बिद्रोही
बुधवार पूर्व राजा श्री ५ ज्ञानेन्द्र शाह सरकारको नागरिक अभिनन्दन कार्यक्रममा नेपालगञ्ज– वासीले संवैधानिक राजतन्त्र हुनुपर्ने स्पष्ट संकेत दिएका छन् । २०६२।६३ मा भएको जनआन्दोलन भाग २ निरंकुशताको अन्त हुनुपर्ने मुद्दा अघि बढाई राजतन्त्रको अन्त गरियो ।
यो जनआन्दोलन माथिबाट जनताले चलाएको देखियो तर भित्री रुपमा यो आन्दोलन विदेशी शक्तिको इशारामा भएको थियो । जनआन्दोलन भाग २ ले सफलता पाउँदै नै सबै भन्दा पहिले विदेशीको इशारामा नै देशलाई धर्म निरपेक्ष घोषणा गरियो सोपछि यस प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आडमा देशको प्राचीन धर्म संस्कृति र सभ्यता समाप्त पारियो । अहिले स्थिति यो छ कि जुन नेपाली पहिचान विश्वमा स्थापित थियो त्यो पहिचान गुमेको देखिन्छ । देशभित्र विभिन्न राजनीतिक दलले पालैपालो शासन गर्ने र लुट्ने कुचक्र चलाएका छन् यस्तो प्रकारको लूटपूर्ण कार्यले गर्दा देशको आर्थिक अवस्था बर्बाद भएको छ । देशमा आर्थिक मन्दी छ । अराजकता र कुशासन छ जनतामाथि करको भारी बोकाइएको छ त्यो करबाट उठेको रकम राजनीतिक दलका नेताले खाई पिइ मोजमस्ती गरी रहेका छन् संघीयताको कारण देश र जनताको ढाड सेकिएको छ यस कारण अब नेपाली जनताको त्यस्ता नेताप्रति वितृष्णा बढेको छ ।
अहिले देशमा ३ प्रकारको सरकार छ यिनीहरुको नाजायज खर्च जनताले अब धेरै दिन बोक्न सक्दैनन् यस कारण जनता धेरै सरकार देख्न चाही रहेका छैनन् । धेरै सरकार भन्दा एउटै सरकार हुनुपर्ने जनताको चाहना छ । देश कहालीपूर्ण अवस्थाबाट गुज्री रहेकोले अब जनताको आशा र भरोसाको एक केन्द्र राजसंस्थातर्फ देख्न थालिएको छ । जनताको छदमभेषी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रप्रति मोह भंग भएको छ । यस समय नेपालीको पहिचान विश्वमा स्थापित गर्ने, देशमा विधिको शासनको लागि, प्राचीन धर्म संस्कृति र सभ्यताको संरक्षण गर्ने माध्यम मात्र राजसंस्था बन्न सक्छ । यसको समर्थनमा देशभरीबाट नै आवाज उठ्न थालेको छ । यस नागरिक अभिनन्दन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले पुरानो गौरव स्थापित गर्नुपर्ने जनतामा आव्हान गरेकोले आगामी केही महिनाभित्रै व्यवस्था परिवर्तन हुने स्पष्ट संकेत मिल्न थालेको छ । देश अब परिवर्तनको बाटोतर्फ पुनः एक पटक लम्किन थालेको छ । तर यस परिवर्तनले देश समृद्धशाली बन्छ, चारैतर्फ खुशियाली आउँछ त ? यो प्रश्न पनि उठ्न थालेकोछ । नेपालञ्जको ऐतिहासिक त्रिभुवन चोकमा विगत समयमा राष्ट्रपिता स्व. श्री ५ त्रिभुवन सरकारको शालिक स्थापित थियो यस शालिकको तल राष्ट्रपिता स्व. त्रिभुवन शाह सरकारको एउटा महावाणी कुँदिएको थियो त्यो महावाणी उहाँको थियो, ‘मात्र परिवर्तन भयो र देश अगाडि बढ्न सकेन भने त्यो बेमानी हुनेछ ।’ यो महावाणीलाई मनन गरियो भने त्यही परिणाम देखा पर्छ परिवर्तन भयो तर परिवर्तन काम लागेन फेरी परिवर्तन हुन्छ । तर हरेकचोटी जनता ठगिन्छन् भने परिवर्तन निरर्थक साबित हुन्छ । विगतको पंचायत कालमा मण्डलेहरुको गतिविधि अत्यन्तै खराब थियो उनी मण्डलेहरुकै कारण पंचायती शासन बदनाम भयो जसको कारण २०६२।०६३ मा पंचायती शासनको अन्त गरियो । अब परिवर्तन भयो र त्यही पुरानो संस्कारका मण्डले तत्व फेरी हावी हुन्छन् भने त्यो चाहिँ बेमानी हुनेछ । व्यवस्था परिवर्तन अब आवश्यक भई सकेको छ तर मण्डलेवादी सोचको अन्त हुनुपर्छ अनि परिवर्तन सार्थक बन्नेछ । परिवर्तन हुन्छ र सिस्टम यही नै रहन्छ भने परिवर्तन के काम लाग्यो त ? यस कारणले पनि परिवर्तनको साथ देश अगाडि कसरी चलाउने यसको चिन्तन मनन पनि हुनुपर्छ । देशको प्रमुख समस्या हो भ्रष्टाचार यस कारण भ्रष्टाचार जरैबाट निर्मूल पार्न सिस्टममा सुधार हुनुपर्छ । यसको लागि भ्रष्टाचारी चाहे त्यो प्रधानमन्त्री नै किन नहोस् भ्रष्टाचारी साबित भए आजन्म कारावासको व्यवस्था हुनुपर्छ । यस्तो प्रकारको कडा कानून बन्नुपर्छ अनिमात्र परिवर्तन सार्थक बन्न सक्छ ।