जियाउल मुस्तफा कादरी /
नेपालगञ्ज– लक्षित वर्गको कार्यक्रम अन्तर्गत विपन्न महिलाहरुका लागि जानकी गाउँपालिकाको वडा नं.३ रमुवापुरमा संचालित एक महिने सिलाई कटाई तालिम ५ गते शुव्रmवार सम्पन्न भएकोे छ ।
जानकी गाउँपालिकाको वडा नं.३ का वडाध्यक्ष राजकुमार बर्माको प्रमुख अतिथिमा सिपमुलक सिलाई कटाई तालिम सम्पन्न भएको छ । वैशाख ७ गतेबाट जानकी गाउँपालिका वडा नं.३ को आर्थिक सहयोगमा समृद्धि फाउडेशन नेपाल बाँकेको आयोजनमा सम्पुर्ण २१ जना परिक्षर्थीहरुलाई एक एक सेट सिलाई कटाई मेशीन कैची मेजरीङ्ग टेप,स्केल वितरण गरिएको छ ।
तालिम सम्पन्नको क्रममा वडाध्यक्ष वर्माले प्रशिक्षार्थीहरुले तालिम पश्चात शीपलाई आर्थिक रुपमा परिवारलाई सबल बनाउन प्रयोग गर्नेमा विश्वास व्यक्त गरेका थिए । उनले भने–“ जिवनलाई आर्थिक रुपमा सहज सरल र कसैको अगाडी हाथ न पैmलाउनु पर्ने बताउनु भयो तालिम लिई सके पश्चात शीपलाई निरन्तर प्रयोग गर्नुहोला”।
सिलाई कटाई तालिमको सम्पन्नमा प्रमुख अतिथि वडा अध्यक्ष राज कुमार वर्मा अतिथि वडा सदस्य लक्ष्मी कुमारी पाशी,वडा सदस्य निलम सिंह ठाकुरानी,वडा सदस्य हुसेनी अहिर,जानकी गाँउ पालिकाको तर्पmबाट योजना शाखा प्रमुख शोभा पौडेलले भनिन यस तालिमबाट प्रशिक्षार्थीहरुलाई आफनो जीवनमा आर्थिक कठनाईबाट डरनु हुन्दैन र यस तालिमबाट आर्थिक बन्दीलाई लडेर र काम गरेर सहजरुपमा जीवन विताउनु पर्ने बताउनु भयो ।
,कार्यपालिका सदस्य राजेन्द्र सिंह ,कार्यपालिका सदस्य राम अचल धाबी र यस कार्यक्रमका अध्यक्ष समृद्धि फाउडेशन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरीले गर्नु भएको छ
तालिममा जानकी गाउँपालिकाको वडा नं.३ को पाँच वटा टोलका २१ जना लक्षित वर्गका विपन्न महिलाहरुको सहभागिता गराइएको समृद्धि फाउडेशन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरीले जानकारी दिए ।