यतिखेर हाम्रो देश आर्थिक मन्दी झेली रहेको छ । अहिले यहाँको व्यवसाय चौपट स्थितिमा छ । महँगीको कारण उपभोक्ता आफ्नो देशबाट विभिन्न सरसामान किनमेल गर्न चाही रहेका छैन । उपभोक्ता अब सीमा क्षेत्रको भारतीय बजारबाट विभिन्न उपभोग्य सरसामाग्री किनमेल गर्न पुगी रहेका छन् जसको कारण यहाँको पसल धमाधम बन्द भइ रहेको छ । जुन व्यापारिक प्रतिष्ठान खुली रहेको छ त्यहाँ ग्राहक छैनन् । आर्थिक मन्दी किन भएको हो बुझ्दा पाइन्छ कि राष्ट्र बैंकको गलत नीतिका कारण बैंकहरु चर्काे मूल्य लिइ ऋण दिइरहेका छन् ।
यसबाट व्यापारीको ढाड सेकिएको छ । यहि स्थिति अझ धेरै दिनसम्म रही रहने हो भने यहाँ आर्थिक मन्दी चरममा पुग्नेछ । जुन प्रकारको स्थिति केही महिना अघि श्रीलंकाको थियो र वर्तमानमा पाकिस्तानको स्थिति छ सोही प्रकारको स्थितिको सिर्जना यहाँ पनि हुन सक्छ । यस कारण अब आर्थिक मन्दी हटाउन राष्ट्र बैंकको गलत नीति सुधार गराउन दबाव दिनु जरुरी छ । देशको आर्थिक मन्दीको अर्काे कारण हो संघीयता । जनताले जति कर तिर्छन् त्यो रकम सांसद, सभासदलाई पाल्नमा खर्च भई रहेको छ । यस कारण संघीयता देशको लागि एक अभिषाप जस्तो बन्न पुगेको । देशको आर्थिक स्थिति झन–झनै बिग्री रहेको छ । यसको स्थिति सुधार्नुको सट्टा देशका नेता यसलाई अझ लुट्नमा लागेका छन् । यस कारण अब एक देश एक सरकारको आवश्यकता छ ।
देशमा अहिले ३ वटा सरकार छ जब देश एउटा छ भने ३ वटा सरकार किन ? अहिले जनता जति कर तिरी रहेका छन् त्यस मध्येको अधिकांश सरकार, सांसद, सभासदको तलब, भत्ता, मोज मस्तीमा खर्च भई रहेको छ । यस्तो कार्य देशका जनताले अब धेरै सहनु हुँदैन । अहिले पनि समय छ सबैमा सचेतना आओस् र यो संघीयतालाई हटाउन संघर्ष चलाउनु प¥यो । यस्तो गर्न सकिएन भने देशको स्थिति अझ खराब हुनेछ । देश बचाउने जिम्मेवारी हामी सबैको हो । आफै नै सबै सुधार हुन्छ यो कल्पना गर्नु मुर्खता हुनेछ अहिले पनि समय छ केही पनि बिग्रेको छैन संघर्ष गरे अवस्थामा निश्चित पनि सुधार हुनेछ । अब सुधार गर्नेतर्फ लाग्यौं भने देशमा श्रीलंका वा पाकिस्तान जस्तो स्थिति बन्न पाउँदैन ।