मनोज कुमार कौशल
नेपालगञ्ज
पूर्व राजा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारले पुरानो गौरव फिर्ता पाउन नेपालगञ्जका जनतामा आव्हान गरेका छन् ।
बुधवार दिन नेपालगञ्जको ऐतिहासिक रामलिला मैदानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा शाहले भन्नुभयो, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर दशकौंअघि गुमे पनि पछि नेपालमा आयो त्यसमा पनि नेपालगञ्ज औद्योगिक नगरी हो । ६४ वर्षअघि हाम्रो पुर्खाले यहाँ सम्बोधन गर्नु भएको थियो यस नेपालगञ्जप्रति हामी गर्व गर्छाैं अहिले म यहाँ सम्बोधन गर्न पाउँदा आनन्दको अनुभूति भई रहेको छ । बोल्ने क्रममा उहाँले महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, फुलबारी राजमार्ग लगायत निर्माण कार्य शाहवंशीय राजाको शासन कालमा भएको थियो । यो कार्य ऐतिहासिकपूर्ण थियो तर आज विकास निर्माणको कार्य अवरुद्धपूर्ण छ ।
यस कारण पुरानो गौरव फिर्ता पाउनुपर्छ भन्दै जनतालाई आव्हान गर्नुभयो । उहाँले भन्नुभयो, आज म ६४ वर्षअघिको चेतनाको झिल्को देखी रहेको छु । किनकि अहिले गरिबी हाम्रो नियति बनेको छ गाउँ शहरका युवा बेरोजगारीको कारण विदेशिन थालेका छन् अब पुरानो गौरव फिर्ता ल्याउन सबै कम्मर कस्नु प¥यो । नेपालगञ्ज हरेक तर्फबाट अग्रणी रुपमा अगाडि बढोस् यहि हाम्रो चाहना हो । दांग, जाजरकोट, सुर्खेतभन्दा प्रमुख केन्द्रको रुपमा छ नेपालगञ्ज अझै यो विकासतर्फ लम्किनु पर्छ । पूर्व राजा शाहले ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरप्रति मेरो विशेष आस्था रहेको जिकिर गर्दै भन्नुभयो, यसै कारण सोमवार आयोजित भएको सन्ध्या आरतीमा सहभागी भएँ ।
पूर्व राजा शाहको नागरिक अभिनन्दन कार्यक्रम नेपाल शिवसेनाका जिल्ला अध्यक्ष किशोर लामाको अध्यक्षतामा आयोजित गरिएको थियो जसमा राप्रपा नेता तथा बाँके क्षेत्र नं. २ का सांसद डा. धवल शम्शेर राणा लगायतले बोलेका थिए। नागरिक अभिनन्न कार्यक्रममा शिवसेना नेपाल नगर अध्यक्ष मंगल घर्तिमगर, नेपाल आर्य समाजका जिल्ला अध्यक्ष राजुमान श्रेष्ठ आर्य, जय गुरुदेवका ओम प्रकाश थारु, नेपाल उपभोक्ता मंचका डा. विनोद कर्ण, मानव धर्म सेवा समिति, दंगाली समाजका भरत केसी, ओम केदारेश्वरधाम बाँसगढी बर्दियाका श्रवण प्रसाद बास्तोला, कसौंधन वैश्य समाजका नन्दलाल वैश्य, बौद्धिष्ठ धर्मगुरु गुनबहादुर लामा, अर्जुन शक्ति केन्द्रका अनुप कुमार गुप्ता, मारवाडी महिला मंचका सन्जय अग्रवाल, इस्लामी धर्मगुरु समाज तर्फबाट सलाहुद्दीन जसगढ, फुलवारी संस्था प्यूठान, नेपाल विद्वत परिषद बाँके जिल्ला अध्यक्ष दीपक बहादुर सिंह, सिख गुरुद्वारा तर्फबाट मधई सिंह सरदार, नारी विकास केन्द्रतर्फबाट मिना श्रेष्ठ, साहित्यकार खगेन्द गिरी कोपिला, ईश्वरीय विश्व विद्यालय तर्फबाट दुर्गा दिदी, रविन्द्रमान श्रेष्ठ, बिन्दु चतिमगर, स्वास्थ्य स्वयं सेविका इन्दिरा शाही लगायतले नागरिक अभिनन्दन पत्र मौसुफ सरकारमा चढाएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य स्थानीय अभियन्ता कृष्णादेवी पाण्डेले स्थानीय अवधी भाषामा राखेकी थिइन् त्यस्तै डा.धवल शम्शेर राणा, नारायण सिंह ठकुरी, बलराम शाहले स्वागत मन्तव्य प्रकट गरेका थिए । नागरिक अभिनन्दन कार्यक्रम स्थल बाँकी बगियास्थित रामलिला मैदानमा दशौं हजार जनताको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी रहेका जनताले राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने किसिमको नारा लगाएका थिए । कार्यक्रम स्थलमा नेपालको राष्ट्रिय झण्डा र ओम शब्द उल्लेखित झण्डाले सजिएको थियो । राप्राले कार्यक्रम स्थलमा बढी भन्दा बढी जनाको सभागिता गराउन पचासौं बस लगाएको थियो ।