बिद्रोही
२०७२ साल भदौं ७ गते दिन टीकापुरमा भएको हिंसात्मक झडपमा १ जना नाबालक र १ जना प्रहरीको हत्या भएको थियो । टीकापुर घटना घटित भएको आज झण्डै ९–१० वर्ष व्यतीत भएको छ । सो समय यस घटनाको छानबीन भई कैयनलाई दोषी करार गरिएको थियो जसको कारण आधा दर्जन जतिलाई ३–३ वर्ष कैदको सजायँ र एक जना व्यक्ति रेशम लाल चौधरीलाई जन्म कैदको सजायँ कैलाली जिल्ला अदालतले तोकेको थियो । अहिले सो मुद्दालाई सर्वाेच्च अदालतले पनि सदर गर्दै यस घटनाको दोषी मानिने व्यक्ति रेशम चौधरीलाई जन्म कैदको सजायँ सदर गरिएको छ ।
त्यस्तै सर्वाेच्च अदालतले एक अर्का आरोपी लक्ष्मण थारुलाई पनि जन्म कैदको सजायँ दिएको छ । सर्वाेच्चले रेशम चौधरीलाई जन्मकैदको सजायँ तोकेकोले अब उनीलाई करीब १४ वर्षको जेल सजायँ अझै भोग्नु पर्नेछ । जबदेखि टीकापुर घटनाको मुद्दा सर्वाेच्च अदालतमा आएको थियो अधिकांशले उनी उन्मुक्ति पाउने किसिमको अनुमान गरी रहेका थिए तर सर्वाेच्चको फैसला आउँदा रेशम चौधरीलाई उन्मुक्ति मिलेन यसबाट थारु समुदाय एकदमै आक्रोशित बनेको देखिन्छन् । सरकारमा सहभागी राजनीतिक दल नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी एक राजनीतिक बन्दी हुन् उनीसँग राजनीतिक बन्दी अनुसार व्यवहार हुनुपर्छ यसको समाधान राजनीतिक तवरले हुनुपर्छ यसो नगरिए आफ्नो पार्टी सरकारबाट बाहिरिने र चरणबद्ध आन्दोलनमा जाने घोषणा जेठ ४ गते एक प्रेस सम्मेलनमार्फत समेत घोषणा गरेको थियो । तर शुक्रवार दिन नागरिक उन्मुक्ति पार्टीले आफ्नो नेपाल बन्दको आव्हान फिर्ता लिएको छ । नेपाल बन्दको आव्हानले सिंगो नेपालको तापक्रम बढाएको थियो । किनकी नेपालको परिपाटीमा यहाँ बन्दको क्रममा हिंसात्मक झडप, तोडफोड, आगजनी, अराजकता, उद्दण्डता प्रदर्शित गर्ने गरिन्छ जसको कारण यस नेपाल बन्दको घोषणाले सर्वत्र डर त्रास पैदा गरेको थियो । तर अहिले बन्दको आव्हान फिर्ता लिइएकोले सबै शान्तिमा श्वास लिएका छन् । टीकापुर घटना निश्चित नै अत्यन्त विभत्स थियो यस घटनामा १ जना बालकको नृशंस रुपले हत्या गरियो, आफ्नो कर्तव्यको निर्वाह गर्न पुगेका प्रहरीलाई भाला रोपी हत्या गरियो । यस घटनाको छानबीन हुँदा दर्जनौं व्यक्तिलाई घटनाको आरोपी बनाइएको थियो । जसमा रेशम चौधरीलाई जन्म कैद र अन्यहरुलाई ३–३ वर्ष कैद सजायँ तोकिएको थियो । यो छानबीन प्रक्रियामाथि विगत दिनदेखि नै औंला उठ्दै आएको छ । यसको कारण हो सो समय रेशम चौधरी घटनास्थलमा थिए कि थिएनन् यसको पुष्टि हुन सकेको छैन शंकाको भरमा उनीलाई आरोपी बनाई अदालतमा पेश गरियो र जन्म कैदको सजायँ दिलाइयो । टीकापुर घटना घटित हुँदा त्यहाँको प्रशासनको मिलेमतोमा केहीहरु थारु समुदाय लक्षित आक्रमण गरे जस आक्रमण्मा तमाहरु ज्यादती प्रताडनाको शिकार भए । तमाम जना बेपत्ता भए । यसको छानबीन आजसम्म हुन सकेको छैन । यसरी टीकापुर घटनाको छानबीन एक समुदायप्रति लक्षित थियो । द्वेष इष्र्याको कारण पक्षपातपूर्ण ढंगले कारवाही चलाइयो र रेशम चौधरी र लक्ष्मण थारुलाई यस घटनाको सजायँ भुक्तान गर्नु परी रहेको छ । टीकापुर घटनामा छानबीन हुनु पथ्र्याे तर नश्लभेद राखी जुन प्रकारले प्रशासनले कारवाही चलायो यसप्रति थारु समुदायमा असन्तुष्टि छ उनीहरुको यो असन्तुष्टि राज्यले हटाउन सक्ुनुपर्छ । यसो नगरिए भुसभित्र आगो सल्किँदै रहन्छ र एक दिन त्यो आगो अवश्य नै भड्किने छ जसले देशलाई नोक्सान नै पु¥याउँछ । रेशम चौधरी, लक्ष्मण थारु दोषी छन् भने निश्चित पनि उनीले कडा दण्ड सजायँ पाउनुपर्छ । यस कारण घटना घटेको समय उनी कहाँ थिए । नाबालक र प्रहरीको हत्या उनीले गरेका हुन् भने जन्मकैदलाई यथावत राख्नुपर्छ अन्य कसैले उनी नाबालक र प्रहरीको हत्या गरेका हुन् भने सो अपराधीलाई पक्राउ गरी दण्ड सजायँ दिलाउन सक्नु पर्छ । टीकापुर घटनाको छानबीन बेमानीपूर्र्र्ण थियो सो घटना घटाउने दोषी आजपनि स्वच्छन्द रुपले डुल्दै छन् र शंकाको भरमा पक्राउ परेकाहरु जेल सजायँ भोग्न बाध्य छन् । टीकापुरमा आन्दोदलन चल्दा रेशम चौधरी वा लक्ष्मण थारुको आन्दोलनको समर्थनमा अभिव्यक्तिहरु आएको होला यस्तो अभिव्यक्तिहरु दिँदै नै रहन्छन् तर आन्दोलनको समर्थनमा अभिव्यक्ति दिँदै नै हत्या घटनाको दोषी बनाउनु चाहिँ गलत हो । यस्तै गर्ने हो भने पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, कृष्णबहादुर महरा बादल लगायतलाई पनि १७ हजार जनाको हत्याको दोषी बनाई अदालतमा उभ्याउनु पथ्र्याे र जन्मकैदको सजायँ दिलाउनु पथ्र्याे । पुष्पकमल दाहाल प्रचण्डले त केही वर्ष अघि १७ हजार हत्याको म जिम्मेवारी लिँदैन तर ५ हजारको मैले हत्या गरेको आफै नै स्वीकारेका थिए । अनि उनीमाथि यसको मुद्दा कहिले चल्ने त ? पक्कै पनि चल्दैन किनकी उनी देशको मूल जातिको व्यक्ति हुन् यस कारण मुद्दा चल्दैन तर रेशम चौधरी, लक्ष्मण थारु (देशी जाति) थारु समुदायका हुन् यस कारण जन्मकैद उनीलाई दिइएको छ । यस्तो कारवाही नश्लवादबाट प्रेरित छ जसले अन्ततः देशको भलो निश्चित पनि गर्दैन । भर्खरै नेपाल बन्दको आव्हान गर्ने नागरिक उन्मुक्ति पार्टीले जसरी आफ्नो नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ यो त्यसको उदारताको एक नमूना हो यसको प्रशंसा हुनुपर्छ । थारु समुदायले सदाशयता देखाउँदै जुन प्रकारले बन्दको आव्हान फिर्ता लिएका छन् यसबाट बुझिन्छ कि थारु समुदायमा आज पनि संयमता छ उनी बुद्धि पु¥याएर दूरदृष्टि राखी अगाडि संघर्ष चलाउने छन्।