्ने जरुरी छ । इमान्दारिता ल्याए निश्चित नै नेपालगञ्ज बजारको स्थिति सुध्रिन्छ तर यहाँका व्यापारीलाई १०–१५ प्रतिशत नाफा कमाउने सोचै छैन मौका पाउँदै यिनीहरु उपभोक्तालाई हदैसम्म लुट्ने प्रक्रियाले नेपालगञ्ज बजार साह्रै नै बदनाम भई रहेको छ । जुन सामान रुपैडिहामा १।– को छ त्यही सामान नेपालगञ्जमा १।– रु.को सट्टा १५।– रुपियाँमा बिक्री हुन्छ । यसरी रुपैडिहामा सरसामान खरीद गर्न जानु उपभोक्ताको लागि रहर होइन बरु बाध्यता हो । जे होस्, नाकामा कडाई गर्नु एउटा ठूलो गल्ती हो । नेपालगञ्ज बजारको स्थिति सुधार्नु छ भने यहाँ सरसामानको मूल्यमा एकरुपता ल्याउनु जरुरी छ । सीमा नाकामा कडाई एउटा नाटक मात्र हो यसबाट उपभोक्ता मर्कामा अवश्य पर्नेछन् तर प्रहरी र भन्सार कर्मचारी यसबाट प्रत्यक्ष रुपमा लाभान्वित बन्नेछन् ।