– सेफाली गुप्ता
नेपालगञ्ज । हरेक वर्ष चैत्र शुक्ल पक्षमा मर्यादा पुरुषोत्तम भगवान श्रीरामको राम नवमी पर्व मनाइने गरिन्छ।
यस वर्ष नेपालगञ्जस्थित माता बागेश्वरी मन्दिरमा भक्तजनको ठूलो घुइँचो देखियो विगत वर्षको कोभिड–१९ को संक्रमणको कारण भक्तजनहरु कम संख्यामा बागेश्वरी मन्दिरमा पुजाआजा गर्न पुगेका थिए तर यस वर्ष कोभिडको संक्रमण कम रहेकोले भारी संख्यामा भक्तजन बागेश्वरी मन्दिरको दर्शन गर्न पुगे । यस वर्ष भारतको विभिन्न क्षेत्रबाट श्रद्धालु पुजाआजा गर्न पुगेको देखियो । भक्तजनहरुलाई कुनै प्रकारको असुविधा नहोस् यसको लागि मन्दिरमा विभिन्न व्यवस्थाहरु गरिएको थियो ।
रामनवमी पर्वलाई भव्यता दिन यहाँका विभिन्न धार्मिक संगठनहरुको सक्रियता रह्यो । शिवसेना नेपालले नवमीको दिन धार्मिक जुलुस नगर परिक्रमा गराउने तयारी रहेकोले भव्यताका साथ जुलुस नगर परिक्रमा गरेको थियो । यो जुलुसमा हजारौं हजार शिवसैनिकहरुको सहभागिता रहेको थियो । नवमीको दिन नगरको विभिन्न स्थानमा प्रसाद वितरण गरिएको थियो । नेगउमनपा वडा नं. ८ रानी तलाउस्थित हनुमान मन्दिरमा साईं बाबाको जन्मोत्सव नवमीको दिन नै मनाइएको थियो । यहाँबाट साईबाबाको रथ निकाली नगर परिक्रमा गराइएको थियो । पछि मन्दिरमा भण्डारा खुवाउने कार्यक्रमको आयोजना पनि गरियो ।
यस्तै प्रकारले वडा नं. ८ मा नै स्थापित रहेको काली माता मन्दिरमा प्रसाद वितरण कार्यक्रमको आयोजना गरियो । २०७७ साल र २०७८ सालमा जुन प्रकारले साधारण प्रकारले राम नवमीको आयोजना भएको थियो । यस वर्ष राम नवमी पर्व अझ भव्य ढंगले सम्पन्न गरिएको छ ।