विद्रोही
आजदेखि झण्डै ११ लाख ९६ हजार १ सय २० वर्ष पूर्व त्रेता युगमा अयोध्याधाममा मर्यादा पुरुषोत्तम भगवान श्रीराम प्रकट हुनु भएको थियो । भगवान रामले हामी सबैलाई आदर्शका कुराहरु बोध गराउनु हुन्छ । छोराले आमा, बुवा, भाई, प्रजासँग कस्तो व्यवहार गर्नुपर्छ यो ज्ञान दिनु भएको थियो तर आजको युगमा हामी सबै भगवान रामका आदर्शका कुराहरु बिर्सी सकेका छौं । यस कारण समाज निरन्तर रुपमा पथभ्रष्ट भई रहेको छ।
रामराज्यमा मानव मात्र सुरक्षित थिएनन् चरा, चुरंगी, पशु, वनस्पतिसम्म सुरक्षित थिए । यसै कारण अयोध्याधामलाई अवध क्षेत्र पनि भन्ने गरिएको छ । यसको अर्थ हो जुन स्थानमा कसैको वद्य हुँदैन । यो अवश्य छ मानवताको रक्षा गर्नेहरुको रक्षा र मानवता विरोधीको वद्य त्यस युगमा मर्यादा पुरुषोत्तम भगवान श्रीरामले गर्नु भएको थियो यसको उदाहरण हो दशानन रावण, मारिच,ताडका र बाली लगायतको वद्य यिनी अत्याचारीहरुको उहाँले वद्य नगर्नु हुन्थ्यो भने धर्म नै लोप भइ अधर्म बढ्दै जान्थ्यो ।
भगवान विष्णुले जब पृथ्वीमा अधर्म बढ्यो धर्मको स्थापना गर्न पटक पटक विभिन्न अवतारहरु लिनु भयो जसको कारण रामावतार, कृष्णावतार लगायत भयो । अब फेरी सम्पूर्ण विश्वमा अनाचार, अत्याचार बढ्न थालेको छ यस समय कलियुग आफ्नो अन्त अन्त तिर पुगी रहेको अनुमानहरु गर्न थालिएको छ अहिले सम्पूर्ण विश्वमा अशान्तिको वातावरण छ ठूला देश साना देशलाई दबाउन आफ्नो शक्ति प्रयोग गरि रहेका छन् जसको कारण आगामी समय ठूला युद्ध हुन सक्ने छन् जसबाट पृथ्वीको अस्तित्व नै खतरामा पुग्ने छ । यस कारण कल्कि अवतार छिट्टै हुने समेत कल्पना गर्न थालिएको छ ।
हाम्रो देश नेपाल शताब्दियौंदेखि सम्पूर्ण विश्वलाई शान्तिको सन्देश दिँदै आएको छ । ॐ शब्द यही भूमिबाट सम्पूर्ण विश्वमा गुञ्जायमान भएको थियो । यही धर्तीमा वेद ग्रन्थ ईश्वरले पठाउनु भएको थियो । यही धर्तीबाट भगवान बुद्धलेसम्पूर्ण विश्वलाई शान्तिको सन्देश दिनु भएको थियो । यस कारण जहाँबाट शान्तिको सन्देश जान्छ त्यही ठाउँमा रामराज्यको परिकल्पना पनि गरिन्छ ।
अहिले हामी मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव श्रद्धाभक्तिले मनाएका छौं । जन्मोत्सव मनाई हामीले भगवानप्रति श्रद्धाभक्ति त प्रकट गरेका छौं तर जब हामी उहाँले देखाएको बाटो अनुशरण गर्छाैं त्यस समयमात्र पूर्ण रामराज्यको परिकल्पनागर्न सक्छौं । आज त यस्तो स्थिति छ हामी दिखावा मात्र गरी रहेका छौं हामी भगवान श्रीरामलाई आफ्नो आदर्शको रुपमा देखाउँछौं तर कर्म हामी रावण जस्तो गरी रहेका छौं । आफ्नो देशमा नै देखौं भने हामीले आफ्नो भाषा संस्कृतिको लोप गराई सकेका छौं । देशका देवालय मन्दिरहरु असुरक्षित छन् । त्यसको संरक्षण संवद्र्धन गर्ने ध्यान दिएका छैनौं । यहाँ हरेक समय अधर्म कार्य हुन्छ, भ्रष्टाचार, अत्याचार, अनाचारको बोलबाला छ । पञ्चायतकालमा एकादशीको दिन पशु वद्य गर्न निषेध थियो तर आज एकादशीको दिन चौतर्फी र जथाभावी ढंगले पशु वद्य गर्ने गरिएको छ । अराजकता यहींसम्म छैन हिन्दु आस्थाको प्रतिक र राष्ट्रिय जनावर गाई काट्ने अपराध बढेको छ । यस्तै प्रकारको क्रियाकलाप हुँदै रहने हो भने अधर्म बढ्ने छ जसबाट हाम्रो धर्म, संस्कृति, सभ्यताको लोप हुनेछ ।
हामी पथभ्रष्ट भई आफ्नो अस्तित्व नै मेटाउँछौं ।
हामी पथभ्रष्ट भई आफ्नो अस्तित्व नै मेटाउँछौं ।
यस कारण अहिले पनि समय छ धर्म, संस्कृति, सभ्यता बचाउन र शान्तिको वातावरण बनाई राख्न रामराज्यको परिकल्पना गरौं जसमा सबै सुख शान्तिले बस्न सकुन् । राम नवमी चैते दशैंको अवसरमा आजको सामना साप्ताहिक परिवार आफ्नो सम्पूर्ण पाठकवर्गको सुख, समृद्धि, समुन्नतिको कामना गर्दै सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।